Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १६ तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । व्यास–७ शेरास्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया बुद्धिमाया दरै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दमौलीबाट दुईपिप्लेतर्फ जाँदै गरेको ग २० प २१४३ नं को स्कुटरले बाटोमा हिँडिरहेकी दरैलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दरैको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् । यसैगरी शुक्लागण्डकी–१० मिनामखानीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ बस्ने २५ वर्षीय सुरेशबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ग २ च ८२०१ नं को बोलेरो जिप सोही ठाउँमा ...
ट्रकले ठक्कर दिँदा एक छात्राको मृत्यु

ट्रकले ठक्कर दिँदा एक छात्राको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १६ । ट्रकले ठक्कर दिँदा पोखरामा एक जना छात्राको ज्यान गएको छ, भने एक जना गम्भीर घाईते भएका छन् । ना ६ प ४७ २५ नम्बरको ट्रकले ग १६ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक १८ वर्षीया अञ्जना पाइजाको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । स्कुटरको पछाडी बसेकी छात्रा मिना गुरुङ भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । पोखरा–१५, नयाँ गाउँमा रहेको घरबाट स्कुटर चलाएर कलेज जाँदै गर्दा दुर्घटना भएको थियो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनामा ज्यान गुमाएकी पाइजा कक्षा ११ मा अध्ययनरत थिइन् ।...
रक्तदान गरेर पत्रकारले मनाए स्थापना दिवस

रक्तदान गरेर पत्रकारले मनाए स्थापना दिवस

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत १६ रगत अभावका बेला नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आज राजविराजमा रक्तदान गरेर महासङ्घको स्थापना दिवस मनाएको छ । महासङ्घको ६७औँ स्थापना दिवसका अवसर रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाइएको हो ।पत्रकार महासङ्घ कार्यालयमा भेला भएका यहाँका पत्रकारको ब्यानरसहित निक्लिएको प्रभात फेरी राजविराजस्थित रक्तदान सञ्चार केन्द्रमा पुगेर रक्तदान कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा पत्रकारसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र समाजसेवीले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ, महासङ्घका जिल्ला अध्यक्ष श्रवण देव लगायतले रक्तदान गर्नुभयो ।यसैगरी पत्रकार रक्षा चौधरी, ओमप्रकाश साह, हेमशङ्कर सिंह, रामनारायण यादव, शैलेशकुमार कर्ण, सशस्त्र प्रहरी सजित श्रेष्ठ, रबिन राई, कुवेर बोहरा, कमलप्...
टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु, एक घाईते

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु, एक घाईते

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत १६ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । (रासस)...
अध्यक्ष ओलीद्वारा तिलोत्तमा बहुउद्देश्यीय टावर उद्घाटन

अध्यक्ष ओलीद्वारा तिलोत्तमा बहुउद्देश्यीय टावर उद्घाटन

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत १५ (नेकपा एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय टावरको आज उद्घाटन गर्नुभयो । तिलोत्तमा नगरपालिका–२ स्थित शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका० मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण गरिएको हो । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ वार्षिक साढे तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । त्यस अवसरमा अध्यक्ष ओलीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो । उहाँले लुम्बिनी सबैको आँखामा पर्ने स्थान रहेको र त्यसको प्रवद्र्धनका लागि तिलोत्तमाले अघि बढाएका कार्यहरु प्रशंसनीय रहेको ब...
परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

Breaking News Video, समाचार, संसार
काठमाण्डौँ, चैत १५ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आगामी शुक्रबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लाग्नुभएको भारतको औपचारिक भ्रमणको जारी तयारीका बारेमा पनि दुवै देशका विदशेमन्त्रीबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, भारतका बाह्यमामिलामन्त्रीले परराष्ट्रमन्त्री खड्कासँगको भेटमा भारत–नेपाल सम्पर्क सञ्जाल विस्तार, विद्युत् व्यापार, मलखाद आपूर्ति, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको सामाजिक सञ्जालमा उल...
निर्वाचनको लागि कल सेन्टरको उद्घाटन

निर्वाचनको लागि कल सेन्टरको उद्घाटन

Breaking News 3, समाचार
काठमाडौँ, चैत १५ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ आजदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो । विगतमा ११ अङ्क नम्बर रहेको टोलफ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अङ्कको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनाशक्ति खटाइएको छ । आगामी स्थानीय तहको निर्वाचनसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ । निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गर्नुभयोे । “सबै मतदाताले मतदानका विषयमा निःशुल्क...
हवाई उडान प्रभावित

हवाई उडान प्रभावित

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने उहाँको भनाइ छ । भिजिबिलिटी कम हुँदा सोमबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरु प्रभावित भएका थिए । (रासस)...
टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १५ बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरिएको उहाँले बताउनुभयो । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । (रासस)...
प्रधानमन्त्रीसमक्ष नुवाकोटबासीको माग

प्रधानमन्त्रीसमक्ष नुवाकोटबासीको माग

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत १५ प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ । प्रधानमन्त्री देउवालाई आज उहाँको सरकारी निवास बालुवाटारमा भेटेर प्रस्तुत गरेको सो ज्ञापन पत्रमा नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलका तर्फबाट डा महतले ककनी हँुदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषय राख्नुभएको थियो । उहाँले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको बताउनुभएको थियो । ज्ञापनपत्रमा नुवाकोटको बञ्चरे डाँडाको डम्पिङ साइटको व्यवस्थापन गर्दा स्थानीयवासीको सरोकारलाई ध्यान दिन पनि ...