Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १५ स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ । जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या आठ हजार ८७१ ले बढी छ । नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ६६ हजार ६५० मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता लालझाडी गाउँपालिकामा १४ हजार १४ रहेका छन् । कृष्णपुर नगरपालिकामा ४० हजार ३३८, पुनर्वास नगरपालिकामा ३४ हजार ६३, बेलडाँडी गाउँपालिकामा १४ हजार ७३७ मतदाता छन् । बेलौरीमा ३४ हजार ५३९, दोधाराचाँदनीमा २६ हजार ८०३, वेदकोटमा ३२ हजार ७६० र शुक्लाफाँटा नगरपालिकामा ३१ हजार ४४८ मतदाता रहेका छन् । कञ्चनपुरमा १३२ मतदानस्थल र ३४१ मतदान के...
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, चैत १५ नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो । दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । त्यस अवसरमा दुव...
मोटरसाइकल दुघटनामा चार बालकको मृत्यु, एक घाइते

मोटरसाइकल दुघटनामा चार बालकको मृत्यु, एक घाइते

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत १५ धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याए पनि चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । सोही दुर्घटनामा सबैला–२ निवासी १९ वर्षीय सुरेन्द्र यादव पनि घाइते भएको र उहाँको प्रादेशिक अस...
कम्युनिस्ट पार्टी उदयपुरले पूर्ण ब. खत्रीको गर्याे श्रद्धाञ्जली शभा

कम्युनिस्ट पार्टी उदयपुरले पूर्ण ब. खत्रीको गर्याे श्रद्धाञ्जली शभा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १४ -  कम्युनिस्ट पार्टी उदयपुरले उदयपुर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका संथापक तथा क्रान्तिकारी धरोहर पुर्ण ब. खत्री ( क. खेतला ) को श्रद्धाञ्जली शभा कार्यक्रम गरेको छ। खत्री बि.स. १९९१ भदौ २६ मा उदयपुर कटारी नगरपालिका वडा न. १० बरडाडामा जन्मनु भएको थियो भने २०७८ चैत्र २ मा निधन भएको थियो। निधन भएको १३ औं दिन नेपाल कम्युनिस्ट पार्टीको र खत्रीको परिवारको संयुक्त आयोजनामा सैयौ को उपस्थितिमा श्रद्धाञ्जली सम्पन्न भएको छ। २०३३ सालमा कम्युनिस्ट पार्टी सदस्यता भएको खत्री नेकपा चौमको सेक्रेटरी २०३३, नेकपा मशाल जिल्ला सेक्रेटरी २०४७, नेकपा एकता केन्द्र जिल्ला सेक्रेटरी २०४८, जनमोर्चा जिल्ला अध्यक्ष २०४८, अखिल नेपाल किसान संघको जिल्ला अध्यक्ष २०५४, एकीकृत नेकपा माओवादीको जिल्ला सल्लाहकारको जिम्मेवारी निभाउनु भयो भने हाल बिप्लब नेतृत्वको नेकपामा आबद्ध हुनुहुन्थ्यो । केही बर्ष देखि ...
१६ नं. वडाका माओवादी कार्यकर्ता काङ्ग्रेसमा प्रवेश नगरेकाे स्पष्टाेक्ती

१६ नं. वडाका माओवादी कार्यकर्ता काङ्ग्रेसमा प्रवेश नगरेकाे स्पष्टाेक्ती

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १४ । त्रियुगा नगरपालिका १६ का नेकपा माओवादी केन्द्रकाे संगठित सदस्य लाेकेन्द्र राई (केदार)ले आफुले काङ्ग्रेस प्रवेश गरेकाे भन्ने गलत र भ्रामक समाचार फैलाएकाेप्रति विज्ञप्तीमार्फत भत्सर्ना गरेका छन् ।  उनले विज्ञप्तिमार्फत साे कुराकाे खण्डनसहित काङ्ग्रेसका केही नेता, कार्यकर्ताहरुले फैलाएकाे भ्रामक समाचारप्रति भत्सर्ना गरेका हुन् । लामाे समयदेखि माओवादी केन्द्रमा संगठित सदस्यकाे रुपमा क्रियाशिल रहेकाे र रहिरहने बताएका छन् ।  गत चैत १२ गते फरक प्रयाेजनमा कार्क्रममा सहभागी गराई पछि पार्टी प्रवेशकाे गलत हल्ला फैलाएर चुनावी चलखेल भएकाे उनले बताएका छन् । "म पार्टीकाे संगठित सदस्यमा यथावत छु" उनले विज्ञप्तिमा भनेका छन् "नेपाली काङ्ग्रेसकाे भ्रामक, झुट, र निन्दनीय समाचारकाे घाेर भत्सर्ना गर्दछु ।" यसैबीच नेकपा माओवादी केन्द्र वडा पार्टी अध्यक्ष उपेन्द्र रखाल मगरले समाचारमा आएका...
त्रिनपा १५ रानीवासमा एकै दिन तिन कार्यक्रम सम्पन्न

त्रिनपा १५ रानीवासमा एकै दिन तिन कार्यक्रम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १४ त्रियुगा नगरपालिका १५ नं वडा रानीवास स्थित एकै दिन तिन कार्यक्रम सम्पन्न भएको छ । सोमवार जनता सँग उपमेयर कार्यक्रम अन्तरगत सिलाई कटाई तालिमको समापन सँगै हाजिर जवाफ तथा लोक नृत्यु प्रतियोगिता र सडक बत्तिको उद्घाटन पनि सँगै सम्पन्न भएको हो । त्रियुगना गरपालिकाकी उपमेयर देवी कुमारी चौधरीले सिलाईकटाई तालिमको समापन तथा सडक बत्तिको उद्घाटन गर्नुभयो । जनता सँग उपमेयर कार्यक्रम त्रियुगा नगरपालिकाको सहयोग र सिलाई कटाई उपभोक्त समिति खाँवुको अयोजनामा भएको एक महिने तालिमको समापन मेयर चौधरीले गरेकी हुन् । चौधरीले सोही अवसरमा सडक सडक बत्तिको सान उज्यालो नगर हाम्रो अभियान भन्ने मुलनाराका साथ सडक बत्तिको समेत उद्घाटन गरिन् । सँगै सोही दिन हाजिर जवाफ र लोक नृत्यु प्रतियोगिता पनि सम्पन्न भएको छ । वाल गाउँ संरक्षण तथा सम्वद्र्धन उपसमिति खाँवु उदयपुर र त्रिनपा १५ वडा कार्यालयक...
मुसहर समुदायका युवाले संञ्चालन गरेको शैलुनमा त्रियुगा नगरपालिको लगानी

मुसहर समुदायका युवाले संञ्चालन गरेको शैलुनमा त्रियुगा नगरपालिको लगानी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १३ त्रियुगा नगरपालिका ९ गैरुनका मुसहर समुदायका एक युवाले १ बर्ष पहिले शैलुन संञ्चालनमा ल्यायो । उनले इण्डियामा काम सिकेर आफ्नै ठाउँमा आएर शैलुन खोल्यो । लगानी गर्न नसकेका कारण राम्रो र व्यवस्थित शैलुन नहुँदा उनले काम चलाउ खालको शैलुन खोलेर काम गर्न थाल्यो । एक दिन जनता सँग मेयर कार्यक्रम अन्तरगतको कार्यक्रम गैरुन सदावस्तीको समुदायमा पुग्यो । त्यहाँ राम कुमार सदाले आफ्नो पेशा भन्दा फरक पेशा शैलुन खोलेर जिविको पार्जन गर्दै गरेको पाईयो । जुन परम्परागत पेशा परिवर्तन गरी आधुनिक पेशा बाट आफ्नो जिविको पार्जनमा सहजता खोजीरहेका एक युवा रामकुमार सदा एक उदाहरणीय पात्र पनि हुन् । बिषेश गरी मुसहर समुदायहरु बढीभन्दा बढी माटो जमिन सँग सम्बन्ध रहेर आफ्नो जिविको पार्जन गर्ने गरेको पाईन्छ । उनिहरु अर्काकोमा काम गर्ने, माछा मार्ने र ऐलानी जग्गाहरुमा बसोवास गर्दै अव्यवस्थित भएर ज...
श्रोत नखुलेको ११ लाखसहित एक युवक पक्राउ

श्रोत नखुलेको ११ लाखसहित एक युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १४ । श्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका–४ बस्ने ४४ वर्षीय दिलिप कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट स्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।...
माल्दिभ्स प्रहरीद्वारा आतङ्कवादीको आशङ्कामा ९ जना पक्राउ

माल्दिभ्स प्रहरीद्वारा आतङ्कवादीको आशङ्कामा ९ जना पक्राउ

Breaking News 3, समाचार
काठमाडौँ, चैत १४ । माल्दिभ्सको प्रहरीले सोमबार अड्दु शहरमा आतङ्कवादी गतिविधि गर्न खोजेको आशङ्कामा नौ जनालाई पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमले घटनाबारे अनुसन्धान भइरहेको र शंकास्पद व्यक्तिसँग सोधपुछ भइरहेको बताएको छ । आक्रमणको तयारी गर्दागर्दैको अवस्थामा संदिग्धहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यम मिहारुले जनाएको छ। राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले शनिबार सबै टापुहरूको भ्रमण शुरु गरेपछि यो गिरफ्तारी भएको हो। रासस...
चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

Breaking News 3, समाचार
काठमाडौँ, चैत १४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो । मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उहाँले यसअभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जनाकारी दिनुभयो । रासस...