Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु

रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता शुरु

Breaking News 3, समाचार, संसार
काठमाडौँ, चैत १५ । रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०स्३० बजे ९०७३० न्ःत्० पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ। दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए । स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न ूयस त्रासदीको अन्त्यू गर्न आग्रह गरेका छन्। रासस...
छात्रवृत्ति वितरण

छात्रवृत्ति वितरण

Breaking News 3, समाचार
काठमाडौँ, चैत १५ । ओखलढुङ्गाको रुम्जाटार माध्यमिक विद्यालयले अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–४ स्थित रुम्जाटार माविले दाताको सहयोगमा स्थापना भएको अक्षयकोषको ब्याजबाट २७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । अक्षयकोषका दाता एवं प्रदेश नं १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले विद्यार्थीलाई आज छात्रवृत्ति हस्तान्तरण गर्नुभएको हो । रुम्जाटार माविमा अक्षयकोष स्थापनार्थ पूर्वमन्त्री गुरुङले रु ३० लाख सहयोग गर्नुभएको थियो । दाताबाट प्राप्त रु ४३ लाख ६१ हजार २११ मार्फत सञ्चित दुई लाख ब्याज रकमबाट छात्रवृत्ति वितरण गरिएको रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बानियाँले बताउनुभयो । एकल महिला घरमुली भएका छात्रछात्रा, कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी, कक्षा ९ देखि १२ सम्म सिभिल इञ्जिनीयरिङ पढ्दै गरेका विद्या...
३ वर्षीया बालिका  *ब*ला*त्कृ*त*

३ वर्षीया बालिका *ब*ला*त्कृ*त*

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १५ । एक तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ गरेको छ । करणी गरेको अभियोगमा पाल्पाको तिनाउ गाउँपालिका–५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका–६ घर भएका प्रेम पुन मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पुनले ती बालिकालाई आइतबार बेलुकी करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
बहुविवाह मुद्दामा सजाय तोकीएका २ जना पक्राउ

बहुविवाह मुद्दामा सजाय तोकीएका २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १५ । बुहुविवाह मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगा माया नेपालीलाई प्रहरीले पक्राउ गरको हो । सन्तोष नेपालीलाई जिल्ला अदालत झापाको २०६८ वैशाख १४ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना तथा गंगामाया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
उदयपुरमा म्यादी छनोट प्रक्रिया सुरु, ३ हजार ९ सय १४ जनाको आवेदन, फोटोफिचर सहित

उदयपुरमा म्यादी छनोट प्रक्रिया सुरु, ३ हजार ९ सय १४ जनाको आवेदन, फोटोफिचर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १५ उदयपुरमा आज बाट म्यादी छनोट प्रक्रिया सुरु भएको छ । मंगलबार विहान बाट जिल्ला प्रहरी कार्यालयमा छनोट प्रक्रिया सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास चन्द्र बोहोराका अनुसार ९ सय जनाको कोटामा झण्डै ४ हजारको हाराहारीमा आवेदन परेको जनाएको छ । जसमा पुरुष २८ सय ४४ जना रहेको छ भने महिला १ हजार ७० जना रहेको छ । एसपी बोहोराले बिभिन्न चरणहरुमा छनोट गर्दै अन्तिममा इन्टरभ्यु पश्चात ९ सय जनालाई छनोट गरी स्थानीय चुनावमा माथीको निर्देशन अनुसार खटाईने जनाएको छ । छनोट प्रक्रियामा ब्यारिङ, रनिङ जस्ता महत्वपूर्ण कुराहरुलाई ध्यानमा राख्दै अन्य बिभिन्न चरण पार गरेपछि मात्र छनोट गरिने एसपी बोहोराले बताए ।  ...
इटहरीमा बम विस्फोट, दुई जना गम्भीर घाईते

इटहरीमा बम विस्फोट, दुई जना गम्भीर घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १५ । सुनसरीको इटहरीमा सोमबार राति करिब १० बजे बम विस्फोट भएको छ । इटहरी उपमहानगरपालिका– २ को नवजागृति टोलमा बम विस्फोट भएको हो । सो विस्फोटमा परी दुई जना गम्भीर घाईते समेत भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विस्फोटमा परेर इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् ।...
मोरङ र झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

मोरङ र झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १५ । मोरङ र झापाको दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । मोरङको बुढिगंगा गाउँपालिका–१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको ज्यान गएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाईकल ठोकिदा दुर्घटना भएको थियो । सोही दुर्घटनामा मोटरसाईकल चालक मोरङ टंकिसिनवारीका २५ वर्षीय किशोर कुमार माझी घाईते भएका थिए । घाईते माझीको उपचारको क्रममा बिराटनगरको टिचिङ अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । यसैगरी, झापाको बुद्ध शान्ति गाऊँपालिका–१ मा दक्षिणबाट उत्तर तरफ जाँदै गरेको नम्बर उल्लेख नभएको मोटरसाईकल आफै अनियन्त्रीत भई ट्रकमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक बुद्धशान्ति गाउँपालिका–४ का २५ वर्षीय अन्जन फागोको उपचारको क्रममा झापाको बि एण...
जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने

जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने

Breaking News 3, समाचार, संसार
काठमाडौँ, चैत १५ । जापानी सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी) को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका छन् । ूअहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे सूचनाहरू छैनन् ताकि जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रूबलमा रूपान्तरणको आवश्यकतामा पर्नेछ। यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापानी सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ।"उनले भने" जारी रुस युक्रेन द्वन्द्वले गर्दा रुस आफ्नै मुद्रालाई अन्तरराष्ट्रिय मुद्राको रूपमा प्रयोग गर्न चाहिरहेको छ। रासस...
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १५ मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका–१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाईकल ठोकिदा घाईते भएका मोटरसाईकल चालक मोरङ टंकिसिनवारीका २५ बर्षीय किशोर कुमार माझीको उपचारको क्रममा बिराटनगरको टिचिङ अस्पतालमा मृत्यु भएको हो । यसैगरी झापाको बुद्ध शान्ति गाऊँपालिका–१ मा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको नम्बर उल्लेख नभएको मोटरसाईकल आफै अनियन्त्रीत भई ट्रकमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक बुद्धशान्ति गाउँपालिका–४ का २५ बर्षीय अन्जन फागोको उपचारको क्रममा झापाको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै घटन...
१६ नं वडाका विपन्न तथा एकल महिलाहरुलाई उन्नत जातको बंगुर वितरण

१६ नं वडाका विपन्न तथा एकल महिलाहरुलाई उन्नत जातको बंगुर वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १५ त्रियुगा नगरपालिका वडा नं १६ ले वडाका विपन्न तथा एकल महिलाहरुलाई उन्नत जातको बंगुर वितरण गरेको छ । सोमावर सुकौरामा वडाको ०७८/०७९ को स्वीकृत बार्षिक वडागत योजना र बजेटको सदुपयोग गर्दै १६ घर परिवारलाई बंगुर वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले बताए । उन्नत जातको बंगुरले वडामा रहेको विपन्न परिवारलाई आर्थिक आम्दानीमा टेवा दिने भन्दै विपन्न तथा एकल महिलाहरुलाई लक्षित गरी वडा सदस्य गोमा कार्कीले बंगुर वितरण गरेका थिए । वडाले पछाडि परेका महिलाको आयआर्जन विकासमा टेवा पुर्याउन गत विगतदेखि नै यस किसिमको कार्यक्रम गर्दै आएको थियो । वडाले विशेषगरी व्यवसायिक पशुपालन विकासको क्षेत्रमा बङ्गुर, बाख्रा , कुखुरा र भैंसी पालन व्यवसाय प्रबर्द्धनमा केन्द्रित भई वडालाई आर्थिक विकासमुखी बनाउने कार्य गरिरहेको छ ।...