Tuesday, June 2News That Matters

Author: पूर्णपुष्टि खबर

लागु औषध सहित १ जना पक्राउ

लागु औषध सहित १ जना पक्राउ

समाचार
झापा/भाद्र ५ गते । झापाको बिर्तामोडबाट एक जना लागु औषध सहित पक्राउ परेको छ । विर्तामोड नगरपालिका–५ बाट खैरो हिरोईन सहित रामकृष्ण कडरीया पक्राउ परेको हो । विशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटेका संयुक्त प्रहरी टोलीले विर्तामोड नगरपालिका – ५ निबासी ३६ वर्षीय कडरियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विहान साढे ९ बजे ५२ ग्राम खैरो हिरोईन र कडरीयाले प्रयोग गरेका बा १६ च १६९३ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पाक्राउ परेका कडरियालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

समाचार
झापा/भदौ ५ गते । झापाको शिवसताक्षीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका – ८ दाहाल चोक निबासी ६१ वर्षीय हर्कबहादुर दर्जीको मृत्यु भएको हो । घरमा विद्युतको तार जोड्ने क्रममा एक्कासी करेन्ट लागेर घाईते भएका दर्जीको विर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
यू–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

यू–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

खेलकुद, समाचार
भदौ ५ गते । रोहितकुमार पौडेलको कप्तानीमा यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । एसिया कपको छनोटमा बैकल्पिक खेलाडीमा परेका सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन भएका छन् । त्यस्तै ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान र कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा समावेश भएका छन् । पहिला नै परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीबाट बाहिरिएका छन् । नेपाली किशोर टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ । भदै १९ बाट सुरु हुने एसिया कपको समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् भने आयोजक श्रीलीका, नेपाल, बंगलादेश र यूएई समूह बीमा छ । नेपालले पहिलो खेल भदौ २० मा घरेलु टोलीसँग खेल्ने छ भने दोस्रो खेल भदौ २२ मा बंगलादेश र २४ गते  यूएईसँग खेल्ने तयारी भएको छ ।...
लिटिल आईकनको ग्राण्ड फिनाले भदौ ७ गते हुने

लिटिल आईकनको ग्राण्ड फिनाले भदौ ७ गते हुने

मनोरञ्जन, समाचार
उदयपुर, भदौ ५ गते । किशोरी तथा बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटनको मुख्य उद्देश्यसहित उदयपुरमा जारी मिस्टर एण्ड मिस लिटिल आईकनको दोस्रो संस्करणअन्तर्गत ग्राण्ड फिनाले भदौ पहिलो साता हुने भएको छ । बिभिन्न ४० प्रतियोगी समभागी प्रतिस्पर्धाको अन्तिम प्रस्तुती यही भदौ ७ गते गाईघाटको शुभलक्ष्मी हलमा आयोजना हुने भएको हो । विङ्स इन्टरटेनमेन्टको प्रस्तुतीमा ताल डान्स हाउसले आयोजना गरेको आईकन २०१९ लाई यामाहा कम्पनीले शीर्ष प्रायोजन गरेको छ । ‘सानैछु बढ्नदेऊ, बालबिवाह हैन पढ्न देऊ’ भन्ने नारासहित प्रतियोगितामार्फत बाल तथा किशोरी प्रतिभा उजागर हुने आयोजकको भनाई छ ।  त्यस्तै वल्र्ड्भिजनले पनि सहयोग गरेको छ । त्यसैगरी कार्यक्रमलाई सुमित्रा अटोवक्र्स, न्यू क्रियटिभ इन्जीनियरीङ कन्सल्टेन्सी, त्रियुगा उद्योग वाणिज्य संघ, इम्प्रेशन होटल, जेसिज उदयपुरलगायतले पनि सहयोग गरेको छ । त्यस्तै इम्पेरर, मादेव...
बाढी पहिरोले ४ सय घर विस्थापित, करोडौँ धनजनको क्षती

बाढी पहिरोले ४ सय घर विस्थापित, करोडौँ धनजनको क्षती

समाचार
उदयपुर, भदौ ५ गते । विरल वर्षापछि आएको बाढी पहिरोले उदयपुरमा करिब ४ सय विस्थापित भएका छन् भने लाखौँ धनजनको क्षती भएको छ । गत असार २४ गतेदेखि परेको अविरल वर्षाले आएको बाढी पहिरोले ४ सय ११ घर विस्थापित भएका हुन् । बाढी पहिरोमा परि ४ जनाको ज्यान भएको छ भने १३ जना घाईते भएका छन् । गत असार २८ गते बेलकामा त्रियुगा नदिले बगाएर एक जनाको मृत्यु भएको थियो । त्यसैगरी २८ गते दिउँसो चौदण्डिगढी नगरपालिका – ४ निबासी ३५ वर्षीय मनकुमार तामाङलाई स्थानिय खोलाले बगाएर मृत्यु भएको थियो भने ३० गते राती रौतामाई गाउँपालिकाको डिल्लिबरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोले पुरीएर ५५ वर्षीया रनमाया रिठ्ठा मगरको मृत्यु भएको थियो  । त्यसै राती मुर्कुचीको छाउरे खोलामा अचानक आएको बाढीले घरमा सुतिरेको अवस्थामा बगाई १४ वर्षीय आर्यन तामाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय उदयपुरको तथ्याङकले देखाएको छ । ...
अनिवार्य रुपमा चलचित्र भन्दा अगाडी राष्ट्रिय गान

अनिवार्य रुपमा चलचित्र भन्दा अगाडी राष्ट्रिय गान

लिम्चुङबुङ डायरी, समाचार
भदौ ५ गते । देशै भरका फिल्म हलले असोज ३ गतेदेखि चलचित्र सुरु हुन अगाडी अनिवार्यय रुपमा राष्ट्रिय गान बजाउनु पर्ने भएको छ । यसपालिको संविधान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका अधिकांश मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको प्रस्ताव सम्पूर्ण फिल्महललाई उक्त निर्देशन दिनएको हो । फिल्म हलको राष्ट्रिय गान सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने जानकारी समेत गृहले गराएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  ...
सरकारी विज्ञापनमा अङ्कुश लगाउने व्यावस्था

सरकारी विज्ञापनमा अङ्कुश लगाउने व्यावस्था

लिम्चुङबुङ डायरी, समाचार
भदौ ५ गते । सरकारले निजी मिडियालाई दिने सरकारी विज्ञापन नियन्त्रण गर्न सक्ने व्यावस्था गरेको छ । प्रनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन बोर्डलाई असीमित अधिकार दिएर विज्ञापन नियन्त्रण गर्न सक्ने व्यवस्था गरेको हो । बुधबार समितिले पारित गरेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अनुसार विज्ञापन बोर्डमा सरकाले नियुक्त गरेका प्रतिनिधि रहने व्यावस्था गरिएको छ । त्यसले सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई अंकुश लगाउन सक्ने देखिएको छ । विधेयकको दफा ३६ मा रहेको व्यवस्थाले ऐन कार्यान्वयनका लागि बोर्डले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले भने बोर्डले नयाँ मापदण्ड ल्याएर सरकारी मिडियालाई मात्रै विज्ञापन दिने निर्णय गर्न सक्ने पनि सक्छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।  ...
आजको राशिफल

आजको राशिफल

Breaking News 1
वि.सं. २०७६ भदौ ५ गते बिहीबार, इ.स. २०१९ अगस्ट २२ तारिख, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्षको सप्तमी तिथि मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा बाधा होला । पहिलेको सफलतामा हौसला प्रदान होला । बिछोडिएका परिवारजनसँग भेटघाट होला । गोपनीयतामा ध्यान दिनु होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) छरछिमेकमा असमझदारी बढ्ने योग रहेकाले होसियार गरेर काम गर्नु होला । फाईदाको लागी केहि कुरा त्याग्नु पर्ने र खर्च बढ्नेछ । फाइदाका पछि लाग्दा समस्या आउला । लामो यात्रा गर्ने योग रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धन प्राप्ती होला । कामको उल्लेख्य फाइदा हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने याग रहेको छ । व्यापार व्यावसायमा फाईदा हुने छ । मिहिनेतले नाम, दाम र इनाम कमाउन सकिने छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राम्रो कर्मफल प्राप्त हुनाले मन ...
हिमालयन २ रुटको लागि म्यानमार सहमत

हिमालयन २ रुटको लागि म्यानमार सहमत

समाचार
भदौ ४ गते ।  नेपाल र म्यानमार हिमालयन –२ रुट कार्यान्वयनका लागि सहमत भएका छन् । दुवै देशका नागरिक उड्डयन प्राधिकरण प्रमुखहरुबीच बुधबार भएको छलफलले सहमति भएको हो । नेपालमा जारी एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकहरुको सम्मेलनका लागि म्यानमारको टोली काठमाडौं आएबो अवसर पारी म्यानमार र नेपाली टोलीबीच द्विपक्षीय छलफल गरेको थियो । महाकाली–काठमाडौं–बागडोग्रा, गुहाटी, सिलचर, इम्फाल, मुनमिङ हुँदै हङकङसम्मको हिमालयन–२ रुटका लागी नेपालले अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मै प्रस्ताव गरिसकेको छ । चिन, भारत र म्यानमार रहेकोमा भारतले रुट कार्यान्वयन गर्न सहमति दिइसकेको छ । चीन यसमा सकारात्मक रहेपनि म्यानमारले सञ्चार प्रणालीको तयारी नभएको भन्दै यस रुटमा अनुमति दिन आनाकानी रेको थियो ।...
पहिलो महिनामै साढे ५७ लाख बजेट रकमान्तर

पहिलो महिनामै साढे ५७ लाख बजेट रकमान्तर

आर्थिक, समाचार
भदौ ४ गते ।  चालु आर्थीक वर्षको पहिलो महिनामै सरकारले बजेट रकमान्तर गर्न सुरु गरेको छ । दुर्ई वटा कार्यक्रमका लागि गत साउनमा ५७ लाख ६५ हजार १ सय ८७ रुपैयाँ बजेट रकमान्तर गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा  १० लाख रुपैयाँ रकमान्तर गरिएको छ । कार्यालयको भैपरी आउने खर्चबाट साधारण प्रशासनमा रकमान्तर गरी १० लाख रुपैयाँ खर्च गरिएको अर्थ मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साउन महिनामा ४७ लाख ६५ हजार रुपैयाँ रकमान्तर निकासा गरेको छ । ६ असारमा सरकारले गठन गरेको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका लागि सो रकम रकमान्तर गरिएको हो । सरकारले एक महिनाको अवधिमा विभिन्न व्यक्तिलाई १६ लाख २१ हजार रुपैयाँ नगद बाँडेको छ । भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालसहित १२ जनालाई ३ लाख ६६ हजार ६ सय १२ रुपैयाँ...