Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

चुनावमा मेरो २ लाख पनि खर्च भएन होला : सोविता गौतम

Uncategorized
पूर्णपुष्टि, मंसिर ७ नेपालमा कुनै पनि राजनितिक दलका उम्मेदवारहरुले चुनाव लड्दा चुनावी खचै छुट्याउने र लाखौँ कराडौँ खर्चेर मात्रै चुनाव जितेर मेयर सांसद बन्ने माहोल छ । स्थानीय चुनावमै लाखौँ लाख खर्च भयो भन्ने सुनिरहँदा प्रदेश र संघको चुनावमा अर्थात सांसद बन्न कति पैसा लाग्ला यो आफै अड्कल गरौँ । चुनावमा पेट्रोल, मासुभात रक्सी र प्रचारमा बढी खर्च हुने र पैसा बाँड्ने समेत आरोप स्थानीय जनताहरु र स्वयम पार्टीका उम्मेदवारहरुले एक अर्कालाइ लगाउँछ । हारेका उम्मेदवारहरुले मासुभात रक्सी र पैसामा बिक्यो भन्ने आरोपहरु समेत लगाउने गर्छ । यसरी दलका उम्मेदवार र पैसावाला स्वतन्त्र उम्मेदवारहरुले पनि चुनाव जितिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदमा निर्वाचित बनेकी सोविता गौतमले भने आफु सांसद बन्दै गर्दा २ लाख पनि खर्च नगरेको जनाईन् । उनि भर्खरै संघको चुनावमा सांसदमा निर्वाचित कान्छी सांसदको ...

उदयपुरको क्षेत्र नं २ मा प्रत्यक्ष तर्फको मत परिणाम सार्वजानिक, सामानुपातिक तर्फ गन्न बाँकी

Uncategorized
पूर्णपुष्टि, मंसिर ७ उदयपुरको क्षेत्र नं २ को प्रत्यक्ष तर्फका मत सबै मत परिणामहरु सार्वजानिक भैसकेको छ । यस क्षेत्रमा पहिले प्रतिनिधि सभा प्रत्यक्ष र दोस्रोमा प्रदेशसभा सदस्य प्रत्यक्षको मत गनिएको थियो । यस क्षेत्रमा भने अब समानुपातिक तर्फको मत मात्रै गन्न बाँकी रहेको छ । प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मंगलबार बेलुका नै मत परिणाम सार्वजानिक गरिएको थियो भने प्रदेशसभा प्रत्यक्ष तर्फ मंगलबार दिउँसो सम्म मत परिणाम सार्वजानिक गरिएको छ । क्षेत्र नं २ को प्रतिनिधिसभा तर्फ नेकपा एमालेका अम्वर बहादुर रायमाझी बिजयी बनेका छन् । उनले गठबन्धनका उम्मेदवार नेकपा एसका जगन्नाथ खतिवडालाई पराजित गर्दै बिजयी निकालेको हो । रायमाझीले १५५५१ मतका साथ बिजयी निकालेका थिए । यता खतिवडाले भने १२८९३ मत मात्र प्राप्त गरे । यसैगरी प्रदेश तर्फ भने दुवै गठबन्धनका उम्मेदवारहरु बिजयी बनेको छ । प्रदेश (क) तर्फ माओवादी...

झलनाथ खनालको क्षेत्रमा मतगणना स्थगित

Uncategorized
पूर्णपुष्टि, मंसिर ७ गते । इलामा क्षेत्र नम्बर १ मा मतगणना रोकिएको छ । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको यो क्षेत्रमा मतगणना रोकिएको हो । कर्मचारीले जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धन तर्फका राजनीतिक दलले मतगणना बहिस्कार गरेपछि गएराति करिब ८ बजेदेखि मतगणना रोकिएको हो । विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको बताइएको छ । यो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले खनाललाई पछि पारेका छन् । बस्नेतले १० हजार २८७ मत ल्याउँदा खनालले ८ हजार ७८० मत ल्याएका छन् ।...

उदयपुरको क्षेत्र नं. २ प्रदेश सभा सदस्य ‘क’ मा माओवादीको बुर्जा बिजयी

Uncategorized
पूर्णपुष्टि, मंसिर ७ गते । उदयपुर क्षेत्र नं २ प्रदेश सभा सदस्य ‘क’ मा माओवादीका नारायण बुर्जा मगर बिजयी बनेको छ । मगरले एमालेका देवराज राईलाई झिनो मतान्तरले पराजित गरेको हो । बुर्जाले प्रदेशसभाका लागि ८१०५ मत प्राप्त गरी बिजयी बनेको हो भने एमालेका राईले ८०७० मत ल्याएका थिए । बुर्जाले राईलाई ३५ मतको अन्तरले मात्र जितेका थिए । बुर्जा दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बनेको हो । उनि ७४ सालमा पनि बिजयी बनेका थिए । बुर्जा संयुक्त गठबन्धनबाट उम्मेदवार रहेका थिए भने राई एमालेबाट उम्मेदवार रहेका थिए ।...

उदयपुर क्षेत्र नं १ मा समानुपातिक तर्फ एमाले अगाडी

Uncategorized
पूर्णपुष्टि, मंसिर ६ उदयपुर क्षेत्र नं १ समानुपातिक तर्फको मतगणना सुरु गरिएको छ । १७२४ मतगणना गर्दा एमालेलाई ७२२, कांग्रेस ३७३, माओवादीलाई २७१ र घण्टीलाई ८० मत प्राप्त भएको छ ।

उदयपुरको क्षेत्र न. १ मा प्रतिनिधि र प्रदेश तर्फ गठबन्धनको अग्रता २ मा प्रतिनिधि तर्फ एमाले 

Uncategorized
पूर्णपुष्टि, मंसिर ४ उदयपुरमा रहेको २ ओटा क्षेत्र मध्ये १ मा गठबन्धन अगाडी छ भने २ मा एमाले अगाडी रहेको छ । १ नं क्षेत्रमा प्रतिनिधि सभा र प्रदेशसभा दुवै अगाडी रहेको छ भने २ नं क्षेत्रमा भने प्रतिनिधि सभाको मात्रै मतगणना चलिरहेको छ । यस क्षेत्रमा प्रतिनिधिसभा तर्फ एमालेका अम्बर बहादुर रायमाझीले अग्रता लिएको छ । रायमाझीको ८७१५ मत आउँदा गठबन्धनका उम्मेदवार नेकपा एसका जगन्नाथ अतिवडाको ७५२१ मत आएको छ । यता स्वतन्त्र उम्मेदवार ५५६४ मत आएको छ । यता १ नं क्षेत्रमा प्रतिनिधिसभा तर्फ ५९४३ मत गन्दा गठबन्धनका उम्मेदवार कांग्रेसका डा. नारायण खड्कालाई २५३४ मत प्राप्त भएको छ भने एमाले नेतृ मन्जु कुमारी चौधरीलाई २२९० मत प्राप्त भएको छ । खड्कालाई २४४ मतले अग्रता दिलाएको छ । सुरुवाती देखीने खड्काले अग्रता कायम राखेको छ । यसैगरी १ नं क्षेत्रको प्रदेशसभामा पनि गठबन्धन अघि रहेको छ । १ को (ख) मा गठबन्धनका ...

उदयपुर क्षेत्र नं १ (क) तर्फ ५२ मतले फेरी गठबन्धन अगाडी

Uncategorized
पूर्णपुष्टि, मंसिर ६ उदयपुरको क्षेत्र नं १ (क) मा गठबन्ध फेरी अघी लागेको छ । केहि समय अघी मात्रै एमालेले उछिनेको यस क्षेत्रमा फेरी गठबन्धन अघि लागेको हो । यहाँ गठबन्धनको राजन किराँती र एमालेका कुसलबावु वस्नेतको तिव्र प्रतिस्पर्धा चलिरहेको छ । हालको मत परिणाम अनुसार किँरातीको २२५२ मत आएको छ भने बस्नेतको २२०३ मत आएको छ । किँराती बस्नेत भन्दा ४९ मतले अघि लागेको छ । यो भन्दा पहिले एमाले अघि लागेका थिए । त्रियुगा नमुना माविमा मतगणना जारी रहेको छ ।...

उदयपुर क्षेत्र नं २ मा एमाले निरन्तर अगाडी

Uncategorized
पूर्णपुष्टि, मंसिर ६ उदयपुरको क्षेत्र नं २ मा एमालेले आफ्नो अग्रता निरन्तर कायम राखेको छ । मतगणनाको सुरुवाती चरणमै एमालेका उम्मेदवार अम्वर बहादुर रायमाझीले आफ्नो मतलाई अग्रता दिँदै आएका थिए । उनलाई गठबन्धनका उम्मेदवार नेकपा एसका जगन्नात खतिवडाले पछ्याईरहेको छ । कांग्रेस बाट बागी उठेका राम कुमार राई भने तेस्रो स्थानमा छ । रायमाझीले ८७१५ प्राप्त गर्दा खतिवडाले ७५२१ मत मात्रै प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राईले ५५६४ मत प्राप्त गरेको छ ।...

उदयपुर क्षेत्र नं १ प्रदेश (ख) मा गठबन्धन हिमाल कार्कीको अग्रता कायमै

Uncategorized
पूर्णपुष्टि, मंसिर ६ उदयपुरको क्षेत्र नं १ को पद्रदेश (ख) मा गठबन्धनका उम्मेदवार कांग्रेसका हिमाल कार्कीले निरन्तर अग्रता कायम राखेको छ । मतगणना देखीनै अग्रता ललिएका कार्कीले हालको मत परिणाम अनुसार २८२८ मत प्राप्त गर्दा एमालेका इश्वरमणी राउतले २२५७ मत मात्र प्राप्त गरेको छ । कार्की गठबन्धनबाट उम्मेदवार हुन् भने राउत एमालेका उम्मेदवार हुन् । कार्कीले राउतलाई ६०१ मतले पछि पारेको छ । त्रियुगा नमुना माविमा मतगणना निरन्तर चलिरहेको छ ।...

उदयपुर क्षेत्र नं १ को प्रदेशतर्फ (क) मा एमाले र (ख) मा कांग्रेसको अग्रता

Uncategorized
पूर्णपुष्टि, मंसिर ५ उदयपुरको क्षेत्र नं १ को (क) तर्फ एमालेका उम्मेदवार कुसलबावु वस्नेतको अग्रता रहेको छ भने (ख) तर्फ कांग्रेसका हिमाल कार्कीको अग्रता रहेको छ । हाल सम्मको मत गणनाको परिणाम अनुसार (क) तर्फ एमालेका वस्नेतले १३७ मत पाएको छ भने प्रतिद्धन्दी माओवादीका राजन किराँतीले १३१ मत प्राप्त गरेका छन् । यस्तै (ख) तर्फ कांग्रेसका हिमाल कार्कीले ४०१ मत पाउँदा प्रतिद्धन्दी एमालेका इश्वरमणी राउतले ३११ मत पाएका छन् ।...