Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

पाँच दिन विद्यालय बन्द

पाँच दिन विद्यालय बन्द

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १४ गते । पाचँ दिनका लागि बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएको हो । गाउँपालिकाकाले आज एक सूचना जारी गर्दै यही चैत १४ देखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने जनाएको छ । दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयानुसार नै विद्यालय बन्द हुने भएको गाउँपालिकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले जानकारी दिए । गाउँपालिकाका अधिकांश शिक्षक परीक्षामा सहभागी हुन जाने विद्यालयका पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने भएको छ । उक्त अवधिमा विद्यालयको प्रशासनिक कामकाज भने पुनः सञ्चालन रहने जनाइएको छ । शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछन् ।...
भारतमा आज र भोलि बन्द

भारतमा आज र भोलि बन्द

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १४ । भारतका आज र भोली बन्द घोषण गरिएको छ । छिमेकी मुलुक भारतमा सोमबार र मंगलबार बन्दको घोषणा गरिएको छ । द हिन्दु समाचार पत्रका अनुसार नरेन्द्र मोदी नेतृत्वको सरकारका मजदुर, किसान र आमजनताविरोधी नीतिहरूको विरोधमा विभिन्न ट्रेड युनियनहरूले ४८ घन्टे बन्दको घोषणा गरेका हो । उक्त बन्दमा बैंकिङ, रेलवे, सडक, ट्रान्सपोर्ट, बिजुलीको क्षेत्रमा काम गर्ने कामदारले पनि साथ दिने बताएका छन् । यसअघि २२ मार्चमा नयाँदिल्लीमा बसेको ट्रेड युनियनहरूको बैठकले मोदी सरकारका नीतिविरूद्ध भारत बन्द गर्ने निर्णय गरेको थियो । सत्तारूढ भारतीय जनता पार्टीनिकट ट्रेड युनियनले भने यो बन्द राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै सहभागी नहुने बताएको छ । बन्दकर्ताहरूले श्रम कानुनमा हुन लागेको परिमार्जन रोक्नुपर्ने, इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने लगायत विभिन्न माग राखेका छन् ।...
ट्राउट माछापालन

ट्राउट माछापालन

Breaking News 3, समाचार
काठमाडौँ, चैत १४ । बागलुङको गलकोट नगरपालिका–३ चिसापानीमा रहेको दरमखोला रेम्बो ट्राउट एग्रो फार्म । फार्ममा रेम्बो ट्राउटसँगै स्थानीय असला माछाको व्यावसायिकपालन गरिएको छ । तस्वीर : रासस
व्यावसायिक तरकारी खेती

व्यावसायिक तरकारी खेती

Breaking News 3, समाचार
काठमाडौँ, चैत १४ । पाल्पाको रामपुर नगरपालिका– ४, देवीस्थानस्थित हाम्रो आधुनिक कृषि फार्ममा लगाइएको व्यावसायिक तरकारी खेती । तस्वीर : रासस
इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

Breaking News 3, समाचार
काठमाडौँ, चैत १४ । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । “हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो । उहाँले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहनु भएको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गर्नु भएको जनाइएको छ । उहाँ त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि जानु भएको थियो । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए । घटनाका बारेमा उहाँले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल...
सिंगो गाउँ नै पहिरोको जोखिममा

सिंगो गाउँ नै पहिरोको जोखिममा

Breaking News 2, समाचार
कामाडौँ, चैत १४ । गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ । धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको जोखिममा परेका छन् । पहिरोले ७०० रोपनी बढी खेतीयोग्य जमिन बगाएको र आठ हेक्टर बढी वन क्षेत्र सखाप पारेको स्थानीयवासी केदार सुवेदीले जानकारी दिनुभयो । “रघुगङ्गा सामुदायिक वन ७५ प्रतिशत क्षेत्र क्षतविक्षत भएको छ, खेतबारी पहिरोले सखाप पार्दै बस्ती नजिक आइसकेको छ, तर पहिरो नियन्त्रणको प्रभाबकारी कदम चालिएको छैन”, उहाँले भन्नुभयो । उहाँका अनुसार, पहिरोले गत वर्ष चार घर पूर्णरुपमा विस्थापित भइसकको छन् । यामबहादुर राम्जाली, हरि गर्बुजा, खम्मी गर्बुजा, इन्द्रबहादुर रावतसँगै सुकुम...
प्रभावकारी बन्दै ‘बालिका बचत’ कार्यक्रम

प्रभावकारी बन्दै ‘बालिका बचत’ कार्यक्रम

Breaking News 3, समाचार
खोटाङ, चैत १४ । हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाभरिका १२९ बालिकाको नाममा बचत गर्ने काम भइसकेको छ । कार्यक्रमअन्तर्गत हालसम्म ४६ बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो । उहाँका अनुसार खाता खोलेको दश वर्षपछि नवीकरण गर्नुपर्नेछ । नगरपालिकाले वार्षिकरुपमा रु चार हजारका दरले तीन वर्षमा रु १२ हजार रकम जम्मा गरिदिने र त्यसमा घरपरिवारले पनि सकेको रकम जम्मा गर्ने गरेका छन् । यसबाट छोरीहरुको भविष्य उज्वल बन्ने आमाहरुको विश्वास छ । नगरपालिकाले छोरीको सम्मान र प्रोत्साहनका लागि सुरु गरेको सो कार्यक्रमअन्तर्गत खाता खोलिएका बालिकाको नाममा नगरपालिकाले जम्मा गरिदिएको भौचर सम्ब...
कुखुराको मासुको मूल्य वृद्धि

कुखुराको मासुको मूल्य वृद्धि

Breaking News 3, समाचार
काठमाडौँ, चैत १४ । ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु ४८० पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरुको भनाइ छ । फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको जानकारी दिनुभयो । हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको उहाँले बताउनुभयो । फुङ्लिङ बजारकै व्यवसायी नरेन्द्र बस्नेतले पनि ब्रोइलर कुखुरा पाउन छोडिएकोले मासुको मूल्य महँगो भएको र । झापादेखि क...
उदयपुरमा आगलागी हुँदा ७ घर जलेर नष्ट, एकको मृत्यु, ५५ पशुचौपाय जल्यो

उदयपुरमा आगलागी हुँदा ७ घर जलेर नष्ट, एकको मृत्यु, ५५ पशुचौपाय जल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १३ उदयपुरमा भएको आगलागीमा ठुलो क्षती हुन पुगेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं १ शिखरपुरमा आईतबार करिब ४ बजको समयमा लागेको आगोले ७ घर जलेर नष्ट हुनुका साथै १ जनाको ज्यान समेत गएको छ । आगलागीमा परी ५५ ओटा पशुचौपाय समेत जलेर नष्ट भएको छ । शिखरपुरका गौर बहादुर मगरको घरमा बिद्युत सर्ट भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ । मगरको ढुंगा र माटोले बनेको फुसको छानो भएको घरमा सर्ट भई आगलागी हुँदा निजकै श्रीमती ६६ बर्षिया शिवमाया मगरको ज्यान गएको हो । शिवमाया अपङ्गता थिईन् । मगरको सहित सोहि ठाउँको भैरब मगर, यम्वर मगर, मनमाया मगर, कोपदम बहादुर मगर, दिप बहादुर मगर र धनमाया मगरको घर जलेर नष्ट भएको हो । ७० बर्षिय गौर बहादुर मगरको जनमा समेत क्षती पुग्नुका साथै घरमा रहेको लत्ता कपडा, खाद्यन्न, भाडा बर्तन र ८ ओटा बाख्राको पाठा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले ...
त्रियुगा रजत महोत्सवमा प्रथम मेयर स्व. लालशेर राईलाई मरोपरान्त सम्मान तथा सम्झना

त्रियुगा रजत महोत्सवमा प्रथम मेयर स्व. लालशेर राईलाई मरोपरान्त सम्मान तथा सम्झना

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १३ त्रियुगा रजत महोत्सवको अवसरमा त्रियुगा नगरपालिकाको प्रथम मेयर स्व. लालशेर राईप्रति उच्च सम्मान तथा सम्झना व्यक्त गरिएको छ । त्रियुगा नगरपालिका २५ औँ बर्ष पार गरेको भन्दै उक्त स्थापनाको जन्मजयन्तीको अवसरमा स्व. लालशेर राईलाई सम्मान गरिएको हो । महोत्सवमा त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले नगरपालिका प्रति उहाँको संघर्ष, विकास र योगदानको कदर गरेका थिए । आज त्यो बेलाको नगरपालिका २५ बर्षपछि जनताको ठुलो सेवाको आस्था बन्न सफल भएको भन्दै लालशेर राई प्रति उच्च सम्मान व्यक्त गरिएको हो । महोत्सवको समापन कार्यक्रमको बक्ताहरु, मान वहादुर राई, प्रकाश खड्का, देवी कुमारी चौधरी, गिता खड्का लगायत अन्य वक्ताहरुले स्व. लालशेर राईको नगरपालिका र नगरवासीहरुमा पुराएको योगदान बारे चर्चा गरेका थिए । त्रियुगा नगरपालिका २५ औँ बर्षको अवसरमा सजत महोत्वले स्व. लालशेर राईलाई मरोपरान्त...