उदयपुरकी एलजीना बनिन् कोशी सिंगिङ स्टार
पूर्णपुष्टि, ९ पुष ।
उदयपुरकी एलजीना राईले कोशी सिंगिङ स्टारको उपाधि जितेकी छिन् । एलजीनाले गायन तर्फको उपाधि चुमेकी हुन् । इटहरुमा भएको कोशी सिंगिङ एण्ड डान्स स्टारमा उनि गायन तर्फ पहिलो बन्न सफल भएकी हुन् । राईले उपाधी सहित नगद रु १ लाख र अन्य थुप्रै पुरस्कार र सुविधाहरु पाएकी छिन् । चौदण्डी नगरपालिका २ झोडापाटाकी एलजीना गायनमा सानै देखी अब्बल थिईन । एलजीना बुवा उत्तम राई र आमा अञ्जु राईको कोखबाट २०६७ भदौ ५ मा जन्मिएकी एक्लो छोरी हुन् ।
‘सनमुन मोशन पिक्चर्स ईटहरीले आयोजना गरेको प्रतियोगितामा उपाधी जितेकी राईले आयोजकको व्यवस्थापनमा निःशुल्क गीत रेकर्ड गर्न समेत अवसर प्राप्त गरेकी छन् ।
सो प्रतियोगिताबाट १ सय जना प्रतिस्पर्धीहरुलाई उछिन्दै विजेता बनेकी राई स्थानीय ज्योति माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् ।
एलजीनाले आफ्नो बुबाले गुननाउँदै गरेको सिको गर्दै गीत संगीतमा र...









