Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

छोराको कुटाईबाट बुबाको ज्यान गयो

छोराको कुटाईबाट बुबाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन ११ छोराको कुटपिटबाट बुबाको ज्यान गएको छ । इलाम देउमाई नगरपालिका–२ पुङफुङ का ८५ वर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट ज्यान गएको हो । गत श्रावण ७ गते आफ्नै छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए । घाईतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा हिजो राती ९ बजे ज्यान गएको जिल्ला प्रहरी कार्याल इलामले जनाएको छ । कुटपिट गर्ने गिर्जमानलाई प्रहरीले पक्राउ गरि अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको छ ।...
पौडी खेल्ने क्रममा डुबेर एकका मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एकका मृत्यु

समाचार
पूर्णपुष्टि, साउन ११ मोरङ लेटाङ नगरपालिका ५ बस्ने शरन कुमार राईको छोरा १५ बर्षीय समृद्ध राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो दिनको ३ बजे सोही स्थानमा रहेको मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।...
नहरमा डुबेर बालकको मुत्यु

नहरमा डुबेर बालकको मुत्यु

समाचार
पूर्णपुष्टि, साउन ११ मोरङ बिराटनगर महानगरपालिका १४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा १८ महिनाको राज कुमार महतो हिजो दिउसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको छ । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।  
रुखको हाँगाले लागेर महिलाको मृत्यु

रुखको हाँगाले लागेर महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन ११ धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्क बस्ने ५७ बर्षीया टंक माया  पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । हिजो दिनको साढे ३ बजे आफ्नै बारीमा घाँस काटीरहेको अबस्थामा उनकै बैनी १५ बर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भिर घाईते भएकी टंकमायाको सैनिक अस्पताल ईटहरीमा उपचारको क्रममा बेलुका ९ बजे मृत्यु भएको थियो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा ५५ वर्ष माथिका उमेर समुहलाई भोलीबाट कोरोनाविरुद्धको खोप लगाइने

उदयपुरमा ५५ वर्ष माथिका उमेर समुहलाई भोलीबाट कोरोनाविरुद्धको खोप लगाइने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १० उदयपुरमा चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप भोलीबाट लगाइने छ । जिल्ला स्वास्थ्य कार्यालयका उदयपुरका अनुसार ५५ वर्ष वा सो भन्दा माथिका पहिलो मात्रा खोप लगाउन बाँकी रहेका नागरीकहरुलाई खोप लगाइने छ । सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक, प्राध्यापक, वैदेशिक रोजगारीमा जान भिसा लागिसकेका व्यक्ति, अत्यावश्यक सेवा अन्तर्गत खट्ने कर्मचारीलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । त्रियुगा नगरपालिका अन्तर्गतको स्वास्थ्य चौकीहरुमा साउन ११ र १२ गते, उदयपुर अस्पतालमा ११,१२ र १४ गते र त्रियुगा नगरपालिका भवनमा ११,१२,र १३ गते खोप लगाउने कार्यक्रम रहेकोे छ । उदयपुर अस्पतालमा १३ गते नियमित खोप सञ्चालन गर्नु पर्ने भएकाले कोरोनाको खोप १३ गते बन्द गरिने छ । त्यस्तै, चौदण्डीगढी र बेलका नगरपालिका र उदयपुरगढी गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा ११ र १२ गते खोप लगाउन...
बैँकिङ कसुरमा १० लाख जरीवानाका फरार प्रतिवादी महिला पक्राउ

बैँकिङ कसुरमा १० लाख जरीवानाका फरार प्रतिवादी महिला पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १० बैँकिङ कसुरमा फरार प्रतिवादी एक महिलालाई काठमाण्डौको बुढानिलकण्ठ देखि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारी रहेकी छिन् । उनलाई उच्च अदालत पाटनको २०७८ साल वैशाख ६ गतेको पैसलाले भण्डारीलाई १० लाख जरिवाना र ४ दिन कैद सुनाएको थियो । हरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भण्डारीलाई आइतबार बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ । भण्डारीले २०७८ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्या मुक्तिनाथ बिकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैयाँ बराबरको चेक काटेर दिएकी थिइन् । बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।  ...
उदयपुरका सामुदायी तथा निजि विद्यालयहरुलाई चर्को शुल्क बापत लुट धन्दाको आरोप, अनलाईन कक्षाको शुल्क नलिन आग्रह

उदयपुरका सामुदायी तथा निजि विद्यालयहरुलाई चर्को शुल्क बापत लुट धन्दाको आरोप, अनलाईन कक्षाको शुल्क नलिन आग्रह

शिक्षा, समाचार
पूर्णपुष्टि, साउन १० उदयपुरका ४ विद्यार्थी संगठनहरुले कोरोनाको बेला अनलाईन कक्षाको निउमा लुटिरहेको भन्दै यो कार्य तत्काल रोक्न सामुदायीक तथा निजि विद्यालयहरुलाई चेतावनी दिएको छ । आईतबार ४ ओटै संगठनका विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाउँदै बिभिन्न निउमा निजि तथा सामुदायीक विद्यालयहरुले लिरहेको चर्को शुल्क तत्काल बन्द गरियोस भन्दै पत्र बुझाएको हो । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल क्रान्तीकारी र नेवि संघले एकबद्धताका साथ साहयक सिडियो विनोद पोखरेललाई पत्र बुझाएको छ । उनिहरुले बिभिन्न १३ बुँदाहरुमा आफ्नो माग समेट्दै विद्यालयहरु शुल्कबारे नसच्चिय कडा आन्दोलनको तयारी गर्ने समेत जनाएको छ । अनलाईन कक्षा प्रभावकारी हुन नसकिरहेको बेला विद्यार्थीहरु बाट भने चर्को शुल्क असुल्दै आएको संगठनहरुको आरोप छ । विद्यार्थीहरुले अनलाई नलिएको भएपनि शुल्...
चीनबाट आएको २४ हजार ६ सय भेरोसेलको खोप उदयपुर आइपुग्यो, ११ गतेबाट खोप लगाउने तयारी

चीनबाट आएको २४ हजार ६ सय भेरोसेलको खोप उदयपुर आइपुग्यो, ११ गतेबाट खोप लगाउने तयारी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १० चीनबाट आएको २४ हजार ६ सय कोरोना विरुद्धको भेरोसेल खोल शनिबार उदयपुर आईपुगेको छ । भेरोसेल खोप यही साउन ११ गतेदेखि लगाउने गरी स्थानीयतहहरुलाई बितरण भईरहेको जिल्ला  स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यस पटकको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई दिइने छ । यसअघि पहिलो चरणमा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक, सबबाहन चाक र सरसफाईकर्मीलाई दिइएको थियो भने दोस्रो चरणमा ६२ वर्षमाथिका बृद्धबृद्धालाई दिइएको थियो । सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक, प्राध्यापक, वैदेशिक रोजगारीमा जान भिसा लागिसकेका व्यक्ति, अत्यावश्यक सेवा अन्तर्गत खट्ने कर्मचारीलाई पनि खोप दिइनेछ । खोप सहजरुपमा सबैतिर पुर्याउने व्यवस्था मिलाउन ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहलाई बितरण भईरहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताउनुभ...
१८ वर्षीया किशोरी करणी अभियोगमा २ जना पक्राउ

१८ वर्षीया किशोरी करणी अभियोगमा २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १० डडेल्धुरामा १८ वर्षीया किशोरी करणी गरेको अभियोगमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । परशुराम नगरपालिका–५ परिगाउँका २३ वर्षीय विपीन भट्टराई र डोटीको जोरायल गाउँपालिका–२ बुडरका २३ वर्षीय आकाश मल्ललाई प्रहरीले पक्राउ गरेको हो । आलिताल गाउँपालिकाकी १८ वर्षीया किशोरीले साउन ५ गते बुडरबाट मोटरसाइकलमा घर पु¥याइदिने भन्दै बाटोमै आफूमाथि जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा दिएकी थिइन् । उजुरीमा एक युवकले आफूमाथि जबरजस्ती करणी गरेको र अर्का युवक पनि घटनामा सँगै भएकोले अनुसन्धानका लागि दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता तथा प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो । पक्राउ परेका दुबै युवकमाथि अदालतबाट सात दिन थुनामा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।...
गाई काटेको अभियोगमा ६ जना पक्राउ

गाई काटेको अभियोगमा ६ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १० गाई काटेको अभियोगमा संखुवासभाका ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मादी नगरपालिका–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पक्राउ परेको पाँचै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।...