Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

करेन्ट लागेर १ जनाको मृत्यु

Uncategorized
पूर्णपुष्टि, कार्तिक १६ गते । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर–६ का ३० बर्षीय राम मण्डल रहेका छन् । हिजो बेलुका ४ बजे मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले बिधुतको हाईटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मण्डलको बिराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...

फ्याक्ट्रीको पाइप विष्फोट हुँदा २ जना घाइते

Uncategorized
पूर्णपुष्टि, कार्तिक १६ गते । मोरङको जहदा गाउँपालिका–३ मा नवनिर्मित फ्याक्ट्रीको पाइप विष्फोट हँदा मंगलबार साँझ दुईजना घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार निर्माणाधीन कोसी विराट एग्रो प्रालि नामक मिठाई बनाउने फ्याक्ट्रीको मेसिनमा जडान गर्ने क्रममा साँझ ७ः४५ बजेतिर पाइप विष्फोट भएको थियो । घटनामा परेर सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएको उनले बताए । घाइते दुवैजना निर्माणाधीन फ्याक्ट्रीका कामदार हुन् । घाइतेमध्ये कृष्णको अवस्था गम्भीर छ । महेन्द्रको अवस्था सामान्य छ । दुवैजनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।...

भोलीदेखि जुलुस, आमसभा र कोणसभ गर्न मिल्ने

Uncategorized
पूर्णपुष्टि, कार्तिक १६ गते । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरुले भोलीबाट मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाउने छन् । निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा बिहिवारबाट गर्न पाइने आचारसंहितामा व्यवस्था गरिएको छ । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी ...

रमेश खरेलको पार्टी आमा चिन्हबाट उदयपुरमा प्रत्यक्ष तर्फ ३ र समानुपातिक तर्फ २ जना उम्मेदवार

Uncategorized
पूर्णपुष्टि, कार्तिक १६ आमा चुनाव चिन्ह रहेको रमेश खरेललको पार्टी स्वतन्त्र राजनितिक शक्ति नेपालबाट उदयपुरमा ३ जना प्रत्यक्ष तर्फ चुनावी मैदानमा उत्रेका छन् । प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यका लागि हरि बुढाथोकी रहेका छन् भने प्रदेश तर्फ भरत कुमार बजगाँई र कल्पना सापकोटा रहेकी छिन् । बुढाथोकी प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं १ बाट चुनावी मैदानमा उत्रेका हुन् । यता प्रदेश सभा सदस्यका लागि बजगाँई क्षेत्र नं १ (ख) बाट र सापकोटा क्षेत्र नं १ को (क) बाट चुनावमा होमिएकी छिन् ।   यस्तै गरी समानुपातिक तर्फ भने सम्झना राई र मिना कुमारी मगर उठेकी छिन् । करिब १५ ओटा दलहरु मिलेर स्वतन्त्र राजनितिक शक्ति नेपाल बेनेको यस पार्टीलाई रमेश खरेलले नेतृत्व गर्दैछ । खरेल स्पष्ट बक्ता र स्वच्छ छबी भ्रष्टचार र दुरुपयोग शक्तिहरुको बिरोधी व्यक्ति समेत हुन् । खरेल नेपाल प्रहरीको पूर्व डिआईजी ...

किरात सभ्यता हो, जात भएको भए प्रदेशको नाम राई माग्ने थियौँ

Uncategorized
पूर्णपुष्टि, कार्तिक १५ किरात राई यायोख्खा प्रदेश नं १ ले किरात कुनै जात नभई सभ्यता भएको जनाएको छ । मंगलबार गाईघाट स्थित मंसिर ४ गते हुने आशन्न संघ र प्रदेशको निर्वाचनमा सहभागी हुने उदयपुरका उम्मेदवारहरु सितको अन्तरक्रिया कार्यक्रममा यस्तो जनाईएको हो । यदि जातै मागेको भएत हामिले प्रदेश नं १ को नाम राई माग्ने थियौँ, तर हामिले त पहिचान र सभ्यता मागेको हो जस्ले गर्दा किरात माग्यौ, किरात राई यायोख्खा प्रदेश नं १ का उपाध्यक्ष बलराम राईले भने”, “ राईले किरात बिभिन्न इतिहाँस, पुस्तक, लिपी, माहाभारत जस्ता महत्वपूर्ण चर्चित माध्यमहरुमा पनि उल्लेख गरिएको पुष्टि गरे । यदि यो जात भएको भए यस्को कुनै महत्व थिएन उनले भने, नामकरणको बिषयमा कोशी, सगरमाथा जस्ता नाम चल्यो तर त्यो कुनै पनि पहिचान नभएको जनाए । उनले प्रश्न गर्दै भन्यो के पहिचान कोशीलाई चाहिएको हो ? पहिचान सगरमाथालाई चाहिएको हो ? हैन् पहिचान त म...

उदयपुरमा किरात प्रदेश बारे उम्मेदवारहरु सँग छलफल

Uncategorized
पूर्णपुष्टि, कार्तिक १५ यहि आउँदो मंसिर ४ गते आशन्न प्रदेश र संघको चुनाव हुँदैछ । किरात राई यायोख्खाले भने यसै अवसरमा प्रदेश नं १ लाई किँरात प्रदेशको नाम आह्वान गर्दै उम्मेदवारहरु सँग बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । हाल सम्म पनि नाम बिहिन अवस्थामा रहेको प्रदेश नं १ को नाम टुँगो नलाग्दै सांसदहरुको पहिलो कार्यकाल सकियो । किँरात राई यायोख्खाले प्रदेश नं १ लाई पहिचानको आधारमा नामकरण गर्नु पर्ने माग सहित किराँत प्रदेश नामकरणको नाम प्रस्ताव गरिरहेको अवस्था थियो । यायोख्खाका अनुसार पहिचान स्वीकार्न नसक्ने राजनितिक दल र सांसदहरुका कारण किँरात प्रदेश नामकरणमा आनाकानीकै कारण कुनै पनि नाम प्रदेशले पाउन नसकेको जनाए । किरात प्रदेश राखेमा यहाँको भुगोल, सभ्यता, संस्कृति भाषा, संस्कार र पहिचान समेटिने भन्दै यायोख्खाले किँरात प्रदेशको नाम प्रस्ताव गरिएकोमा दल र सांसदहरुले नामका लागि आनाकानी ...