Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा अझै हुन सकेन पून : मत मगणना सुचारु, बैठक जारी

Uncategorized
पूर्णपुष्टि, मंसिर ११ उदयपुरमा साढे ४ देखी सुरु हुने भनिएको मतगणना अझै सुचारु हुन सकेको छैन् । बुथमा रहेको मत कागजमा उल्लेख अनुसार गणनामा नदेखीएपछि बिहान मतगणना रोकिएका थिए । साढे १० बजे सम्पूर्ण उम्मेदवार र पार्टी प्रतिनिधिहरुको बैठकपछिको निर्णय अनुसार के गर्ने भन्ने निर्णय आउने भनिएको थियो । उक्त बैठकले साढे ४ बजेबाट गणना सुरु गर्ने जनाएका थिए । तर अझै पनि गणनाको लागि बैठकनै जारी रहेको छ । गणनामा १ सय ७ मत हराएपछि मुख्यतया एमालेले यसको वास्ताविकता बारे प्रश्न उठाएका थिए ।...

उदयपुरमा चोरीको मोटरसाईल सहित तिन जना पक्राउ

Uncategorized
पूर्णपुष्टि, मंसिर ११ गते । उदयपुरमा चोरीको मोटरसाईकल सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप मन्थली न.पा.१ बस्ने २७ बर्षीय बिक्रान्त थापा मगर, ललितपुर गोदाबारी न.पा.३ बस्ने २७ बर्षीय सुमन बिष्ट र त्रियुगा न.पा.१६ बस्ने ३१ बर्षीय बिर्ख तामाङ रहेका छन् । मंसिर ८ गते बिहान बिहान ४ बजेको समयमा जिल्ला उदयपुर त्रियुगा न.पा.६ जलजले बजार बस्ने कुमार कार्कीको घर बाहिर पार्कीङ गरी राखेको मोटरसाईकल चोरी भएको थियोे । चोरीको मोटरसाईकल डोर्‍याउदै लैजान लागेको अवस्थामा ईप्रका जलजलेबाट खटिएको प्रहरी टोलीले निजहरुले प्रयोग गर्दै आएको प्र३–०२–००१प२०७५नं.को मोटरसाईकल सहित बिक्रान्त थापा मगरलाई नियन्त्रणमा लिएको हो । थापालाई सोधपुछ गर्ने क्रममा उक्त मोटरसाईकल चोरीको रहेको प्रहरीले जनाएको छ । चोरी घट्नामा संलग्न रहेका बिष्ट र तामाङको खोजतलास गर्ने क्रममा प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी...

उदयपुरका पत्रकार पक्राउको विरोध

Uncategorized
पूर्णपुष्टि, मंसिर ११ गते । निगरानी पोष्टका प्रकाशक तथा रेडियो नेपाल उदयपुरका संम्बादाता गजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार महासंघ प्रदेश नं. १, पत्रकार महासंघ उदयपुर शाखा, आदिवाशी जनजाती महासंघ, नेपाल फोटो पत्रकार महासंघ उदयपुरले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितीका महासचिव विवेक गौतमले विज्ञप्ती जारी गर्दै “अनलाईनमा लेखेको समाचारको बिषयमा साईबर क्राईमको मुद्धा दायर गरी पक्राउ गिरिएको” प्रति खेद व्यक्त गर्दै पक्राउ परेका पत्रकार गजेन्द्र राईलाई रिहाई गर्न माग गरेको छ ।यस्तै नेपाल पत्रकार महासंघ उदयपुर शाखाले विज्ञप्ती जारी गरी “राज्यले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको हकलाई कुण्ठित गर्दै पत्रकार राईलाई लगाईएको मुद्धा र प्रहरीको अमानवीय व्यवहारप्रति घोर आपत्ती प्रकट गर्दै प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज गरी निष्कर्षमा पुर्याउन माग गरेको...

एक सय ७ मत हराएको भन्दै उदयपुरको त्रियुगामा मतगणना स्थगित

Uncategorized
पूर्णपुष्टि, मंसिर ११ गनेको मत भन्दा एक सय ७ मत नपुगेको भन्दै मतगणना स्थगित गरिएको छ । त्रियुगाको ७ ओटा, चौनपाको दुईओटा र बेलकाको १ ओटा बुथमा ५४४४ मतत रहेकोमा गणना गर्दा ५३३७ मात्र मत फेला परेका १ सय ७ मत भने गायव भएको भन्दै एमाले उम्मेदवार ताथा कार्यकर्ताहरुले बैठक आह्वान गरेको छ । बैठकमा उम्मेदवारहरुको निर्णय के आउँछ त्यहि अनुसार अगाडी बढ्ने एमालेले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले साडे १० बजे उम्मेदवार र पार्टी प्रतिनिधिको बैठक आह्वान गरेको छ । यो कर्मचारीहरुको लापर्वाही भन्दै आसंकाको समेत संकेत गरेको छ ।...

उदयपुरमा डा. खड्काको अग्रता निरन्तर कायमै

Uncategorized
पूर्णपुष्टि, मंसिर १० उदयपुरमा प्रतिनिधिसभा तर्फको मतणनाको क्रम चलिरहेको छ । हिजो प्रदेश तर्फको सबै अन्तिम मत परिणाम आउँदा प्रतिनिधिसभा तर्फको भने आउन बाँकी छ । यस ठाउमा नेपाली कांग्रेसका उम्मेदवार तथा बाम गठबन्धनका डा. नारायण खड्काले अग्रता कायम राखेको छ । एमालेको मन्जु कुमारी चौधरी भने पछ्याईरहेकी छिन् । खड्काले चौधरीलाई १८७३ ले पछि पारेको छ । खड्काले हास सम्मको मत गणनाको परिणाम अनुसार २३०७३ मत पाएका छन् भने चौधरीले २१२०० पाईकीछिन् । हाल सम्मा ५५७६६ मत गणना भैसको अवस्था छ ।...

उदयपुरमा प्रदेशसभा तर्फ प्रत्यक्षमा एमाले सुन्य

Uncategorized
पूर्णपुष्टि, मंसिर १० मंसिर ४ को निर्वाचनमा एमाले प्रत्यक्ष प्रदेशसभा तर्फ सुन्य भएको छ । यहाँ सबै गठबन्धनको उम्मेदवारहरुले बिजयी गरेपछि एमालेले प्रत्यक्षमा कुनै पनि सिट लिन सकेन । केन्द्रममा भने क्षेत्र न २ बाट एमाले बिजयी बनेको छ । दुई निर्वाचन क्षेत्रहरु रहेका मध्ये क्षेत्र नं दुईबाट गठबन्धनका उम्मेदवार माओवादी केनद्रको नारायण बुर्जा मगर र कांग्रेसका राम कुमार खत्री बिजयी बने भने क्षेत्र नं १ मा हिमाल कार्की र राजन किराँती बिजयी बने । क्षेत्र नं २ मा नारायण बुर्जा मगर झिनो मतले बिजयी बनेका थिए भने यता क्षेत्र नं १ का हिमाल कार्की पनि थोरै मतान्तरले बिजयी बन्न पुगेका थिए । कार्कीलाई एमालेका राउतले तिव्र प्रतिस्पर्धीको रुपमा च्यालेन्ज गरेका थिए । तर कार्कीले अन्तिम सम्म पनि राउतलाई उछिन्न दिएन । कार्कीले २१५ मतले मात्र आफुलाई जित निकाल्न सकेका थिए । उनको १४९७९ मत आउँदा एमालेका राउतको ...

उदयपुर क्षेत्र नं १ प्रदेश (ख) मा झिनो मतले कांग्रेसका हिमाल कार्की बिजयी

Uncategorized
पूर्णपुष्टि, मंसिर ९ उदयपुर क्षेत्र नं १ (ख) मा गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका हिमाल कार्की बिजयी बनेको छ । उनले नेकपा एमालेका इश्वरमणी राउतलाई २१५ को झिनो मतान्तरले हराउँदै जित हासिँल गरेको हो । कार्कीले १४९७९ मत पाउँदा राउतले १४७६४ मत पाएका थिए । उनिहरु बिच अन्तिममा कडा प्रतिस्पर्धा चलेका थिए । सुरुवाती अग्रता कायम राखेका कार्कीले बिचमा निकै मतान्तर बढाएका थिए । अन्तिममा राउतले जित निकाल्नेमा पनि दावी राख्दै आएका थिए । पछिल्लो मत परिणामा राउत २१५ मतात्तरले पराजय भएको हो । यो क्षेत्रमा प्रदेश तर्फ दुवै गठबन्धनले जित निकालेका छन् भने केन्द्रीय प्रतिनिधि तर्फ पनि कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले अग्रता बढाउँदै गएका छन् । दिउसो मात्रै प्रदेश (क) माओवादी केद्रका राजन किराँतीले जित निकाली सकेको छ ।...

उदयपुर क्षेत्र नं. १ (क) मा राजन किराती “वासु” निर्वाचित

Uncategorized
पूर्णपुष्टि, मंसिर ९ गते उदयपुर क्षेत्र नं. १ क मा गठबन्धनका उम्मेदवार राजन किराती “वासु” निर्वाचित भएका छन् । उनले एमालेका कुशलबाबु बस्नेतलाई पराजित गरेका छन् । राजन किरातीले १५०९२ मत प्राप्त गर्दा एमालेका कुशलबाबु बस्नेतले १३८४९ मत प्राप्त गरेका छन् । राजन किराती विजयी भएको औपचारिक घोषणा हुन बाकीँ छ ।...

धनकुटाबाट राजेन्द्र राई विजयी, सुनिल थापा पराजित

Uncategorized
पूर्णपुष्टि, मंसिर ८ गते । धनकुटा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । राईले कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले पछाडी पार्दै विजयी भएका हुन् । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत ल्याए ।...

चितवन–२ मा ३४ हजार मतान्तरले रवि लामिछाने निर्वाचित

Uncategorized
पूर्णपुष्टि, मंसिर ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ३४ हजार १६२ मतान्तरका साथ यहाँबाट निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाइ पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।...