Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

रेलिङ नभएको भ¥याङबाट लड्दा मजदूर महिलाको ज्यान गयो

रेलिङ नभएको भ¥याङबाट लड्दा मजदूर महिलाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार २० रेलिङ नभएकोे भ¥याङबाट लडेर भक्तपुरमा एकजना मजदूर महिलाको ज्यान गएको छ । सिन्धुलीको दुधौली घर भएको लीला सदाको भ¥याङबाट लडेर ज्यान गएको हो । लीलाले शनिबार बेलुकाको खाना खाएर सुत्न जाँदा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भ¥याङबाट लड्दा ज्यान गएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ । सदाको शव पोष्टमार्टमका के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर पठाइएको छ, भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
जिप दुर्घटनामा परी २ को मृत्यु, १० जना घाइते

जिप दुर्घटनामा परी २ को मृत्यु, १० जना घाइते

समाचार
पूर्णपुष्टि, असार २० आज बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ, भने दश जना घाइते भएका छन् । डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका–३ मा सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको ज्यान गएको हो । सोही दुर्घटनामा सिगास–३ का ४५ वर्षीय जयसिंह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४० वर्षीय गौमती साउद र २९ वर्षीय करन धामी घाइते भएका हुन् । यस्तै सोही ठाउँका ४५ वर्षीय दलबीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, १९ वर्षीय खगेन्द्र साउद, ४४ वर्षीय हरीभान साउद पनि घाइते छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालकले बताउनुभयोे ।...
प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार २० प्रतिबन्धित औषधीसहित सुनसरीबाट एक युवा पक्राउ परेको छ । धरान–११ नगरकोट कोठा भाडामा बस्ने २० वर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको हो । हिजो दिउसो साढे १२ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधी सेटाडोल–५०–३९० क्याप्सुल र स्पास्पाईन–३९० क्याप्सुल फेला पारेको थियो । दासको सप्तरी अग्नीसर कृष्णसरवन–४ घर भई हाल धरानमा कोठा भाडा लिएर बस्दै आएका थिए । पक्राउ परेका दासको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गयो

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार २० ईलाममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । माङसेबुङ गाँउपालिका–५ का ४२ वर्षीय प्रविन राईको करेन्ट लागेर ज्यान गएको हो । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका–४ स्थित मानिस नबसेको घरबाट  विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाईते भएका थिए । घाइते राईलाई उपचारको लागि लैजादै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।  ...
श्रीमानले नै गरे श्रीमतीको हत्या, गुवालीमा लुकीछिपि बसेको श्रीमान पक्राउ

श्रीमानले नै गरे श्रीमतीको हत्या, गुवालीमा लुकीछिपि बसेको श्रीमान पक्राउ

समाचार
पूर्णपुष्टि, असार २० मोरङ वेलबारी नगरपालिका ७ का ४८ बर्षीय सिता घिमिरेलाई उनकै श्रीमान् ५६ बर्षीय अम्बिका घिमिरेले हत्या गरेका छन् । हत्या गर्ने श्रीमानलाई प्रहरीले गुवालीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले  हत्यामा संलग्न अम्बिका घिमिरेलाई घरबाट २ किलोमिटर दक्षिणमा गुवालीमा लुकी छिपी बसेको अबस्थामा शनिवार बिहान ५ बजे पक्राउ गरेको हो। हिजो बेलुका अम्बिका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र राती उठी एक्कासी आवेसमा आई काठको मुङ्ग्रोले निधाई रहेकी श्रीमती सिताको वाँया कन्चटमा चाररपाँच पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका अम्बिका घिमिरे उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको  छ ।...
१३ नं वडाले वाँड्यो सुत्केरी, गर्भवती तथा कुपोषण रोगीलाई तयारी पौष्टिक आहारा र चल्ला

१३ नं वडाले वाँड्यो सुत्केरी, गर्भवती तथा कुपोषण रोगीलाई तयारी पौष्टिक आहारा र चल्ला

समाचार
पूर्णपुष्टि, असार २० त्रियुगा नगरपालिका वडा नं १३ ले वडा भित्रका अति बिपिन्न १११ जना सुत्केरी महिला, गर्भवती महिला र कुपोषण रोगीलाई तयारी पौष्टिक आहारा स्वास्थय सामाग्री शनिवार वितरण गरेको छ । सुनौलो हजार दिनको अवसरमा महिला, बालबलिका र रोगिरुलाई स्वास्थ्यमा पहुँच पुराउन वडाले तयारी पौष्टिक आहारा सर्वोत्तम पिठो वितरण गरेको हो ।महिला बिषेश वडाको कार्याक्रम अन्तरर्गत वडाको ५० हजार सिलिङ बजेटमा सुत्केरी, गर्भवती र कुपोषण रोगिहरुलाई सर्वोत्तम पिठो र त्रियुगा नगरपालिकाले नगरका गर्भवती महिलाहरुलाई चल्ला वितरण गरेको वडाले जनाएको छ । सर्वोत्तम पिठो वडाको आफ्नै बजेट हो भने, चल्ला नगरको सहयोग र वडाको समन्वयमा गर्भवती महिलाहरुलाई मात्र वितरण गरिएको हो । चल्ला हरेक ४ ओटाको दरले ३५ जना वडाका गर्भवती महिलाहरुलाई बितरण गरिएको छ । १३ नं वडा नगर स्वास्थ्य केन्द्रकी अनमी युगप्रभा लेखीले वडा भित्रका २ ब...
उदयपुरमा खोला तर्ने क्रममा बगाएर बेपत्ता बेल्टारका एक युवाको शव फेला

उदयपुरमा खोला तर्ने क्रममा बगाएर बेपत्ता बेल्टारका एक युवाको शव फेला

समाचार
पूर्णपुष्टि, असार २० खोला तर्ने क्रममा उदयपुरमा एक जनाको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका ७ बेल्टार स्थित मदन चोकको ६५ बर्षे गुमशेर राईको खोलाले बगाएर ज्यान गएको छ । राईको खोला तर्ने क्रममा द्धावार खोलाले बगाउँदा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार राईको शव २ सय मिटर तल खोलाले बगाएको अवस्थामा प्रहरी फेला पारेको थियो । खोलाले बगाएर बेपत्ता भएको भन्ने फोन मार्फत जानकारी आए पश्चात इलाका प्रहरी कार्यालय बेल्टार बाट खटिएको प्रहरी टोलीले २ सय मिटर तल लाश फेला पारेको थियो । लाशको कानुनी प्रक्रिया अगाडी बढाएर पोष्ट मार्टमको लागि बेल्टार स्वास्थ्य चौकी उदयपुर पठाएको प्रहरीले जनाएको छ ।    ...
आज देशको यी भु–भागमा भारी बर्षाको सम्भावना, सतर्क रहन मौसम बिभागको चेतावनी

आज देशको यी भु–भागमा भारी बर्षाको सम्भावना, सतर्क रहन मौसम बिभागको चेतावनी

समाचार
पूर्णपुष्टि, असार २० हाल देशभर सामान्य देखि भारी बर्षा परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । माहाशाखाले आगामी तिन दिन सम्मको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ । आइतबार पनि देशभार सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेश...
जंगली हात्ति बस्ती छिर्यो, स्थानीयहरु त्रसित

जंगली हात्ति बस्ती छिर्यो, स्थानीयहरु त्रसित

समाचार
पूर्णपुष्टि, असार २० रौताहटमा जंगली हात्ति बस्ती छिरेको छ । हात्ति वस्ती छिरेपछि त्यहाँका स्थानीयहरु त्रसित बनेका छन् । हात्तिले स्थानीयहरुको घर भत्काउनुका साथै अन्नपातमा क्षति पुगाएको छ । गएराति देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेको एक जंगली हात्ती शिवनगर हुँदै रौतहटको माधवनारायण नगरपालिकाको वडा नं. ५ मिठुअवामा आइपुगेको छ । सो हात्तीले शिवनगरको एक घरमा क्षति पुर्याएको छ भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको छ । अहिले सो हात्ती मिठुअवाको झाँझ पुल नजिकैको आप बगैंचामा रहेको छ । गाउँबस्तीमा जंगली हात्ती हिंडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हात्ती नियन्त्रणमा लिन वन कार्यालय, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई भनिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताए । वन कार्यालय र निकुञ्जको टोली रौतहट आउने क्रममा रहेको उनले ब...
सप्तकोशी ब्यारेजको २४ ओटा ढोका खोलियो, आसपासको बासिन्दालाई सुरक्षित रहन प्रशासनको आग्रह

सप्तकोशी ब्यारेजको २४ ओटा ढोका खोलियो, आसपासको बासिन्दालाई सुरक्षित रहन प्रशासनको आग्रह

समाचार
पूर्णपुष्टि, असार १८ लगतार बर्षाको कारण सप्तकोशीमा पानीको बाहव बढेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाका कारण सप्तकोशी नदीको जलस्तर बढेको हो । कोशीको पछिल्लो मापन अनुसार नदीको बहाबमा निरन्तर वृद्धि भैरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाब मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् । सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहेपनि अहिले सम्म तटिय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ । प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको बताएको छ । निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाब जुनकुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ ।  ...