अमर प्रहरीलाई सम्झँदै बृक्षा रोपन
पूर्णपुष्टि, १९ बैशाख ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा अमर प्रहरीको परिवारले बृक्षा रोपन गरेको छ । बुधबार श्रमिक दिवसकै दिन बृक्षा रोपन गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापा, डिएसपी राजन चापागाई लगायत अन्य प्रहरी कर्मचारीहरुको नेतृत्व पहलमा बृक्षा रोपण गरिएको हो । एसपी थापाले अमर प्रहरीहरुको नाममा बृक्षा रोपन गरेको जनाए । फल र फुल गरी दुई प्रकारको बिरुवा रोपिएको प्रहरी थापाको भनाई छ ।
रोपिएको बिरुवाले एक दिन सपलता हासिल गर्दै फलेको फल जव प्रयोग गर्न थालिन्छ त्यसले अमर प्रहरीको सम्मान र उनिहरुको सपना पुरा गर्ने उनको भनाई छ । आज अमर प्रहरी र परिवारको सम्बन्ध र सम्मानलाई सँधै जिवित राख्न पनि यो बृक्षारोपन कार्य गरिएको थापाको भनाई छ । उपस्थि अमर प्रहरी परिवारले देश र जनता प्रतिको लगावमा आफुलाई गुमाएको परिवारलाई फेरी एक पटक सम्झीने अवसर मिलेको जनाए । पछिल्लो...
