Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरको दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु

Uncategorized
पूर्णपुष्टि, मंसिर ५ गते । उदयपुरको दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । जिल्लाको क्षेत्र नं. १ मा सर्बदलीय बैठक पश्चात १२ बजे देखि गणना सुरु गरिने मतगणना १ः२० बाट सुरु भएको छ । क्षेत्र नं. १ को मतगणना गाईघाटको त्रियुगा माबिमा भइरहेको छ । हाल बेलका नगरपालिकाको मतगणना जारी छ । मत परिणाम भने सार्वजनि हुन बाँकी रहेको छ । यता, क्षेत्र नं. २ मा पनि ३ः३० बाट मतगणना सुरु गरिएको जानकारी आएको छ । क्षेत्र नं. २ को मतगणना कटारी नगरपालिकाको उदयश्री क्याम्पसमा भइरहेको छ ।...

उदयपुरमा १ः२० बाट मतगणना सुरु

Uncategorized
पूर्णपुष्टि, मंसिर ५ गते । उदयपुरको क्षेत्र नं. १ मा सर्बदलीय बैठक पश्चात १२ बजे देखि मतगणना सुरु गरिने मतगणना १ः२० बाट सुरु भएको छ । जिल्लाको सदरमुकाम गाईघाटको त्रियुगा माबिमा मदगणना सुरु गरिएको हो । आइतबार सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्ला भर ५३.६ प्रतिशत मत खसेको छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ९२ हजार २७७ मत खसेको छ । जसमध्ये क्षेत्र नं. १ को मतगणना बेलका नगरपालिकाबाट सुरु गरिएको छ । जिल्लाको क्षेत्र नं. २ को मतगणना उदयश्री क्याम्पस कटारीमा ३ बजे देखि सुरु गरिने जनाईको छ ।...

धनकुटामा शंकास्पद वस्तु फेला

Uncategorized
पूर्णपुष्टि, मंसिर ५ गते । धनकुटा नगरपालिका–९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको बेलाहारामा रहेका प्रहरी चौकी भन्दा झण्डै डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन भइसकेको जानकारी दिए । शंकास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने यकिन नभएको उनले बताए ।...

ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

Uncategorized
पूर्णपुष्टि, मंसिर ५ गते । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा छन् ।...

२०७९ को निर्वाचनमा कहाँ कहाँ चल्यो गाली ?

Uncategorized
पूर्णपुष्टि, मंसिर ५ गते । प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको मतदान आइतबार सम्पन्न भएको छ । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ । केहीमा मतदान नै स्थगित भएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली समेत चलेको छ । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा हिजो २४ ठाउँमा गोली चलेको थियो । प्रदेश १ को ताप्लेजुङ, मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामाल, रौतहटको गुजरा–४ मा गोली चलेको छ । त्यस्तै, बागमती प्रदेशको चितवन, दोलखाको तामाकोशी गुम्बेश्वरी मावि, जिरी–९ स्थित कालिाका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी मावि जफे, कालिनचाोक गाउँपालिका १ वडा कार्यालय बेगुम्पा, सुर्योदया प्रावि भदौरेमा गोली फायरिङ भएको छ । यता, गण्डकी प्रदेशस्थित स्याङ्जाको चापाकोट नगरपालिका–१ भानु मावि आदी चौघेरा, गल्याङ नगरपालिकास्थित आदर्श माविमा समेत गोली च...

उदयपुर -१ काे मतगणना सवा बाह्रबजेदेखि

Uncategorized
पूर्णपुष्टि, म‌‌सिर ५ । उदयपुर निर्वाचन क्षेत्र नं. १ को मतगणना आज अपरान्ह १२ः१५ बजेदेखि सुरु हुने सर्बदलीय बैंठकले निर्णय गरेको छ । विहान ८ः३० बजेदेखि बसेको बैंठकले प्रत्यक्ष र समानुपातिकको मतगणना एकैसाथ गर्ने निर्णय गर्दै गणनाको समय तोकेको हो ।

उदयपुरमा मतगणनाका लागि सर्बदलीय बैंठक सुुरु

Uncategorized
पूर्णपुष्टि, मङ्सिर ५ । मतगणनाका लागि उदयपुुर क्षेत्र नं. १ को मुुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्बदलीय बैंठक सुुरु गरेको छ । मतगणना स्थल गाईघाटको त्रियुुगा मावि प्राङ्गणमा बैंठक राखेको हो । बैंठकमा विभिन्न पार्टीका तथा स्वतन्त्र उम्मेदवार तथा पार्टी प्रतिनिधिहरुको सहभागिता छ । प्रमुुख जिल्ला अधिकारी लगायतका सुरक्षा प्रमुखहरुसमेत सहभागि छन् । बैंठकले मतगणनाको समय तय नर्गे र गणनालाई ब्यवस्थित, मर्यादित र पारदर्शी बनाउने बारेमा छलफल गरी निष्कर्ष निकाल्ने जनाइएको छ । गएराती २ः३० बजेसम्ममा संकलन पूरा भएपछि उदयपुरमा गणना आजदेखि हुने भएको हो । जिल्लाको १०१ स्थानमा २६४ मतदान केन्द्रबाट संकलित १०५६ मतपेटिकाहरु गणनास्थलमा सुरक्षित राखिएका छन् । १ नं। क्षेत्रको त्रियुगा मावि गाईघाट र २ नं। को उदयश्री क्याम्पस कटारीमा गणना हुने जनाईएको छ । मतपेटिका सुरक्षा तथा गणनाका लागि सुरक्षा ब्यवस्था कडा ...

जनप्रेमि माध्यामिक बिद्यालयमा यसरी भईरहेको छ मतदान

Uncategorized
पूर्णपुष्टि, मंसिर ४ जनप्रेमि माध्यामिक बिद्यालयमा यसरी भईरहेको छ मतदान । तस्बिर सहित...  

त्रियुगा माध्यामिक बिद्यालयमा यसरी भईरहेको छ मतदान तस्बिर सहित ।

Uncategorized
पूर्णपुष्टि, मंसिर ४ त्रियुगा नमुना माध्यामिक बिद्यालयमा यसरी भईरहेको छ मतदान । तस्बिर सहित...      

७ बजे देखि मदतान शुरु

Uncategorized
पूर्णपुष्टि, मंसिर ४ आज मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको लागी ७ बजे बाट मतदान शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।