Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

मोटरसाईकल दुर्घटनामा वडा सचिवको मृत्यु

मोटरसाईकल दुर्घटनामा वडा सचिवको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १६ सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा मोटरसाईकल दुर्घटना हूँदा चालकको मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा ईचोलबाट बक्लौरी तर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ बर्षीय नन्द कुमार श्रेष्ठको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १६ । ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङलाई प्रहरीले पक्राउ गरको हो । चिरपट र ढुङ्गा प्रहार गरी ४४ वर्षीया श्रीमती सुकुमाया तामाङको उनले हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
पोखरा प्रवेशद्वारको हालत ः हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

पोखरा प्रवेशद्वारको हालत ः हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १६ पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । लामो समयदेखि यस खण्डमा सडक बिग्रेभत्के पनि त्यसतर्फ सम्बन्धित निकायको चासो पुग्न नसकेको यस क्षेत्रका बासिन्दाको गुनासो छ । पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने सडक नै अस्तव्यस्त बनिरहँदा यसले समग्र पोखराको पर्यटनमा नकारात्मक असर पार्ने सरोकारवाला बताउँछन् । पोखरा छिर्ने मुख्य सडकखण्ड बिग्रँदा त्यसले यहाँ आउने जो कोहीमा नराम्रो छाप पार्ने गरेको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवम् वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउनुहुन्छ । “पृथ्वीराजमार्गको यस सडक खण्ड हुँदै लामो समय पोखरा आवतजावत गर्ने पर्यटकले वर्षौसम्म पनि यस सडक खण्डको स्तरोन्नति हुन नसकेकामा प्रश्न गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “पोखराकै प्रवेशद्वार को...
उदयपुरको रौतामाईमा ५ वर्षै कार्यकालको समिक्षा, ३ सय १४ किमी सडक बिस्तार

उदयपुरको रौतामाईमा ५ वर्षै कार्यकालको समिक्षा, ३ सय १४ किमी सडक बिस्तार

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १६ । उदयपुरको रौतामाई गाउँपालिकाले पाँच बर्षको अवधिमा सबैभन्दा बढि सडक सञ्जालमा प्रगति हासिल गरेको छ । भौगोलिक विकटताका वावजुद पालिकाले आफ्नै वजेटबाट ३ सय १४ किलोमिटर सडक विस्तार गरेको हो । यसकाअलावा केन्द्र र प्रदेशको वजेटबाट थुप्रै सडक र अन्य कामहरु भएको बताइएको छ । निर्माण भएका सडकमध्ये सबैभन्दा बढि वडानं ७ मा ५६ किलोमिटर रहेको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । यो वडामा पालिकाको वजेटबाट निर्माण भएका ५ वटा सडकमध्ये सबैभन्दा लामो मुर्कुची–पुवाँरे–डुम्रिथुम्का–रानीबास–फुलवारी १४ किमि रहेकोछ । उक्त वडामा २७ किलोमिटरका दुई वटा सडकको स्तरोन्नती गरिएको अध्यक्ष खड्काले बताए । यो वडा जनसंख्या र भुगोलका हिसावले सबैभन्दा ठुलो रहेको छ । जिल्लाकै मुख्य बजार मुर्कुची यसै वडा भित्र रहेको र सदरमुकामको नगरपालिकालेसमेत छोएको वडा भएकाले अन्य वडाको तुलनामा बढि विकास भएको पाईन्छ । ...
पाँचपोखरीमा नमूना विद्यालय निर्माण

पाँचपोखरीमा नमूना विद्यालय निर्माण

Breaking News 3, शिक्षा, समाचार
काठमाण्डौँ, चैत १६ पाँचपोखरी थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको थाङपाल भ्याली मावि भवन निमार्ण सम्पन्न भएको छ । बागमती प्रदेशभित्र बृहत् विद्यालयका रुपमा सञ्चालनमा आउने सो विद्यालय प्रदेशभित्रकै दोस्रो विद्यालय हुनेछ । पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा एउटै नमूना विद्यालय बनाइएको हो । एसियाली बैंक (एडिबी)को २४ करोड लागत अनुमान अनुसार अहिले विद्यालयको सुविधा सम्पन्न पाँच भवन ९ब्लक० निर्माण सम्पन्न भएको छ । गुणस्तरीय र प्राविधिक शिक्षालाई आत्मसात् गर्दै पालिकाले चार विद्यालयलाई गाभेर १२ कक्षासम्म सञ्चालन गर्ने गरी थाङपाल भ्याली मावि विद्यालय बनाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । प्राकृतिक रुपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर ...
नारायणी अस्पतालमा सिटी स्क्यान सेवा सुरु

नारायणी अस्पतालमा सिटी स्क्यान सेवा सुरु

Breaking News 3, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत १६ वीरगन्जको नारायणी अस्पतालमा विगत दुई वर्षदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकमबाट अस्पतालले नयाँ मेसिन नै जडान गरेपछि सेवा पुनः सञ्चालनमा आएको हो । रु चार करोड ९० लाखभन्दा बढी रकम खर्चगरी जडान गरिएको सिटी स्क्यान मेसिन सञ्चालनमा आएपछि नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीको रोग पत्ता लगाउन मद्दत पुगेको अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा वीरेन्द्रबहादुर प्रधानले जानकारी दिनुभयो । उहाँले अस्पतालको सिटी सेवा अवरुद्ध हुँदा बिरामीले महँगो दरमा बाहिरबाट सिटी स्क्यान गराउँदै आएकामा अस्पतालले आप्mनै सेवा सञ्चालन गरेपछि बिरामीको समय र पैसा दुवै जोगिएको बताउनुभयो । अस्पतालले सञ्चालन गरेको सिटी स्क्यान सेवाको दरलाई बजार भन्दा ३० प्रतिशत सस्तो राखिएको छ भने आर्थिक अवस्था कमजोर भएकालाई विषेश छुटको प्रबन्ध अस्पता...
पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड

पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत १६ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवद्र्धनबाट हुनेमा जोड दिएको छ । श्रीलङ्काको कोलम्बोमा जारी बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज श्रव्यदृश्यका माध्यमबाट काठमाडौँबाट सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई दशकको यात्रा पार गर्ने तरखरमा रहेको क्षेत्रीय सङ्गठन बिम्स्ेटकलाई गतिशील एवं यस क्षेत्रका जनताको जीवनस्तर उठाउने क्षेत्रीय आकाङ्क्षालाई साकार तुल्याउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ साझेदारी प्रवद्र्धन गर्नु अपरिहार्य भएको बताउनुभयो । साथै उहाँले सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी सङ्गठनलाई नवजीवन दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले कोभिड–१९ महामारीका कारण आर्थि...
जल पर्यटनमार्फत् आयआर्जनको प्रयास

जल पर्यटनमार्फत् आयआर्जनको प्रयास

Breaking News 2, पर्यटन, समाचार
काठमाण्डौँ, चैत १६ कालीगण्डकी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्ने विषयलाई रामपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ । नजिकको तीर्थ हेला भनेजस्तै पर्याप्त सम्भावना रहेर पनि ओझेलमा परिरहेको कालीगण्डकीको महिमा र गरिमालाई उँचो बनाउँदै योसँग जोडिएका आयआर्जनका सम्भावनालाई उजागर गर्ने गरी नगरपालिकाले प्रयास थालेको हो । नदीलाई पर्यटनसँग जोड्दै व्यावसायिक रुपमा जलयात्रा सञ्चालन गरी तल्लो तटीय क्षेत्रका स्थानीयवासीलाई आयआर्जनसँग जोड्नाका साथै नदीको महत्व जोगाउन अभिप्रेरित गर्ने उद्देश्यले ‘रिभर गाइड प्राविधिक तालिम’ सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । “नदीलाई संरक्षण गर्दै व्यावसायिक जलयात्रा सञ्चालन गर्ने उद्देश्यले युवाहरूलाई जलयात्रासम्बन्धी तालिम आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो । पारिवारिक जलयात्राका लागि उपयुक्त रहेको यस नदीमा व्यावसायिक ...
युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा १२ को मृत्यु, ३३ घाइते

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा १२ को मृत्यु, ३३ घाइते

Breaking News 3, समाचार
काठमाडौँ, चैत १६ । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् । युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार जनाएको छ । स्थानीय समय अनुसार बिहान ८।४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । आक्रमणका कारण झण्डै नौ भवनमा क्षति पुगेको पनि अधिकारीहरूले जनाएका छन् । घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले जनाएका छन् । रासस...
भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

भारतमा ढलको लाइनमा फसेर ४ जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाडौँ, चैत १६ । भारतको दिल्लीमा ढलको लाइनमा खसेर चार जनाको मृत्यु भएको दिल्ली फायर सर्भिसका वरिष्ठ अधिकारीले बुधबार पुष्टि गरेका छन् । ती श्रमिकहरू पश्चिम दिल्लीको रोहिणी क्षेत्रमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी महानगर टेलिफोन निगम लिमिटेडको टेलिफोन र ब्रोडब्यान्ड केबल बिछ्याउँदै थिए । दुर्घटना मङ्गलबार साँझ भएको थियो भने उद्धार कार्य रातभर जारी रहेको थियो । रासस...