Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

सर्लाहीमा बस दुर्घटना हुँदा चारको मृत्यु, तिस जना घाईते

सर्लाहीमा बस दुर्घटना हुँदा चारको मृत्यु, तिस जना घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १३ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । घाइतेको लालबन्दी, नवलपुर र हरिवनमा उपचार भइहरको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र बाहिर पठाउने क्रम चलिरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालकसमेत घाइते भएका छन् । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्ताल मलङ्गवमा ल्याइएको छ भने मृतक तथा घाइतेहरुको पहिचानको काम भइर...
लहानमा श्रीमतीलाई तेल खन्याएर आगो लगाएको अभियोगमा चौधरी पक्राउ

लहानमा श्रीमतीलाई तेल खन्याएर आगो लगाएको अभियोगमा चौधरी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १३ । श्रीमतीलाई तारपिनको तेल खन्याएर आगो लगाएको अभियोगमा लहानबाट एक जना पक्राउ परको छ । सिरहा लहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । सुतिरहेको अवस्थामा चौधरीले ३० वर्षीया श्रीमतीलाई तारपिनको तेल खन्याएर आगो लगाएको महानगरीय प्रभाग कपनले जनाएको छ । घाइते भएकी महिलाको साँखुस्थित पुष्पा मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।...
चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत १३ चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरूका परिचालन गरिए पनि विमानको ुब्याकबक्सु मात्रै फेला परेको छ । चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ् क्षेत्रमा बेपत्ता भएको थियो । घटना भएको छैटौँ दिन शनिबार उद्धारकर्ताले घटनामा परेका सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन् । “बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छैन, यो अत्यन्त दुःखद खबर हो,” चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जीयाङले भन्नुभयो । घटनामा परी मृत्यु भएका मध्ये १२३ जना यात्रु र नौ जना चालक दलका सदस्य रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । घटनास्थलमा खोजी तथा उद्धारका लागि चिनियाँ कम्युनिष्...
मोटरसाईकल दुर्घटनामा प्रहरी जवानको मृत्यु, एक जना घाईते

मोटरसाईकल दुर्घटनामा प्रहरी जवानको मृत्यु, एक जना घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १३ राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने रहेका छन् । दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । गएराति डिउटी सकेर ललितपुर महानगरपालिका–२ बल्खुबाट सातदोबाटो जाने क्रममा न्यौपानेले चलाएको बा ८३ प ८९९५ नम्बर मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको थियो । उनको राती २ः३० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । (रासस)...
धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध

धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध

Breaking News 3, समाचार
काठमाडौँ, चैत १३ । सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा शनिबार सडक अवरुद्ध गरेका छन् । निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुन थालेपछि व्यवसायीले सडक अवरुद्ध गरेका हुन् । “धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा यात्रुलाई समेत कठिनाइ हुन थालेको छ”, अटोचालक धीरज कार्कीले भन्नुभयो, “सवारी दुर्घटनाका घटनासमेत बढ्ने सम्भावना भएपछि सडक अवरुद्ध गरेका छौँ । शनिबार एक घण्टामात्रै सडक अवरुद्ध गरिएको छ । आजदेखि चार घण्टाका दरले सडक अवरुद्ध गर्छौँ ।” कलुवापुर बजार क्षेत्रमा पसल सञ्चालन गर्दै आएका व्यवसायी हरिसिंह सेटीले पसलमा राखेको सामान धुलोका कारण बिग्रन थालेको र पसलमा बस्नै नसकिने अवस्था आएपछि सडक अवरुद्ध गरिएको उहाँले बताउनुभयो । वडा कार्यालयमा पटक–पटक धुलो नियन्त्रणका लागि गुहार्दासमेत सुनुवाइ हुन नसकेपछि बाध्य भएर सडक ...
पानीमा डुबी २ जनाको मृत्यु

पानीमा डुबी २ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १३ । पानीमा डुबेर दुई जनाको ज्यान गएको छ । सुनसरी र ओखलढुङगामा पानीमा डुबेर दुई जनाको ज्यान गएको हो । सुनसरीको ईटहरी–१५ आवाधी मधेसा स्थितमा रहेको पोखरीमा डुबेर स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरीको ज्यान गएको हो । अन्य बालकहरुसंगै खेल्दै घर नजिकै रहेको पोखरीमा पुगेका बालक अचानक पोखरीमा डुबेको भन्ने खबर प्राप्त भएसंगै तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरी ईनरुबाट प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ । त्यसैगरी, ओखलढुङगाको मानेभञ्ज्याङ गाँउपालिका–९ का २५ बर्षीय ज्ञान प्रसाद पहाडी स्थानीय मोलुङ खोलाको पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका छन् । शनिवार बेलुका ५ बजे घरबाट हिडेका पहाडीको खोजतलास गर्ने क्रममा साँझ साँढे ६ बजे पानीमा डुबिरह...
राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १३ राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको थियो । साथै उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । आफ्नो प्रतिनिधिमण्डलका उच्च अधिकारीहरूसहित राष्ट्रपति भवन, शीतल निवास पुग्नुभएका चिनियाँ विशिष्ट पाहुनालाई राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभएको थियो । (रासस)...
अब पोखरा संसारसँग जोडिने छ ः मन्त्री आले

अब पोखरा संसारसँग जोडिने छ ः मन्त्री आले

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १३ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताउनुभएको छ । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उहाँले भन्नुभयो, “नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पु¥याउने छ ।” मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो, आफ्नो व्यस्ताबाहेक मलाई लाग्छ नेपाल आएको पर्यटक पो...
ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाईते

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १३ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–८ का २८ बर्षीय रुपेश राई रहेका छन् । हिजो बेलुका ६ बजे सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ आउदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको थियो । सो दुर्घटनामा राईको मृत्यु भएको हो भने तीन जना जिल्ला अस्पताल ताप्लेजुङमा उपचारार्थ छन् । घटनाबारे जानकारी पाएलगतै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।...
रातमाटे–केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणमा महत्वपूर्ण सहमति

रातमाटे–केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणमा महत्वपूर्ण सहमति

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १३ नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा नेपालको त्रिदिवसीय भ्रमणको क्रममा रहनुभएका चिनियाँ विदेशमन्त्री एवम् चीनको राज्य परिषद्का सदस्य वाङ यीसँगको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि आयोजित समारोहमा सो प्रसारण लाइन निर्माणका सम्बन्धमा महत्वपूर्ण सहमति भएको छ । द्विपक्षीय सम्झौतामा नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता उल्लेख गरिएको भए पनि रातमाटे–रसुवागढी– केरुङ प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया तत्काल शुरु गर्ने भन्ने विषय रहेको आयोजना प्रमुख कोमलनाथ आत्रेयले जानकारी दिनुभयो । नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनसम्बन्धी स...