कात्तिक ५ गते ।
मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । सुन तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।
कात्तिक ५ गते ।
सप्तरीको छिन्नमस्ताबाट प्रहरीले अवैध हतियार बरामद गरेको छ । छिन्नमस्ता गाउँपालिका – २ मोहनपुरबाट सशस्त्र प्रहरीले एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा आउट पोष्ट गोविन्दपुरबाट खटेका प्रहरी टोलीले नेपालबाट भारत तर्फ मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरु मदिरा छाडेर भागेका प्रहरीले जनाएको छ ।
तस्करहरुले छाडेर भागेका मोटरसाइकलबाट २८ पिस कस्तुरी तथा कस्तुरीको बीचमा हतियार फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको हतियार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
कात्तिक ५ गते ।
आज कोरियन वन, रिंगिट र कुवेती दिनारको भाउ बढेको छ भने ओमानी रियाल र बहराइन दिनारको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १३ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै ओमानी रियालको भाउ केही घटेको छ । ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ५७ पैसा रहेको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ भने मलेसियन रिंगिट १ कोे खरिददर २७ रुपैयाँ १५ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा तोकेको छ । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा पुगेको छ ।
कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुप...
कात्तिक ५ गते ।
पाँचथरको कुम्मायकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेण्ट लागेर पाल्पा जिल्लाको रुप्से गाउँपालिका–९ निबासी २५ वर्षीय ईश्वर सारु मगरको मृत्यु भएको हो ।
पालिकाको हाङथुवामा बिजुलीको काम गर्दै गर्दा सोमबार साँझ अचानक करेण्ट लाग्दा मगर गम्भिर घाईते भएको थियो । घाईते मगरको जिल्ला अस्पताल पाँचथरमा उपचारको लागि लादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
कात्तिक ५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्नुभएको छ । प्रधानमनित्र ओलीले सोमबार सुरुङमार्गको शिलान्यास गर्नु भएपछि औपचारिक रूपमा सुरुङमार्गको निर्माण सुरु भएको हो ।
सुरुङमार्गको शिलान्याससँगै नेपाल विकासले नयाँ युगमा प्रवेश गरेको र एक कदम अगाडी विकास बढेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
कुल लम्बाइ २.७ किलोमिटर रहेको सुरुङमार्गको निर्माण सम्झौता जापानको हाज्मा एन्डो कर्पोरेसनसँग असोज ६ गते सम्पन्न भइसकेको छ । दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको सुरुङमार्गको निर्माणका लागि करसहित करिब १५ अर्ब २५ करोड लागत लाग्ने भएको छ । सुरुङमार्गको निर्माण सम्झौता करबाहेक साढे १३ अर्ब रुपियाँमा भएको हो ।
प्रधानमन्त्रि ओलीले सुरुङमार्गको प्रयोग नेपालमा पहिलो पटक भएकाले यस प्रकारको विकासबाट मुलुकले नयाँ फड्को मार्ने विश्वास व्य...
उदयपुर, कात्तिक ५ गते ।
सुनसरीको दुहवीमा उदयपुरबाट विरामी लिएर विराटनगर जादै गरेको एम्बुलेन्स दुर्घटना हुदा चालकसहित पाँच जना गम्भिर घाईते भएका छन् । उदयपुरगढी गाउपालिका–४ बाट विरामी लिएर जादै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिदा दुर्घटना भएको हो ।
विपरित दिशाबाट आएको ट्रकले स १ झ ५२८ नम्बरको एम्बुलेन्सलाई विहान करिब ५ बजे ठक्कर दिदा चालक, विरामी र विरामीसँगै गएका पाँचै जनाको अवस्था गम्भिर रहेको छ । उदयपुरगढी गाउँपालिका–५ नम्बर वडाको एम्बुलेन्स रहेको पालिकाले जनाएको छ ।...
कात्तिक ५ गते ।
इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडले आर्सनललाईपछि पार्दै जित हात पारेको छ । गतराती भएको खेलमा आर्सनललाई सेफिल्डले ०–१ गोललेपछि पार्दै जित हात पारेको हो ।
घरेलु मैदानमा भएको खेलमा सेफिल्डको मोउसेटले ३० औँ मिनटमा एक गोल गर्दै जित हात पारेको थियो । त्यस्तै आर्सनलले तीन वटा उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन ।
प्रिमियर लिगमा बढुवा भएपछि सर्वा्धिक ठूलो जित निकालेको सेफिल्डले रेलिगेसन जोनबाट चार अंकको दूरी बनाएको छ । यस हारले आर्सनललाई शीर्ष चार स्थानमा पुग्ने सुनौलो अवसर गुमेको हो ।...
कात्तिक ५ गते ।
सरकारसँग बार्ता गर्नका लागि नेत्रविक्रम चन्द नेतृत्वको समूहले दुई वटा सर्त राखेका छन् । चन्द समुहले आफूमाथिको प्रतिवन्ध हटाउनुपर्ने र पक्राउ परेका नेता–कार्यकतालाई निःसर्त रिहा गर्नुपर्ने सर्त राखेका हुन् ।
चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो । ‘सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’को हतियार प्रयोग गरेको चन्द समुहले आरोप लगाएको छ । उक्त बार्ताको सन्दर्भमामा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमान्दारीका साथ प्रतिवन्ध हटाएर गिरफ्तार कमरेडहरुलाई छोडेर निःसर्त आएमा सकारात्मक रुपले सोच्ने निर्णय लिएको छ ।’ चन्द समूहले उल्लेख गरेको छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
उदयपुर, कात्तिक ४ गते ।
प्रथम वडा कप सेभेन ए साईड फुटबल प्रतियोगीताको उपाधी वडा न. ११ ले चुमेको छ । त्रियुगा नगरपालिका–१० बोक्सेमा संचालन भएको प्रतियोगीतामा आयोजक टिमलाई ३–० गोललेपछि पार्दै उपाधि चुमेको हो । “युवा दुर्वेसन विरुद्ध खेलकुद, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ वडा खेलकुद विकास समिति त्रिनपा–१० बोक्सेको आयोजनामा प्रतियोगिता संचालन भएको थियो ।
खेल सुरु भएको १० औँ मिनटमा वडा न. ११ का सरोज राउतले एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थियो । त्यस्तै २५ आँै मिनटमा सनिल खड्काले अर्का गोल थापेको थियो भने दोस्रो हाफको १० औँ मिनटमा खड्काले पुन अर्को गोल थप्दै आफ्नो टिमलाई उपाधि चुमाएको आयोजक वडा खेलकुद विकास समिति त्रिनपा–१० बोक्सेका सल्लाहकार ज्ञानबहादुर मगरले बताए ।
आयोजक टिम निकै आक्रमक रुपमा खेल मैदानमा उत्रे पनि गोल फर्काउन नसक्दा शुन्यमा चि...
उदयपुर, कात्तिक ४ गते ।
त्रियुगाको राजाबासबाट ताख खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–९ राजाबासमा विशाल कार्कीको घरमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
कार्कीको घरमा तास खेलिरहेको सुचना पाएपछि अस्थाई प्रहरी पोष्ट चुहाडेबाट खटेका प्रहरीले आईतबार साँझ करिब ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्रिनपा–८ निबासी ६० वर्षीय कष्णबादुर बस्नेत, ३४ वर्षीय जयराम चौधरी, ४५ वर्षीय हिमाल कार्की, ३७ वर्षीय दिपक खत्री, त्रिनपा–९ निबासी ५७ वर्षीय खुसबहादुर दनुवार र ५० वर्षीय विर्खबहादुर कार्की पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...