Tuesday, June 2News That Matters

Author: पूर्णपुष्टि खबर

डुबेर १ जनाको मृत्यु

डुबेर १ जनाको मृत्यु

समाचार
झापा/भदौ ६ गते । झापाको दमकमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका – ३ निबासी मदन श्रेष्ठ वडा कार्यालयले खनेको पोखरीमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । दिउँसो साँढे ४ बजे वडा कार्यालयले खनेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा २० वर्षीय श्रेष्ठ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
खोलाले बगाएर १ जना बपत्ता

खोलाले बगाएर १ जना बपत्ता

समाचार
झापा/भदौ ६ गते । झापाको माई खोलाले बगाएर एक जना बेपत्ता भएको छ । शिवसताक्षी नगरपालिका – १० निबासी सुकुम्बासी बस्तिामा बस्दै आएका साहेव सरदारलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उक्त बस्तिको ताला हस्ताको घरमा बस्दै आएका ४३ वर्षीय सरदारलाई विहिबार दिउँसो २ बजे खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता भएका सरदारको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटेका प्रहरी टोली र स्थानियबासीको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।...
चट्याङ लागेर १ जनाको मृत्यु , १ जना घाईते

चट्याङ लागेर १ जनाको मृत्यु , १ जना घाईते

समाचार
ताप्लेजुङ/भदौ ६ गते । ताप्लेजुङको फुङलिङमा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छ । फुङलिङ नगरपालिका – ८ निबासी ५६ वर्षीय मानबहादुर विकको चट्याङ लागेर मृत्यु भएको हो । विहिबार साँझ ७ बजे घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङ लागेर विकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै फुनपा–१० निबासी ५० वर्षीय श्रीमाया तामाङलाई चट्याङ लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साँढे ७ बजे घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङले तामाङ घाईते भएको थियो । घाईते तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
सवारी दुर्घटनामा १ जनाको मृत्यु, ६ जना घाईते

सवारी दुर्घटनामा १ जनाको मृत्यु, ६ जना घाईते

समाचार
मोरङ/भदौ ६ गते । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मोरङको सुन्दर हरैचामा ट्रक र एम्बुलेन्स ठोकिदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । सुन्दर हरैचा नगरपालिका – ७ मा गत राती पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको एम्बुलेन्स र विपरित दिसाबाट आउदै गरेको ट्रक ठोकिदा एक जनाको मृत्यु र ६ जना घाईते भएका हुन् । राती १ बजे मे १ च २००३ नम्बरको एम्बुलेन्स र विपरित दिसाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एक आपसमा ठोकिदा एम्बुलेन्स चालक ईलाम नगरपालिका – २ निबासी २१ वर्षीय रमेश निरौलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सवार ५ जना र ट्रकका सह चालक घाईते भएका छन् । घाईतेहरुको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेकाले खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । दुर्घना भएका दुवै सवारी साधन ईलाका प्रहरी...
सुपरहिरो फिल्ममा प्रियंका

सुपरहिरो फिल्ममा प्रियंका

मनोरञ्जन, समाचार
भदौ ६ गते । पछिल्लो समयमा आएर एउटा ट्वीटले गर्दा पाकिस्तानी नेताहरुको तारो अभिनेत्री प्रियंका चोपडाले एउटा ठुलो हलिउड प्रोजेक्ट पाएकी छिन् । रोबर्ट रोड्रिगेजले निर्देशन गर्ने ‘वी क्यान बी हीरोज’ मा प्रियंकाले मुख्य भूमिका निर्वाह गर्ने भएकी हुने । जुन डिजिटल प्लटेर्फम नेटफ्लिक्सका लागि निर्माण गरिदैछ । ‘वी क्यान बी हीरोज’ एउटा बालबालिकाहरुको सुपरहिरो फिल्म हो । ड्वेन जोनसनसंग ‘बेवाच’ मार्फत हलिउडमा डेब्यू गरेकी प्रियंकाले ‘अ किड लाइक ज्याक’ तथा ‘इज इन्ट इट रोमान्टिक’ मा अभिनय गरिसकेकी छिन् । प्रियंकाको पछिल्लो फिल्म ‘जय गंगाजल’ हो, त्यसमा प्रियंकाले प्रहरी अधिकृतको महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । प्रियंकालाई युद्धको समर्थन गरेको आरोप लगाउँदै पाकिस्तानी मन्त्री शिरीन माजरीले संयुक्त राष्ट्र संघको शान्तिका लागि सद्भाव दूतको पदबाट हटाउने माग गरिरहेको छ ।...
राज्यबाटै उपेक्षित स्वास्थ्य क्षेत्र

राज्यबाटै उपेक्षित स्वास्थ्य क्षेत्र

लिम्चुङबुङ डायरी, समाचार
भदौ ६ गते । राष्ट्र विकसित हुन त्यस देशका जनताहरु स्वस्थ्य हुन जरुरी पर्दछ । स्वास्थ्य नै जीवनको धन हो । जुन महत्वपूर्ण कुरा स्वास्थ्य नै राज्यबाटै उपेक्षित हुँदै आएको छ । यस कुरामा सर्वसाधारण जनताको मात्रै नभई सरकारकै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि स्वीकारेका छन् । मुलुकमा अझै १९ हजार डाक्टर र ६७ हजार र्नस अभाव छ । यस्तो अवस्थामा कसरी जनतालाई सुलभ स्वास्थ्य सेवा दिन सकिन्छ भन्दै स्वास्थ्यमन्त्री यादवले प्रश्न गरेका थिए । ‘विगतका दिनमा सरकारले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्नाले आज सवैले पीडा भोग्नु परेको छ । त्यसैले अहिले एकैपटक सुधार गर्न कठिन भएको स्वास्थ्यमन्त्री यादवले बताए । स्वास्थ्य क्षेत्रको आमूल सुधार गर्न लागि परेपनि पुरातन सोच भएकालाई बदल्न कठिन भएको स्वास्थ्यमन्त्रि यादवले बताए । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।...

बालाजु औद्योगमा आगलागी

समाचार
भदौ ५ गते । काठमाण्डौ उपत्यकाको बालाजु औद्योगीक क्षेत्रमा आगलागी भएको छ । औद्योगिक भित्र रहेको फोर्स मोटर ग्यारेजमा बिहान साढे ११ बजे आगलागी भएको हो । चार वटा नयाँ गाडी र एउटा मोटरसाईकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट मर्मतको लागी राखिएको सशस्त्र प्रहरी बलको एम्बुलेन्स पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको प्राइम इन्टरटेक नेपालले जनाएको छ । काठमाडौं महानगरपालिका र नेपाली सेनाका दमकलको सहायताले आगो नियन्त्रणमा लिएको थियो ।...
गैरकानुनी रुपमा बाँध विस्तार

गैरकानुनी रुपमा बाँध विस्तार

समाचार, संसार
भदौ ५ गते । नेपाल–भारत सिमाना रौतहटको इशनाथमा भारतले गैरकानुनी रुपमा बाँध विस्तार गरेको छ । ईशनाथ नगरपालिकाको औरैयामा बाँध विस्तार गरेको हो । गैरकानुनी रुपमा भारतले निर्माण गरेको बाधले बाढीको पिडा भुल्न नपाउँदै भारतीय पक्षले मर्मतको बाहनामा बाँध विस्तार गरेपछि स्थानीय त्रसित बनेका छन् । वर्षापछि आएको बाढीले बाँध कमजोर बनाएको भन्दै मर्मत गर्ने बाहनामा भारतले बाँध विस्तार गरेको हो । औरैयामा रहेको जङ्गे पिलर ३४७ देखि बलुवा हुँदै बन्जरहासम्म गैर कानूनी रुपमा भारतीय पक्षले बाँध विस्तार गरेको स्थानियले बताएका छन् । १९ सय मिटर लम्बाई भएको सिमा क्षेत्रमा निर्माण गरिएको बाधमा भारतले सिमेन्टका बोरामा माटो, ढुङ्गा भरेर दुवै तर्फ जगको चौडाइ बढाउने काम गरेको स्थानियबासीले बताएका छन् । बाँधमा पानीको निबास समेत नरहेको स्थानीयले बताएका छन् । सीमाक्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा...
लामो समयपछि फास्ट ट्रयाकको डिपीआर स्विकृत

लामो समयपछि फास्ट ट्रयाकको डिपीआर स्विकृत

समाचार
भदौ ५ गते । काठमाण्डौ–निजगढ द्रुत मार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत भएको छ । नेपाली सेनाको ताकेतापछि स्वीकृत भएको डिपीआरपछि यसमा बन्ने पुल र सुरुङ निर्माणको प्रक्रिया अघि बढाउन सहज हुने भएको हो । बहुचर्चित फास्ट ट्रयाकको लम्बाई ७२ किलो मिटर रहेको छ । अव टेन्डरको लागि केहि दिनमा कागजपत्र तयार हुने जनाईएको छ । पुल र सुरुङ बाहेका निर्माण कार्यले पनि गति लिने सेनाले जनाएको छ । फास ट्रयाक २०७९ सालको साउनमा तयार हुने सेनाको प्रस्तावित डीपीआरमा कर सहित १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने उल्लेख छ । आयोजनको सम्पन्न गर्ने समयसीमा अलिकति महत्त्वाकाङ्क्षी रहेको सेनाले जनाएको छ । केहि छापामा डिपीआरमा पुल र सुरुङ बारे उल्ले नभएको कुरा आएपनि पहिला नै उल्लेख गरको सेनाले जनाएको छ । द्रुतमार्गमा पर्ने ८७ मध्ये १६ वटा पुल जटिल प्रकृतिका हुने जनाईएको छ । फस ट्रयाकको डीपीआरमा ८७ वटा पुल...
बारपाकमा पहिरोले एक घर बगायो

बारपाकमा पहिरोले एक घर बगायो

समाचार
भदौ ५ गते । अत्याधिक परेको वर्षाले आएको पहिरोले बारपाकमा एक घर बगाएको छ भने ११ घर जोखिममा परेको छ । सुलिकोट गाउँपालिका –२ रुतुकमा वर्षपछि आएको पहिरोले बुधबार राती एक घर बगाएको हो । स्थानिय देव गुरुङको पसल घर बगाउदा करिब १४ लाख बराबरको क्षती भएको अनुमान गरेको छ । सडकको नाला बनाई नसक्दा नाला थुनिएर भल गाउँ पसेकाले पहिरो गएको स्थानियबासीहरुले बताएका छन् । गाउँमा भल पसेर पहिरो जान थालेपछि राती नै स्थानीयले गाउँ छाडेका थिए ।...