Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

कटारी नगरपालिकाको ७ औँ नगरसभाले ६९ करोड ०९ लाख २० हजार ५५० बजेट सर्वाजानिक गर्यो

कटारी नगरपालिकाको ७ औँ नगरसभाले ६९ करोड ०९ लाख २० हजार ५५० बजेट सर्वाजानिक गर्यो

आर्थिक, समाचार
आशिष वस्नेत  १८ जेठ , शुक्रबार उदयपुरको आठ ओटा स्थानीय तह मध्ये ७ ओटा स्थानीय तहहरुलले यस अघिनै आगामी आर्थिक बर्षको लागि बजेट प्रस्तुत गरिसको छ । जिल्लाको ७ ओटा स्थानीय तहहरुले भन्दा ढिलो गरीकन बजेट प्रस्तुत गरेको कटारी नगरसभाबाट आगामी आर्थिक बर्षको लागी ६९ करोड ०९ लाख २० हजार ५ सय ५० को बजेट पारित भएको छ । विहिबार सम्पन्न नगरपालिकाको ७ औं नगर सभाले  विहान नगरपालिका परिसरमा पत्रकार सम्मेलन गरी नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । सभाले संघीय सरकारको तर्फबाट ४९ करोड ५९ लाख , प्रदेश सरकारको तर्फबाट ३ करोड ६९ लाख १७ हजार र आन्तरिक स्रोतबाट १८ करोड ८३ लाख ९९ हजार ५ सय ५० को अनुमानित बजेट सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै नगरका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष कृष्णराज दनुवारले नगरका १४ वटा वडालाई प्रति वडा ७० लाखका दरले...
उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि, २५ जना निको, मृत्यु शुन्य

उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि, २५ जना निको, मृत्यु शुन्य

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १८ उदयपुरमा पनि केही दिन यता कोरोना संक्रमणदर घट्न थालेको छ । आज (शुक्रबार) थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित ६ महिला र ५ पुरुष हरेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ३ सय ५६ जना पुगेको हो । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका, त्रियुगा र चौदण्डीगढी नगरपालिका र ताप्ती गाउँ पालिकामा संक्रमण देखिएको हो । बेलकामा ३ महिला र २ पुरुष गरी ५ जना, त्रियुगामा २ महिला र २ पुरुष गरी ४ जना, चौदण्डीगढीको १ जना महिला र ताप्लीको १ पुरुष गरी आज ११ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । जिल्लामा कोरोना जितेर आज थप २५ जना घर फर्किएका छन् । योसँगै कोरोना मुक्त हुँनेको संख्या ८ सय ४८ महिला र १ हजार ५१ पुरुष गरी १ हजार ८ सय ९९ जना पुगेको हो । जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय १३ महिला र १ सय ९५ पुरुष...
एक हप्ताभित्र कोरोना बिमाको रकम भुक्तानी गर्न कोरोना पिडित पत्रकारहरुको माग

एक हप्ताभित्र कोरोना बिमाको रकम भुक्तानी गर्न कोरोना पिडित पत्रकारहरुको माग

समाचार
पूर्णपुष्टि, असार १८ कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरुको टोलीले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले संक्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरेको प्रतिवद्धता विपरीत ११ महिना बितिसक्दा पनि भुक्तानी नदिएको बताएका छन् । ‘तपाईंहरूले नेपाल सरकारको घोषित कार्यक्रम कार्यान्वयन गर्नुभएको हो । हामीले तपाईंहरुले तोकेको प्रिमियम तिरेर बीमा गरेका हौं । तपाईहरुले हामीसँग लिखित सम्झौता गर्नुभएको छ,’ ज्ञापन पत्रमा उल्लेख छ, ‘तर, हामीले पाउनु पर्ने भुक्तानी अझै पाएका छैनौं । हामीले गरेको बीमा दाबीको प्रक्रिया कहाँ पुगेको छ र के हुँदैछ ? भन्ने अन्यौलपूर्ण अवस...
छोरीमाथि यौन दुव्र्यवहार गर्ने बाबु पक्राउ

छोरीमाथि यौन दुव्र्यवहार गर्ने बाबु पक्राउ

समाचार
पूर्णपुष्टि, असार १८ आफ्नै १५ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । उक्त पुरुषले आफ्नै छोरीलाई गत जेष्ठ १० गते बिहान यौन दुव्र्यवहार गरेको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
थारु समुदायलाई आरक्षण कोटा नछुट्याएको भन्दै थारु आयोगको पुन: सिफारिस

थारु समुदायलाई आरक्षण कोटा नछुट्याएको भन्दै थारु आयोगको पुन: सिफारिस

समाचार
पूर्णपुष्टि, असार १८ थारु आयोगले निजामती सेवामा समावेशी सिद्धान्तका आधारमा थारु समुदायलाई कोटा छुट्याउन सरकारलाई पुन: सिफारिस गरेको छ । बिहीबार बसेको थारु आयोगको बैठकले जनसंख्याको आधारमा प्रतिशत तोकी राज्यका हरेक निकायले थारु समुदायलाई समानुपातिक समावेशिताको सिद्धान्त अनुसार आरक्षण नतोकेकाले यसको तत्काल व्यवस्था गर्न सिफारिस गरेको हो । यो भन्दा अगाडी थारु आयोगले थारु समुदायको निजामती सेवामा सहभागिता कोटा घटाएको भन्दै निजामती विधेयकमा संशोधन गर्न सरकारलाई सिफारिस गरेको थियो । थारु आयोगको बैठकले जनसंख्याको आधारमा प्रतिशत तोकी राज्यका हरेक क्षेत्रमा थारु समुदायलाई समानुपातिक समावेशिताको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका अध्यक्ष विष्णु चौधरीले बताए । आयोगका अध्यक्ष चौधरीले  भने ‘नेपालको संविधानको धारा ४२ अनुसार अन्य समुदाय र वर्गसँगै थारूहरुलाई पनि समानुपा...
चोरीको आरोपमा दुई जना पक्राउ

चोरीको आरोपमा दुई जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार १८ सुनसरीको ईटहरी उप–महानगरपालिका एरियाका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप–महानगरपालिका–३ का २९ वर्षीय सुमन तामाङ र धरान उप–महानगरपालिका–१९ का २४ वर्षीय सुरज परियार रहेका छन् । तामाङ  ईटहरी–३ का अनन्त प्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मूल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । जेष्ठ १२ गते बिहान अन्दाजी ६ बजेको समयमा पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगद समेत बरामद भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । यसैगरी, ईटहरी–६ मा रहेको कुलनयन ट्रेडसबाट नाईट्रोजन ग्यास सिलिण्...
यात्रुसँग तेब्बर भाडा असुली गर्ने ८ जना पक्राउ

यात्रुसँग तेब्बर भाडा असुली गर्ने ८ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार १८ सवारी साधनमा यात्रा गर्ने यात्रुसँग तेब्बर भाडा असुली गर्ने आठ जनालाई ट्राफिक प्रहरीले काठमाण्डौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । तीन गुणा बढीसम्म भाडा लिइ यात्रुलाई ठगी गर्ने टिकट काउन्टरका कर्मचारीदेखि निजी गाडीका चालकहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका पुण्यप्रसाद गिरी, गोर्खाका सन्तबहादुर कुमाल, इलामका खेमबहादुर पाँचकोटी, भक्तपुर बस्ने राजीव हिङ्गजु, झापाका सञ्जय खड्का, कञ्चनपुरका अम्मर ऐर, भक्तपुरका श्याम मछ्या र धनकुटाका हरेन्द्र बुढाथोकी रहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट आएका र उपत्यका भित्रिने र बाहिरिने धेरै यात्रु निजी तथा सार्वजनिक गाडीबाट ठगीमा परेको गुनासोपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिएको हो । काठमाण्डौ भित्रिन र बाहिरिन सार्वजनिक गाडीले अनुमति नपाए पनि कार, जीप, भ्यान लगायतका निजी गाडीले चर्को भाडामा ...
नालाको पानी विद्यालयभित्र पस्दा लाखौँको क्षति

नालाको पानी विद्यालयभित्र पस्दा लाखौँको क्षति

समाचार
पूर्णपुष्टि, असार १८ नालाको पानी महोत्तरी गौशाला नगरपालिका–६ फुल्काहाको श्री माध्यमिक विद्यालय भेडियाको कक्षाकोठाभित्र पस्दा लाखौँको क्षति भएको छ । गतरातिको भिषण वर्षातका कारण नालामा पानीको वहाव बढेर विद्यालयको कक्षाकोठाभित्र पानी पस्दा पाँच लाख मूल्य बराबरको शैक्षिक सामग्री भिजेर नष्ट भएको हो । विद्यालयको कोठाभित्र पानी पस्दा ८ वटा कम्प्युटर बिग्रिएको छ, भने मोनिटर, प्रोजेक्टर, फोटोकापी मेसिनमा क्षति पुगेको विद्यालयका पधानाध्यापक शैलेन्द्र ठाकुरले बताए । बालविकासको कक्षाकोठाभित्र नालाको पानी पस्दा चकटी, कार्पेट, खेल सामग्री लगायतका शैक्षिक सामग्रीमा क्षति पुगेको प्रधानाध्यापक ठाकुरले जानकारी दिए । घटनाको सम्बन्धमा वडा कार्यालय, नगरपालिकाको कार्यालय र विद्यालय व्यवस्थापन समितिलाई जानकारी गराइ सकेको ठाकुरले बताए । नालाकै कारण वर्षेनि विद्यालयमा क्षति हुने गरेकाले नालाको उचित निक...
ट्रकमाथी नै पहिरो खसेपछि

ट्रकमाथी नै पहिरो खसेपछि

समाचार
पूर्णपुष्टि, असार १८ देशबर बर्षाको मौसम चलिरहेको छ । यो वेला यात्रा अनि बाटो घाटो पनि जोखिम छ । काहाँ कतिखेर के हुन्छ भन्ने कुरा थाहा हुँदैन । लगतार बर्षाको कारण जताततै पहिरो र बाढीले जनजिवन प्रभावित बनाउनुका साथै सवारीहरुलाई आवत जावतमा समेत समस्या पुगेको छ । यस्तै सन्दर्भमा नारायणघाट–मुग्लिन सडक खण्डमा रोकिरहेको ट्रकमाथी नै पहिरो झरेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलवीरे नजिकै जाममा रहेको ट्रकमाथि पहिरो खसेको हो । आज बिहान करिब ७ बजेतिर खसेको पहिरोले ट्रकको एक छेउ पुरेको छ । पहिरोले नारायणघाटबाट मुग्लिनतर्फ सामान लिएर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ । पहिरोले यात्रुबहाक एक बसमा पनि क्षति पु¥याएको छ । बिहीबारदेखि यो सडकखण्डका विभिन्न ठाउँमा पहिरो र ठूला ढुंगा खसेका छन्। अवरूद्ध सडक खुलाउन सडक विभाग, प्रहरी र प्रशासन लागिपरेको छ ।  ...
उदयपुरमा नयाँ एसपी सुवास चन्द्र बोहोराको आगमन

उदयपुरमा नयाँ एसपी सुवास चन्द्र बोहोराको आगमन

समाचार
पूर्णपुष्टि, असार १८ उदयपुरमा नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) सुवास चन्द्र बोहोराको आगमन भएको छ । बोहोराले असार १७ गते बाट जिल्लाको कार्यभार सम्हाल्नु भएको छ । प्रहरीको नियमित सरुवा अन्तर्गत तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग,कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार नेपाल प्रहरी प्रदेश कार्यालय धनुषा दरबन्दीबाट बोहोरा उदयपुर सरुवा हुनु भएको हो । पदभार गरे सँगै जिल्लामा रहेको सम्पूर्ण कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्यलाई अगाडी बढाउन निर्देशन समते दिनुभएको छ । उदयपुरका प्रहरी प्रमुख भिम प्रसाद दाहालको धरान अपराध माहाशाखामा सरुवा भए सँगै बोहोरा उदयपुरको कार्यभार सम्हाल्नु आईपुग्नु भएको हो ।          ...