Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

जंगली च्याउन खाएर बाबु–छोरा बिरामी, अन्धविश्वासको कारण समयमा उपचार नपाउदा गुम्यो ज्यान

जंगली च्याउन खाएर बाबु–छोरा बिरामी, अन्धविश्वासको कारण समयमा उपचार नपाउदा गुम्यो ज्यान

समाचार
पूर्णपुष्टि, साउन १० जंगली च्याउ खाएर इलाममा बाबु छोराको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका–१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । बिरामी परेपछि दुई÷तीन दिन घमै राखेर धामी झाक्री लगाएका थिए । पछि उपचार गर्न बिराटनगरको नोबेल अस्पताल लगिएको थियो, अस्पतालले उपचार हुन सक्दैन भने पछि घर फर्काउने क्रममा उनीहरुको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । जंगली विषालु च्याउको तरकारी खाएरै उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार च्याउको तरकारी बाबु छोराले मात्र खाएका थिए । लिम्बुका श्रीमती र बुहारीले नखाएका कारण उनीहरु सकुसल रहेका छन् । बेलैमा उपचार नपाएर धामीझाँक्रीको अन्धविश्वा...
मादक पदार्थ सेवन गरी झगडा हुँदा ५ महिने बालिकाको ज्यान गयो

मादक पदार्थ सेवन गरी झगडा हुँदा ५ महिने बालिकाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन १० मादक पदार्थ सेवन गरी झगडा हुँदा पाँच महिने बालिकाको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । शुक्रबार स्थानीय कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमायालाई उचालेर घरको पिंडीमा फालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । गम्भीर घाइते भएकी ती बालिकाको उपचारको क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएका छ ।...
सामान सार्ने क्रममा भिरबाट लडेर राईको मृत्यु

सामान सार्ने क्रममा भिरबाट लडेर राईको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन १० संखुवासभा सिलिचोङ गाऊपालिका १ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राईको स्वास्थ्य चौकीको समान सार्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । हिजो दिउसो साढे २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्य चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकेरआउदै गर्दा बाटो लडेर राईको ज्यान गएको हो । बाटो साघुरो भएको कारण आफै सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि  थप अनुसन्धान भईरहेको छ ।...
गाईघाटमा बाटोमा फेला परेको ४७ हजार नगद, हराएको मोवाईल र महत्वपूर्ण कागजात आफन्तलाई जिम्मा

गाईघाटमा बाटोमा फेला परेको ४७ हजार नगद, हराएको मोवाईल र महत्वपूर्ण कागजात आफन्तलाई जिम्मा

समाचार
पूर्णपुष्टि, साउन १० जिल्ला प्रहरी कार्यालय उदयपुरले बाटोमा फेला पारेको नगद सहित महत्वपूर्ण कागजात आफन्तलाई जिम्मा लगाएको छ । त्रियुगा गनरपालिका ११ डिएमगेट स्थित ४७ हजार ७३० नगद, ग्लोबल आइएमइ बैँकको एटिएम, कार्ड, पासपोर्ट साईजको फोटोहरु लगायत बिभिन्न कागजातहरु आफन्तलाई बुझाइएको हो । शनिवार प्रहरी कर्यालय परिसरमै बोलाई सामानको धनी त्रियुगा नगरपालिका १० बोक्सेका जेनिथ खत्रिलाई सामान बुझाइएको हो । साथै सोही दिन हराएको मोवाईल पनि फेला पारी धनिलाई जिम्मा लगाइएको छ । उदयपुरगढी गा.पा.वडा नं ६ बस्ने मनिष राईको हराएको  भिभो कम्पनिको  १ थान मोवाईल खोज तलास गरि सम्बन्धित धनि राईलाई लाई मोवाईल बुझाइएको हो ।  ...
अमेरिकन डलर र भारतिय नोट सहित दुई जना भारतिय नागरिक पक्राउ

अमेरिकन डलर र भारतिय नोट सहित दुई जना भारतिय नागरिक पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ९  मोरङ बिराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थितबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतिय र अमेरिकी डलर सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत उत्तर प्रदेश लखनउ  का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् । हिजो दिउसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतिय नोट ५०० को २१७ थान १ लाख८ हजार ५ सय, अमेरिकन डलर १०० को २१ थान,२० को ५ थान,१० को १ थान , र १ को ४ थान  सहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाएको प्रहरीले जनाएको छ ।  ...
लागूऔषध सहित एक युवक पक्राउ

लागूऔषध सहित एक युवक पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ९  मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट लागूऔषध सहित एक जनलाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेमा  लेटाङ ६ मिलन चोक का २२ बर्षीय रमेश पाचकोटी रहेका छन् । हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट  लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५  एम्पुल, डाइजाल्याप १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
पिलरले लागेर बालकको मृत्यु

पिलरले लागेर बालकको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन ९ इलाम नगरपालिका १ नेपालटार स्थित हर्क बहादुर गुरुङको घर डेरामा बस्दै आएको इलाम नगरपालिका ६ खरेलडाडा घर भएका बचासदिप रिजालको छोरा ८ बर्षीय ग्रेसधीफ रिजालको सिमेन्टको पिलर ढली लागेर मृत्यु भएको छ । हिजो बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागी बनाई राखेको पक्की सिमेन्टको पिलर भित्तामा ठाडो पारेर राखेको अचानक ढली किचेर गम्भिर घाईते भएका बालकको उपचारको लागी जिल्ला अस्पताल ईलाम पुर्‍याउदा मृत्यु भई सकेको थियो ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामबाट थप अनुसन्धान भईरहेको छ ।...
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

समाचार
पुर्णपुष्टि, साउन ९ मोरङ वेलबारी नगरपालिका ६ का ६३ बर्षीय पदम बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका पौने ४ बजे सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा करेन्ट  लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।...
द्धन्द्धपीडित परिवारलाई राहत वितरण

द्धन्द्धपीडित परिवारलाई राहत वितरण

समाचार
पूर्णपुष्टि, साउन ८ आर्थिकरुपले विपन्न रहेका उदयपुरका २० घर द्धन्द्धपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । सरकारले निषेधाज्ञाको समय थप गर्दै जाँदा विपन्न द्धन्द्धपीडित परिवारलाई दुई छाक टार्नसमेत मुक्सिल पर्न थालेपछि कोभिड १९ दु्रतप्रतिकार्य समुहको समन्वयमा नागरिक आवाज र ओरेक नेपालले राहत उपलब्ध गराएका हुन् । राहत सामग्री प्रभावित परिवारलाई पायक पर्ने गरी गाउँमै लगेर वितरण गरिएको नागरिक आवाजका जिल्ला प्रतिनिधि कल्पना ढकालले बताईन् । देशव्यापीरुपमा फैलिएको कोरोनाका कारण प्रभावित परिवारले काम गरेर खान सक्ने अवश्था नभएको र स्थानीय सरकारलेसमेत राहतको कुनै प्याकेज नल्याएकाले सानो सहयोग गरिएको उनको भनाई छ । उनीहरुलाई चामल, दाल, चना, मटर, नुन, तेल लगायतका खाद्यान्न तथा दैनिका उपभोग्य सामग्री उपलब्ध गराइएको ओरेकका कार्यक्रम संयोजक पम्फा पुरीले जानकारी दिईन् । वाहिर गएर काम गर्न सक्ने वात...
उदयपुरमा लागुऔषधसहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषधसहित एक युवक पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ८  उदयपुरको बेलका नगरपालिका–८ हाक्तीसुडेबाट लागुऔषधसहित एक युवकलाई आज प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलीले सुनसरी बराहाक्षेत्र नगरपालिका–६ चकरघट्टी बस्ने २९ वर्षीय बलराम यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा यादवको साथबाट १ केजी गाँजा बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।...