स्तन क्यान्सर पिडित विमलालाई एसियन लाईफ गाईघाटले दियो २ लाख ५० हजार उपचार खर्च
पूर्णपुष्टि, ५ असोज ।
स्तन क्यान्सर पिडित खोटाङकी बिमला थापालाई एसियन लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले उपचार खर्च बापत २ लाख ५० हजार विमा रकम प्रदान गरेको छ ।
कम्पनीले थापालाई प्राण घातक रोग उपचार सुविधा एसियन सावधिक जिवन बीमा अन्तर्गत उक्त रकम प्रदान गरेको हो । खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ घर भएकी बिमला हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेकी छिन् ।
निज बिमितलाई कम्पनीले आवश्यक कागजातको सम्पूर्ण प्रक्रिया पुराई बिना झन्जट रकम प्रदान गरेको शाखा प्रमुख मेनुका (खत्रीले जानकारी दिईन् । बिहिबार शाखा कार्यालय गाईघाटमै बिमलाको श्रीमन बिष्णु बहादुर थापालाई रकम हस्तान्तरण गरिएको बस्नेतले जनाईन् । खत्रीले बीमाबाट पाउने सुविधामा कागज प्रक्रियामा झन्झट हुने भन्ने भ्रममा नपर्न र आवश्यक प्रक्रिया पुराएमा सहजै बिमा बापतको सेवाहरु उपलब्ध हुने जनाईन् ।
बिमलाले ४ बर्ष अगाडी...








