Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

पौडी खेल्न क्रममा दुई बालक खोलाले बगाएर बेपत्ता

पौडी खेल्न क्रममा दुई बालक खोलाले बगाएर बेपत्ता

समाचार
पूर्णपुष्टि, असार २१ पाँचथरको याङवरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जना मध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा सोही स्थानका १६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका छन् । आईतवार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनिहरु मध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपता भएका हुन् । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा उद्धार सामाग्री सहितको प्रहरी टोली खटि गई खोजतलास भईरहेको छ ।  ...
भ¥याङबाट लडेर मृत्यु

भ¥याङबाट लडेर मृत्यु

समाचार
पूर्णपुष्टि, असार २१ सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाँउपालिका –१ खरिखोला का ३३ बर्षीय रिन्जी पासाङ शेर्पाको भ¥याङबाट लडेर मृत्यु भएको छ । सोताङ गाँउपालिका ५ स्थितमा रहेको बिरेन्द्र ज्योती माध्यामिक बिद्यालयको निर्माणाधिन भवनको मिस्त्री काम गरि सोही स्थानमा नै कोठामा बस्दै आएका रिन्जी आईतवार राती ११ बजे भ¥याङबाट लडेर कंचटमा चोट लागी गम्भिर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी प्राथमिक स्वास्थ्य चौकी सोताङमा लगिएकोमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।  ...
पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

समाचार
पूर्णपुष्टि, असार २१ सुनसरीको कोशी गाउँपालिका–५ का अजल मियाको ९ बर्षीय छोरा ईर्फान मियाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो ३ बजेको समयमा घर नजिकै खेल्ने क्रममा सोही स्थानमा रहेको पानी जमेको खाल्डोमा अचानक डुबेर घाईते भएका मियाको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ...
उदयपुर रौतामाईमा भिरबाट खसेर बालकको मृत्यु

उदयपुर रौतामाईमा भिरबाट खसेर बालकको मृत्यु

समाचार
पूर्णपुष्टि, असार २१ उदयपुरको रौतामाई गाउँपालिका–४ माल्वासेका १३ बर्षीय बालक बिशाल सार्कीको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको जंरगेडाँडा भिरमा बाख्रा चराउन गएका बालकको आईतवार अपरान्ह पौने ५ बजेको समयमा सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको छ ।  ...
जग नै कमजोर बनाएकाले त्रियुगाको पक्कीपुल भत्कियो

जग नै कमजोर बनाएकाले त्रियुगाको पक्कीपुल भत्कियो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २१ । निर्माणको क्रममा जग नै कमजोर पारिएकाले उदयपुरको एउटा पक्की पुल भत्किएको छ । चौदण्डीगढी नगरपालिका ५ को सिवाई र ६ नं. वडाको बेल्ही जोड्ने त्रियुगाको पक्कीपुल दुईदिन अघि वर्षातमा भत्किएको हो । १२ वर्षअघि देखि निर्माण थालिएको पुल भत्किएको हो । निर्माणमा ढिलाई त छदैछ, पुलको जग नै कमजोर पारिएकाले यतिबेला पुल भत्किएको प्राविधिकको भनाई छ । यसमा ठेकेदार कम्पनीको लापरवाही र प्राविधिक कमजोरी रहेको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो । पुल भत्किनुको खास कारण भने विज्ञटोलीले अनुसन्धान गरेपछि पत्ता लाग्ने उहाँको भनाई छ । पुलको दक्षिणतर्फको दुईवटा सपोर्ट स्याप भासिएर तत्किएका छन् । तीनवर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल पटक पटक म्याद थप गर्दै आउदा १२ वर्षमा सकिन लाग्दा फेरी भत्किएको हो । २८५ मिटर लम्बाई र साढे ५ मिटर चौडाई भएको पुल  निर...
बैंकर्स आन्दोलित, गाइघाटमा प्रदर्शन

बैंकर्स आन्दोलित, गाइघाटमा प्रदर्शन

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २१।  बैंक तथा वित्तिय संस्था र विमा कम्पनीका कर्मचारीहरुले आन्दोलनस्वरुप गाईघाटमा आज प्रदर्शन गरेका छन् । गाईघाटको विपिचौकबाट बजारमा र्याली प्रदर्शन गरेका उनीहरुले लोकतान्त्रिक चौकसमा समापन गरे । कालो ब्यानरसहित र्यालीमा विरोध प्रदर्शन गरेका हुन् । सरकारको तर्फबाट सामाजिक सुरक्षा कोषले असारभित्र आवद्ध हुन दबाब दिएपछि आन्दोलित भएको सिद्धार्थ बैंक शाखा गाईघाटका शाखा मेनेजर सुनिल पोखरेलले बताए । आफूहरुको खाईपाई आएको सुविधा घट्ने गरी जबर्जस्ती कोषमा आवद्ध गराउन खोजेको भन्दै उनीहरु आन्दोलित छन् । कोषमा आवद्ध हुन नचाहँेको कारण पत्ता लगाउन भन्दै कालो ब्यानर देखाएर आन्दोलित छन् । कोषले सूचना नै निकालेर असारभित्र आवद्ध हुन भनेको छ । प्रदर्शनमा गाईघाटस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरु र विमा कम्पनी शाखाहरुको सहभागिता रह्यो । यसमा सरकारी बैंकहरुका कर्मचारीहरुको पनि...
देशभर थपिए १,६०३ कोरोना संक्रमित, थप २७ जनाको मृत्यु

देशभर थपिए १,६०३ कोरोना संक्रमित, थप २७ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२ जना र ३ हजार २ सय ५६ जनाको एन्टिजेन परीक्षणमा ५ सय ६१ जना गरी १ हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५२ जना कोरोना मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ५२ जना पुगेको छ ।...
गोहोरोको छाला काटेर टिकटक बनाउने महिला पक्राउ

गोहोरोको छाला काटेर टिकटक बनाउने महिला पक्राउ

समाचार
पूर्णपुष्टि, असार २०  गोहोरोको छाला काटेर टिकटक बनाउने धादिङका एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । गल्छी गाउँपालिका–६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखी पक्राउ परेको हो । अवैध वन्यजन्तुको सिकार गरेको मुद्दामा अनुसन्धानका लागि आरोपितलाई जिल्ला वन कार्यालयको टोलीले प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालय दाधिङले जनाएको छ ।...
उदयपुरमा थप १४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २,४०१ पुग्यो

उदयपुरमा थप १४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २,४०१ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २० उदयपुरमा आज (आइतबार) थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमि मध्ये ९ महिला र ५ पुरुष रहेका छन्, योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ४ सय १ जना पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएका संक्रमितहरु त्रियुगा र बेलका नगरपालिका रहेका छन् । त्रियुगामा ८ महिला र ४ पुरुषमा गरी १२ जनामा संक्रमण देखिएको छ । त्रियुगाको वडा नं. ५ का ८ महिला र २ पुरुषमा संक्रमणमा पुष्टि भएको छ । त्यस्तै, त्रियुगा कै वडा नं. १० का १ पुरुष र वडा नं. १३ का १ पुरुषमा संक्रमण देखिएको हो । बेलकाको वडा नं. ७ का १ महिला र वडा नं. ५ का १ पुरुष गरी २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्रियुगामा हालसम्म ४६ महिला र ५९ पुरुष गरी १ सय ५ जना संक्रिय संक्रमित रहेका छन् । नगरमा ३ सय ५९ महिला र ४ सय ७२ पुरुष गरी ८ सय ३१ ज...
कलाकारहरुले महामारीको समयमा अग्रपंक्तिमा खटिएका व्यक्तिको सम्मानमा बनाएको चित्र मेटाउदा विरोध प्रदशन

कलाकारहरुले महामारीको समयमा अग्रपंक्तिमा खटिएका व्यक्तिको सम्मानमा बनाएको चित्र मेटाउदा विरोध प्रदशन

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार २० काठमाडौंमा कोरोना भाइरसको समयमा अग्रपंक्तिमा कार्यरत्त व्यक्तिको सम्मानमा बनाएको चित्रकला महानगरपालिकाले मेटाएको भन्दै कलाकारहरुले विरोध प्रर्र्दशन गरेका छन् । कलाकारहरुले महानगरपालिकाको कार्यालय अगाडी प्रदर्शन गर्दै फ्रन्टलाइनरमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीकोे चित्र प्रती सम्मान गर्न महानगरपालिकालाई आग्रह समेत गरेको हुन् । दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएको थियो । तर महानगरपालिकाले उक्त चित्र मेटाइदिएको थियो । त्यसको विरोधमा आज महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाउन गएका कलाकारले टोलीले पुनः चित्र कोर्न दिन माग गरेको छ । ‘स्वास्थ्यकर्मी लगायत कोरोना महामारी निय...