आजबाट संञ्चालनमा आयो साझा सेवा घर उदयपुर
पूर्णपुष्टि, ८ असोज ।
उदयपुरमा मंगलबारदेखी साझा सेवा घर (सास) संञ्चालनमा आएको छ । सामाजिक आर्थिक दृष्टिकोणले संकटमा परेका महिला, बालवालिका, जेष्ठ नागरिक, शारिरीक असक्त व्यक्तिहरुको उद्धार संरक्षण र आवयक हेरचाहर पालन पोषण गर्ने उदेश्यले यो संस्था संञ्चालनमा आएको हो ।
संस्थाकी अध्यक्ष गिता खड्काले साहाराविन बेसाहारालाई संस्थाले निशुल्क रुपमा मानवीय सेवा गर्ने जनाईन् । खड्काले यो कार्य निकै चुनौतीपूर्ण रहेको हुँदा संस्था एक्लै काफि नरहेको समेत जनाईन् । संस्थाको उदेश्य पुरा गर्न सबै क्षेत्रहरुले साथ सहयोग गर्नु पर्ने जनाईन् । स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षाकर्मी, संञ्चारकर्मी, स्थानीयवासी, महिला अभियान्ता, स्वास्थ्यकर्मी सबैको सहयोग आवश्यक रहने उनको भनाई छ ।
हाल दुई ओटा कोठामा १२ ओटा बेड रुमको व्यवस्था गरिएको अध्यक्ष खड्काको भनाई छ । तक्काल ३ जनालाई सेव...









