विराटनगरबाट भागेका कैदी झापाबाट पक्राउ
Uncategorized
पूर्णपुष्टि, मंसिर २ गते ।
विराटनगरको क्षयरोग उपचार केन्द्रबाट डेढ महिनाअघि भागेका एक जना कैदीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । झापा गाउँपालिका–५ शरणामतिका २८ वर्षीय राजकुमार हेमरनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भएका हेमरन विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका थिए । अदालतले उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो । क्षयरोगको समस्या रहेका उनलाई उपचारका लागि विराटनगर–७ स्थित क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचार केन्द्रबाटै गत असोज १५ गते बिहान हेमरन फरार बनेका थिए । गाउँ घरमा लुकिछिपी बसेको अवस्थामा बिहीबार साँझ ५ः२० बजेतिर पक्राउ गरिएको एसपी कोइरालाले बताए ।
हेमरनसँगै क्षयरोग उपाचार केन्द्रबाट अर्का बन्दी झापा गाउँपालिका–३ का २८ वर्षीय म...
