Thursday, April 30News That Matters

Author: पूर्णपुष्टि

बेल्टार निवासी माधव कुलुङको पहिलो गित सहिद समर्पण सार्वजानिक

बेल्टार निवासी माधव कुलुङको पहिलो गित सहिद समर्पण सार्वजानिक

Breaking News 1, Breaking News 3, मनोरञ्जन, समाचार
उदयपुर । २०८२ फागुन २० गते । चौदण्डीगढी नगरपालिका ४ बेल्टार निवासी उदयपुरे युवा कलकार माधव कुलुङ राईले आफ्नो पहिलो गित सहिद समर्पण सार्वजानिक गरेको छ । जेनजी आन्दोलनका सहिदहरुलाई सम्झँदै राईले सहिद समर्पण नामक गित बजारमा सार्वजानिक गरेको हो । गितमा पछिल्लो समय देशको अवस्था र नेतृत्वको मनपरिले जेनजीहरु सहिद हुनु परेको कुरा समेटेको छ । गितले अव जेनजी युवाहरु जाग्नु पर्ने कुरा बुझाउँछ । सानै देखी गित संगितमा रुची राख्ने माधवले देशको पछिल्लो परिवेश र जेनजी आन्दोलनलाई शव्द बनाएको हो । अन्य धेरै विद्यामा गितहरु बनाउन सकिने भएपनि देशको नाजुक अवस्थालाई पहिलो प्राथामिकतामा राखेर युवाहरुलाई चेतना छर्ने भन्दै सहिद समर्पण लिएर आएको कुलुङको भनाई छ । देशमा भ्रष्टचार, अन्याया, अत्याचार, बलत्कार बेरोजगार यी सबै समस्याका कारण देशको सरकार नै रहेको उनको भनाई छ । अबको नेतृत्वले यी सबै समस्याहरु समधान ...
उदयपुरमा शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय

उदयपुरमा शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय

Breaking News 2, समाचार
उदयपुर । २०८२ फागुन १९ उदयपुरको चौदण्डीगढी नगरपालिका - २ लाटीखोलाको पुल नजिकै मदन भण्डारी लोकमार्गमा राजमार्ग नै बन्द हुनेगरी आज साँझ राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । पशुपति प्रसाद गण पिपलटार ब्यारेक उदयपुरबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय गरेको हो । शङ्कास्पद वस्तु फेला परेको खबर लगत्तै नेपाल प्रहरी सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ भएका थिए। लगत्तै निर्वाचन सुरक्षामा खटिएका नेपाली सेनासहितको संयुक्त टोली सुरक्षामा खटिएका थिए। प्रारम्भिक जाँचका क्रममा उक्त वस्तु  विस्फोटक पदार्थ नभएको सुरक्षा स्रोतले जनाएको छ । राखिएको ठाउँबाट ५० मिटर टाढा लगेर शंकास्पद वस्तु डिस्पोज गरिएको थियो। राजमार्ग नै बन्द हुने गरी शंकास्पद वस्तु कसले र कुन मनसायले राख्यो भने कुरा खुल्न सकेको छैन ।  यसबारे अनुसन्धान भइरहेको सुरक्षा स्रोतले जनाएको छ।...
गाइघाट-दिक्तेल सडककाे हुरहुरेमा बोलेरो दुर्घटना, चालक गम्भिर घाइते, एक यात्रु बेपत्ता

गाइघाट-दिक्तेल सडककाे हुरहुरेमा बोलेरो दुर्घटना, चालक गम्भिर घाइते, एक यात्रु बेपत्ता

Breaking News 2, समाचार
१८ फागुन, २०८२ । उदयपुर उदयपुरको रौतामाई गाउँपालिका – ५ हुरहुरेमा आज बोलेरो दुर्घटना पर्दा चालक गम्भिर घाइते भएका छन् भने एकजना यात्रु बेपत्ता भएका छन् । गाईघाटबाट खोटाङतर्फ जाँदै गरेको ना १ ज ४०४५ बोलेरो दिउसो ०३ ः ३० बजेतिर दुर्घटना हुँदा चालक खोटाङको खोटेहाङ गाउँपालिका ७ का अन्दाजी २५ वर्षिय रेवन गेलाल गम्भिर घाइते भएको र एकजना बेपत्ता रहेको एक यात्रु प्रेमकुमार बस्नेतले बताए । बस्नेतका अनुसार उदयपुरको बेल्टारदेखि गाईघाट हुँदै खोटाङ जाने क्रममा बोलेरोको ब्रेक फेल भई उक्त ठाउँमा दुर्घटना भएको हो । १० जना यात्रु रहेकामा ब्रेक फेल भएको थाहा पाएपछि अन्य यात्रु बोलेरोबाट झरेर पैदल हिडेको र एकजना भने गाडीभित्रै रहेको अवस्थामा दुर्घटना भएको उनले बताए । बोलेरो सडकबाट करिब पाँचसय मिटर तल खसेको बताइएको छ । बेपत्ता यात्रुको खोजी कार्य भइरहेको र थप उद्धारका लागि सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइएक...
चुनावी नारा लेखिएका होलीको भेष्टहरु उदयपुरका बजारहरूबाट जफत

चुनावी नारा लेखिएका होलीको भेष्टहरु उदयपुरका बजारहरूबाट जफत

Breaking News 2, राजनीति, समाचार
१६ फागुन, २०८२ । उदयपुर उदयपुरमा स्थानीय प्रशासनले चुनावको संवेदनशीलतामा आँँच आउने गरी भड्किलो होली नखेल्न सूचित मात्र गरेन चुनाव प्रभावित कुराहरू रोक्ने कदम पनि चालेको छ । यसका लागि उदयपुरको  कटारी, गाईघाट बेल्टार लगायतका बजारहरुमा  चुनावी नारा लेखिएका र उम्मेदवारका तस्बिर छापिएका भेस्टहरू बजारबाट खोजीखोजी जफत गरिएका छन् । प्रहरीले कटारी बजारमा बिक्रीका लागि बजारमा राखिएका त्यस्ता भेस्टहरू बरामत गरेको हो । सदरमुकाम गाईघाट बजारबाट र चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारबाट यस्त भेस्ट जफत गरेको हो। अहिले यस्तो भेस्टहरू बिक्री वितरण गर्नु र होली पर्वमा प्रयोग गर्नु निर्वाचन आचार संहिता उल्लङ्घन हुने भएकाले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। व्यापारीहरूलाई त्यस्ता भेस्ट नबेच्न पहिलोपटक चेतावनी दिँदै दोहोर्याएमा कारबाही गर्ने जनाएको छ । होली खेल्नेले पनि त्यस्ता भ्रष्ट व...
सहयोगले जगायो आशा, जीवन फेरि मुस्कुराउन सक्छ : नवल खड्का

सहयोगले जगायो आशा, जीवन फेरि मुस्कुराउन सक्छ : नवल खड्का

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/काठमाडौं, फागुन १५ । खोटाङ सेवा समाज काठमाडौंले आज एक कार्यक्रम गरी मुखको क्यान्सरबाट पीडित खोटाङकाे बराहपोखरी जन्मि हाल सुनसरीको राजाबासमा बसोबास गर्दै आएका ३४ वर्षिय दिपक खत्री (बन्जरा)लाई उपचार सहयोगस्वरूप संकलित रकम हस्तान्तरण गरेको छ । सहयोग अभियानबाट हालसम्म  स‌कलित ७ लाख २६ हजार ८३२ रकम समाजको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । समाजका सदस्य, आर्थिक सहयोग समितिका नेपाल संयोजक लोकबहादुर खत्री र माधव खत्री तथा विदेशबाट खडिन्द्र खत्री र राजकुमार खत्रीको संयुक्त पहलमा सञ्चालन गरिएको उक्त रकम बिरामीकै उपस्थितिमा हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा मध्यपुर ठिमी नगरपालिका - १० का वडा अध्यक्ष बाबुकाजी डंगोल, बन्जारा तथा बन्जाडे समाज नेपालका केन्द्रीय अध्यक्ष गीता तिमल्सिना, समाजसेवी अष्टे कबे, केदार आले मगर, गोविन्द बल्लभ भट्ट लगायतको उपस्थिति रह...

उदयपुर -२ मा मतदान केन्द्रहरुमा कर्मचारीहरु ताेकिए, काे कहाँ परे ?

Breaking News 2, राजनीति, समाचार
२ न‌‍ निर्वाचन अधिकृतकाे कार्यालय उदयपुरले उदयपुर निर्वाचन क्षेत्र २ का लागि कर्मचारी मतदान केन्द्रहरुका लागि ताेकेकाे छ । एक निर्वाचन केन्द्रका लागि मतदान अधिकृतसहित ६ जनाका दरले कर्मचारीहरु ताेकेकाे हाे । उदयपुर २ काे ११५ मतकेन्द्रहरुमा ८ जना थप (जगेडा) सहित ६९८ जनालाइ जिम्मेवारी ताेकेकाे हाे । ताेकिएका कर्मचारीहरुकाे नाम सार्वजनिक गरिएकाे छ ।...

उदयपुर -१ मा मतदान केन्द्रहरुमा कर्मचारीहरु ताेकिए, काे कहाँ परे ?

राजनीति, समाचार
मुख्य निर्वाचन अधिकृतकाे कार्यालय उदयपुरले उदयपुर निर्वाचन क्षेत्र १ का लागि कर्मचारी मतदान केन्द्रहरुका लागि ताेकेकाे छ । एक निर्वाचन केन्द्रका लागि मतदान अधिकृतसहित ६ जनाका दरले कर्मचारीहरु ताेकेकाे हाे । उदयपुर १ मा ९६३ जनालाइ जिम्मेवारी ताेकेकाे हाे । ताेकिएका कर्मचारीहरुकाे नाम सार्वजनिक गरिएकाे छ ।  ...
सरकारको जिरो लगानीमा युवाहरूले बाघचौरीमा गरे बाघको प्रतिमा निर्माण

सरकारको जिरो लगानीमा युवाहरूले बाघचौरीमा गरे बाघको प्रतिमा निर्माण

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि/उदयपुर ११ फागुन, २०८२ जेनजी आन्दोलनपछि जागरुक बनेका उदयपुरको त्रियुगा नगरपालिका -८ खाटमन्दिर बाघचौरीका युवाहरूले उदाहरणीय काम प्रस्तुत गरेका छन् । खाटमन्दिर चौक सचेत युवा समूहले आफ्नो ठाउँको नाम र शान उच्च बनाउन बाघको प्रतिमा निर्माण गरी आज उद्घाटन गरे । बाघ जङ्गलको गहना, संरक्षित जनावर हो । यो संगै बाघकै नामबाट आफ्नो ठाउँको नामाकरण बागचौरी रहेकाले<span;> युवाहरूले आफ्नै पहल प्रयासबाट बाघको प्रतिमा  निर्माण गरेर उदाहरणीय काम प्रस्तुत गरेका हुन् । बाघचौरीमा बाघ निर्माण गर्ने काम र सोचलाई युवाहरूले पूरा गरेका हुन् । बाघको प्रतिमा निर्माणले गाउँको नाम र गाउँको शोभा थप झल्किएको जेनजी युवा अगुवा निमेश राईले बताए । सरकारको एकै रुपैयाँ लगानीबिना युवाहरूको पहल तथा अगुवाइमा बाघको प्रतिमा निर्माण गरिएको हो ।  स्थानीय तथा देशविदेशमा रहेका युवा तथा सहयोगी मनहरूको आर्थिक सहयोगबाट ...
उदयपुरका १५ घाइते मध्ये ६ जना विराटनगर रेफर

उदयपुरका १५ घाइते मध्ये ६ जना विराटनगर रेफर

Breaking News 3, समाचार
११ फागुन २०८२ । उदयपुर मदन भण्डारी राजमार्गको कटारी -गाईघाट सडकखण्ड अन्तर्गत उदयपुरगढी गाउपालिका -७ अँधेरीमा आज भएको दुर्घटनाका १५ घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२७५ नम्बरको ओखलढुङ्गे डिलक्स बस दुर्घटनामा घाइतेहरूमध्ये गम्भीर अवस्थाका उदयपुरगढी गाउँपालिकाकी ७३ वर्षीय सोममाया तामाङ, कटारी नगरपालिका -२ की ६० वर्षीय सोमाया परियार, ताप्ली गाउँपालिकाकी २८ वर्षीय मोनिका मगर, त्रियुगा नगरपालिका -७ की२१ वर्षीया रेसिका बस्नेत, सोही पालिका -५ की २० वर्षीया रेश्मा बस्नेतलाई थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरू जिल्ला अस्पताल उदयपुरमा उपचारपछि घर फर्किएका छन् ।...
उदयपुरमा दुर्घटना हुँदा १५ जना घाइते, दुई गम्भीर

उदयपुरमा दुर्घटना हुँदा १५ जना घाइते, दुई गम्भीर

Breaking News 2, समाचार
११ फागुन २०८२ । उदयपुर मदनभण्डारी राजमार्गको कटारी गाईघाट सडकखण्ड अन्तर्गत उदयपुरगढी गाउपालिका -७ मा पर्ने अँधेरीमा आज यात्रुवाहक बस दुर्घटना हुँदा सहचालकसहित १५ जना घाइते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२७५ नम्बरको ओखलढुङ्गे डिलक्स बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा उदयपुरगढीकी ७३ वर्षीय सोममाया तामाङ र कटारी नगरपालिकाकी ६० वर्षीय सोममाया परियार गम्भीर घाइते छन् । उनीहरूको शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको जनाइएको छ । अन्य घाइतेहरूमा ताप्ली गाउँपालिकाकी २८ वर्षीय मोनिका मगर, सोही पालिकाकी ४० वर्षीय प्रकाश भुजेल र २८ वर्षीय सुवास नेपाली रहेका छन् । त्यस्तै कटारी नगरपालिकाकी ३५ वर्षीय अनिल चौधरी, सोही पाल...