Monday, April 20News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरका निर्वाचित उम्मेदवारहरु बिजय उत्सवमा व्यस्त

Uncategorized
पूर्णपुष्टि, मंसिर १४ उदयपुरका निर्वाचित उम्मेदवारहरु बिजयी उत्सव मनाउन व्यस्त रहेको छ । हिजो मंगलबार प्रत्यक्ष तर्फको सबै अन्तिम मतपरिणाम आईसक्दा धमाधम बिजयी उत्सव मनाउन निर्वाचित सांसदहरु व्यस्त रहेको हो । प्रनिधि सभा सदस्यमा क्षेत्र नं १ को मंगलबार राति मात्रै अन्तिम मत परिणाम सार्वजानिक भएको थियो । सो क्षेत्रमा कांग्रेसका डा. नारायण खड्काले जित निकालेका थिए । जित सँगै रातिनै नाराजुलु लगाउन मतगणना स्थल बाहिरा उपस्थित कार्यकर्ताहरुको भिँड रहेको थियो । यस क्षेत्रमा सबै गठबन्धनका उम्मेदवारहले जित निकाल्न सफल भएका थिए । प्रदेशसभा (क) मा माओवादीक केन्द्रका राजन किराँती वासु र (ख) मा हिमाल कार्की बिजयी बनेका थिए भने खड्का प्रतिनिधि तर्फ निर्वाचित थिए । २ नं क्षेत्रमा भने यस केहि दिन अघिनै अन्तिम मत परिणाम सार्वाजानिक गरे सँगै बिजयी उत्सवहरु समेत मनाईसकिएको अवस्था छ । बोलेको बाचा पुरा गछौँ...

उदयपुरका उद्यमी व्यवसायीहरुलाई डिजिटिल प्रविधिको प्रयोग र आर्थिक आम्दानीबारे प्रशिक्षण

Uncategorized
पूर्णपुष्टि, मंसिर १४ पछिल्लो समय हरेक क्षेत्रमा डिजिटल सिस्टम र प्रयोगहरु व्याप्त हुन थालेको छ । प्रविधिमय क्रियाकलापले मान्छहरुलाई नजिक बनाउँदै गर्दा व्यवसाय र उद्यमीहरुमा पनि यसको आकर्षंण बढेको छ । बुधबार गाईघाट स्थित उदयपुरका उद्यमी तथा व्यवसायीहरुलाई डिजिटल मार्केटबारे एक दिने तालिम दिईएको छ । उनिहरुलाई प्रविधिबाट व्यापार व्यवसायलाई कसरी बढाउने र प्रचार प्रसारमा कसरी जोड्ने भन्ने बारे प्रष्ट पार्न प्रशिक्षण दिईएको थियो । ठुलो डटकमको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग माहासंघको सहकार्यमा जिल्लाभरीका व्यवसायीहरुलाई बृहत प्रशिक्षण दिईएको हो । अहिले मानिसहरु बिभिन्न सामाजिक संजालहरु फेसबुक, इन्स्टा, भाईबर, जिमेल, टिकटक लगायतको माध्यमबाट रामाउने काम मात्रै गरिरँहदा उद्यमीहरुले भने यसलाई आर्थिक आम्दानीको रुपमा पनि प्रयोग गर्न खोजेको जनाएको छ । उद्यमी व्यवसायीहरुले आफुले प्रयोग गर्ने कु...

गाईघाटको मेन चोकमा राखियो गाईको प्रतिक

Uncategorized
पूर्णपुष्टि, मंसिर १४ उदयपुरको सदरमुकाममा गाईघाटका पहिचान झल्काउने गाईको मुर्ति राखिएको छ । गाईघाट नाम रहन गएकोमा गाईको मुख्य भुमिका रहेको भन्दै यसको मुर्ति राखिएको हो । लामो समयदेखी गाईको मुर्ति राख्ने सम्बन्धमा बिभिन्न पहलहरु भएपनि उक्त सफल भएका थिएन । सो ठाउँमा प्रतिष्ठित व्यक्ति तथा पहिलो मेयर स्व. लालशेर राईको शालिक राख्ने पनि भनिएको थियो । तर त्यो पनि सफल हुन सकेन । गाईघाट बजारको मुख्य चोकमा बाच्छोसहितको गाईको स्तम्भ राखिएको हो । उक्त प्रतीकलाई चारै दिशाबाट अवलोकन गर्न सकिनेछ । जिल्लाको केन्द्रमा राखिएको गाईको प्रतीकले गाईघाट मात्र नभई सिङ्गो उदयपुरकै पहिचानको आभास दिलाउनेछ । त्रियुगा नगरपालिकाको लगानीमा गाईको प्रतीकसहितको स्तम्भ निर्माण भएको हो । यसको रङ्ग रोगनसहितको फिनिसिङ र उद्घाटनको काम भने बाँकी नै छ ।...

हारको ह्याट्रिक जोगाउँदै जित निकालेका राजन “किँराती”

Uncategorized
पूर्णपुष्टि, मंसिर १४ उदयपुरका राजन किँराती राजनितिक हारको उदाहरणीय व्यक्ति पनि हुन् । उनी यस भन्दा पहिले दुईपटक चुनाव हारेर राजनितिक क्रियाशिलबाट ओझेलमा पर्दै आएका थिए । कुनै समय माओवादीको  बजबुत नेताको रुपमा गनिने "किँराती" ६४ साल र ७० सालको संविद्यान सभा सदस्य उम्मेदवारमा पराजित बनेपछि खासै राजनितिक क्रियाशिलतामा देखिएन । पछिल्लो ७४ सालको चुनवामा उम्मेदवार नवनेका राई जिल्लामै रहेर सामाजिक सेवा र पारिवारिक काममा रहे र साथमा राजनितिकलाई पनि निरन्तरता भने दिँदै आए । उनि एकाएक ७९ को निर्वाचनमा प्रदेशसभाका लागि गठबन्धनबाट उम्मेदवार बन्ने मौका पाए र सोही निर्वाचनमा प्रतिद्धन्दी भन्दा उत्कृष्ट मत ल्याएर प्रदेशसभा सदस्यमा बिजयी पनि बने । उनले यस पटक पनि चुनाव हारेका भए राजनितिक यात्रामा पून : क्रियाशिल हुन सकस रहने अनुमान गरिएका थिए भने बिजयी बनेमा उनले राजनितिक इतिहाँस रच्ने र राजनितिक यात्रा...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु

Uncategorized
पूर्णपुष्टि, मंसिर १४ झापाको मेचीनर नगरपालिका–१३ चारआली स्थितमा ट्रकको ठक्करबाट एक वद्धको मृत्यु भएको छ । मृ्त्यु हुनेमा ७० बर्षीय जगतमान सावा रहेका छन् । हिजो अपरान्ह ४ बजे प्रदेश १–०१–००१ ख ३८४८ नम्बरको ट्रकले पैदल यात्री सावालाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका सावाको उपचारको क्रममा ( बि एण्ड सी ) अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न रहेको ट्रक र चालक पाँचथर हिलिहाङका ३६ बर्षीय नरेन्द्र कुमार अधिकारीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।...

उदयपुरमा लागुऔषध गाँजासहित युवक पक्राउ

Uncategorized
पूर्णपुष्टि, मंसिर १४ उदयपुरको कटारी नगरपालिका–६ साँगुरी स्थितबाट अवैध लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउपालिका–२ का २७ बर्षिय सरोज राई रहेका छन् । आज बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले संकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्रममा ६० किलोग्राम गाँजा बरामद गरेको हो । अवैध लागुऔषध गाँजा बरामद भए संगै पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।...

उदयपुर १ मा गठबन्धनलाई सफलता : एमाले सुन्य

Uncategorized
पूर्णपुष्टि, मंसिर १४ उदयपुरको क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवारहरुले सफलता हात पारेको छ । प्रदेश र केन्द्रको अन्तिम मतपरिणाम आईसक्दा यस क्षेत्रबाट सबै गठबन्धनका उम्मेदवारहरुले विजयी हाँसिल गरेको हो । यहाँ केन्द्रीय प्रतिनिधि सभा तर्फ डा. नारायण खड्काले जित हाँसिल गरेको छ भने प्रदेश तर्फ हिमाल कार्की र राजन किराँती बासुले जित हाँसिल गरेको हो । उनिहरु सबैले एमालेका उम्मेदवारहरुलाई पराजित गर्दै जित निकालेको हो । डा. खड्का संघिय सांसदका लागि ४ पटक निर्वाचित सांसद हुन् । उनले पटकपटक जित निकालीरहेको अवस्थामा उदयपुरमा बिकासको फड्कोमा भने उत्ति धेरै जनताहरु खुसी नरहेको बताउँछन् । उनले ७४ सालमा पनि एमालेकी मन्जु कुमारी चौधरीलाई नै पराजित गर्दै सांसद यात्रा जोगाएका थिए । सो अवस्थामा एमाले र माओवादी मिलेर चुनाव लडेका थिए । यता प्रदेश तर्फ हिमाल कार्की पनि ७४ सालमा बिजयी सांसद हुन् । उनले प...

उदयपुरमा बहुबिबाह मुद्दाका फरार व्यक्ति पक्राउ

Uncategorized
पूर्णपुष्टि, मंसिर १४ उदयपुरमा बहुबिबाह मुद्दाका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा न.पा. १० बस्ने बर्ष ४५ को गोपाल भन्ने लाल बहादुर श्रेष्ठ रहेका छन् । मिति २०६६÷११÷१२ गते जिल्ला अदालतको फैसला अनुसार बहुबिबाह मुद्दामा क्षेष्ठलाई १ बर्ष कैद र ५,००० जरिवाना तोकता पनि फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलिले क्षेष्ठको खोज तलास गर्ने क्रममा निजकै घर वतनबाट मिति २०७९÷०८÷१२ गते फेलापारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका क्षेष्ठको फैसला कार्यान्वयनको लागि अदालत पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...

उदयपुरबाट डा. नारायण खड्काको लगतार चौथो पटक जित

Uncategorized
पूर्णपुष्टि, मंसिर १४ उदयपुरको क्षेत्र नं १ बाट गठबन्धन उम्मेदवार तथा नेपाली कांग्रेसका डा. नारायण खड्का निर्वाचित भएको छ । खड्काले नेकपा एमालेकी मन्जु कुमारी चौधरीलाई पराजित गर्दै उदयपुरबाट चौथो पटक सांसदमा निर्वाचित बनेको हो । खड्काले ३१२७० मतका साथ बिजयी हाँसिल गरेका थिए भने एमाले नेतृ मन्जु कुमारी चौधरीले ८८९१ मत ल्याएकी थिईन् । चौधरी २३७९ मतले खड्का सँग पराजित भएको हो । खड्का यस जिल्ला बाट पटक पटक निर्वाचित सांसद हुन् । उनले ७४ सालमा पनि बाम गठबन्धनका उम्मेदवार सोही मन्जु कुमारी चौधरीलाई हराएका थिए । खड्का नेपाल सरकारको परराष्ट्र मन्त्री समेत हुन् । सुरुवाती चरणबाटै अग्रता लिएको खड्काले पछिल्लो समय सम्मनै आफुलाई अग्रतामा कायम राखेका थिए ।...

उदयपुरमा एमाले लगायतका ९ दलले पून : मतदानको माग गर्यो

Uncategorized
पूर्णपुष्टि, मंसिर ११ उदयपुरमा एमाले लगायतका दलहरुले पून : मतदानको माग राखेको छ । प्रदेशको प्रत्यक्ष तर्फको १ सय मतपत्र प्रतिनिधिसभा तर्फको मत गणनामा फेला परेको भन्दै यसालाई सिधै धाँधलीको संकेतका साथ एमाले लगायत ९ दलले पून : मतदानको माग गरेको हो । असन्तुष्टी पक्ष लगायतको बैठक बसी नागरिकहरुको निष्पक्ष मतान गर्ने अधिकार हनन् भएको भन्दै पुन : मतदानको माग राखेको जनाएको छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) र १ (२) मा खसेको मतभन्दा बढी मत प्राप्त भएको हुँदा साथै निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्रमा छाप लगाएको एकमुष्ठ १०० थान मतपत्र मतगणना गर्दा फेला परेको हुँदा धाँद्यली भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ । एमाले नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका इश्वरमणी राउतले मतदानको क्रममा जुन ठाउँमा धाँद्यली भएको हो त्यस ठाउँमा निष्पक्ष मतदा...