Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

Breaking News 3, समाचार
काठमाडौँ, चैत १३ । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा पर्यटकको आगमन सुरु भएको छ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको विस्तारै आगमन सुरु भएको हो । कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजङ्घा क्षेत्रमा विस्तारै पर्यटकको आगमन हुन थालेको । पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजङ्घा प्रवेशद्धार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताउनुभयो । पर्यटकको चहलपहल हुन थालेसँगै लामो समय बन्द भएको व्यवसाय सञ्चालनमा आउन थालेको शेर्पाले बताउनुभयो । दुई वटा पदर्मागबाट कञ्चनजङ्घा हिमालसम्म पर्यटक पुग्छन् । दक्षिण ९रुट० पदर्माग पाँथचरको गणेश चोकदेखि याम्फुदिन हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । यस रुट हुँदै नर्वे र स्वीच देशका नागरिकका दुई समूह शुक्रबार कञ्...
दलित बस्तीका १३ घरमा आगलागी

दलित बस्तीका १३ घरमा आगलागी

Breaking News 3, समाचार
काठमाडौँ, चैत १३ । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको बताउनुभयो । घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवारको बिचल्ली भएको छ । आगलागीबाट स्थानीय प्रदीप हजारी, रामबली पासमान, ताहिर हजारी, शीतल हजारी, जीवन हजारी, भिखारी पासमान, रामविश्वास हजारी, बिकाउ पासमान, नन्नद किशोर पासमान, गगन हजारी, सरपलाल हजारी, रामनाथ हजारी र भुमेश्वर साह कानुको घर जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । मलङ्गवा, हरिवन ...
त्रियुगा नगरपालिकाको आफ्नै प्रशासकीय भवन शिलान्यास

त्रियुगा नगरपालिकाको आफ्नै प्रशासकीय भवन शिलान्यास

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १३ त्रियुगा नगरपालिको २५ औँ बर्ष पुरा जन्मजयन्ती रजत महोत्सवको अवसरमा पालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ । भवनको शिलान्यास त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवी कुमारी चौधरी र प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले आईतबार संयुक्त गर्नुभयो । भवन त्रियुगा नगरपालिका १० नं वडा स्थित बाँसबारी आखाँ अस्पताल नजिक बन्न लागेको छ । भवन शिलान्यास सँगै शिला लेखको पनि अनावरण गरिएको छ । उक्त भवन १४ करोडको लागतमा अत्याधुनिक सुविधा सम्पन्न तरिकाले निर्माण गरिने नगर प्रमुख चौधरीले बताउनुभयो । बजेटको लागि संघिय सरकारको ६ करोड र नगरपालिकाको ८ करोड गरी जम्मा १४ करोड सम्झौता भैसकेको र अब टेन्डर लगाएर तत्काल १ महिना पछि काम सुरु हुने मेयर चौधरीले बताउनुभयो । चौधरीले नगरपालिकाको आफ्नै प्रशासकीय भवन बनेपछि काम गर्न सहज हुने भन्दै भवन सिलिन्यास र निर्माणको काम गर्ने ज...
त्रियुगा नगर रजत महोत्सवको अवसरमा १५ सय बढीलाई निशुल्क स्वास्थ्य सेवा

त्रियुगा नगर रजत महोत्सवको अवसरमा १५ सय बढीलाई निशुल्क स्वास्थ्य सेवा

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र १२ त्रियुगा नगरपालिका रजत महोत्सवको अवसरमा संञ्चालन भएको निशुल्क स्वास्थ्य सिवरमा १५ सय बढीले सेवा लिएका छन् । गाईघाट स्थित त्रियुगा नगरपालिका १३ को पूर्व पश्चिम वसपार्कमा भएको उक्त सिविरले १५ सय ३२ जनालाई निशुल्क स्वास्थ्य सेवा दिएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखाका साहायक संयोजक अबध नारायण चौधरीले जानकारी दिए । सिविरमा आँखा, महिलाको पाठेघर, ईसिजी, खोप, जेष्ठ नागरिकहरुलाई मुटु तथा मृगौला र रक्तदान लगायत कार्यक्रमको आयोजना गरिएको थियो । संयोजक चौधरीका अनुसार त्रियुगा नगरवासीहरुले उक्त सिविरको प्रत्यक्ष फाईदा उठाउनुका साथै स्वास्थ्य समस्याहरु हल गरेको जनाएको छ । उनले आखाँमा मात्रै करिब ३ सय बराबर रोगीहरुले सेवा लिएको जनाए । त्यसमध्ये ४७ जनामा मोती बिन्दु देखिएको जनाएको छ । उनिहरु सबैलाई उक्त सिविर मार्फत त्रियुगा नगरपालिकाको खर्चमा चौधरी आखाँ अस्पतालमा लगेर नि...
त्रियुगा नगर महोत्सवको सबै खेल सम्पन्न, कुन खेलको उपाधी कस्ले जित्यो ?

त्रियुगा नगर महोत्सवको सबै खेल सम्पन्न, कुन खेलको उपाधी कस्ले जित्यो ?

Breaking News 1, ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, चैत्र १२ उदयपुर गाईघाट स्थित जारी त्रियुगा नगर महोत्सवको सम्पूर्ण खेल आज सकिएको छ । शुक्रबार देखी जारी महोत्सवमा बिभिन्न लोपनमुख खेलहरु सँगै स्वास्थ्य सिविरको पनि अयोजना गरिएको थियो । जिल्लाकै ठुलो नगरपालिका समेत रहेको त्रियुगा नगरपालिकाको २५ औँ बर्षको रजत महोत्सवको अवसरमा उक्त खेलहरु गराईएका थिए । गाईघाटको पूर्वपश्चिम वसपार्क स्थित खेलमैदानमा डोरी तनाई, डण्डी वियो, हण्डीफोर, म्युजिकल चियर, तातो आलु, भाले समाई लगायतको खेल खेलाईएको थियो । डोरी तनाई खेलमा बोक्सेको दुवै टिम प्रथम र दोस्रो भएका छन। बोक्से फ्युजन क्लव (ए) र फ्युजन क्लव (बी) बिच फाईनल प्रतियोगितामा (ए) ले उपाधी हात पारेको छ भने (बी) दोस्रो बनेका छन् । डोरी तनाईकै महिला तर्फ उदयपुर स्पोर्ट क्लव प्रथम भएका छन् । उनिहरुले त्रियुगा नगरपालिकाका महिला कर्मचारीहरुलाई हराउँदै प्रथम बनेको हो । डोरी तनाई...
बुहारी माथि एसिड प्रहार गरेको आरोपमा ससुरा र जेठाजु पक्राउ

बुहारी माथि एसिड प्रहार गरेको आरोपमा ससुरा र जेठाजु पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत १२ महिलालाई एसिड प्रहार गरेको आरोपमा बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उमेश साहकी २८ वर्षीया श्रीमती सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए । (रासस)...
लागुऔषध सहित एक पक्राउ

लागुऔषध सहित एक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १२ बाराबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डल रहेका छन् । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना७ख २६८१ नंको सुपर राजेश डिलक्स यात्रुबाहक बस रोकी जाँच गर्दा उक्त बसको पछाडि डिकीमा लुकाइ ल्याएको डाइजेपाम ९९७ थान, फेनारगन एक हजार थान र नुर्फिन ९८६ थान बरामद गरिएको थियो । पक्राउ परेका मङ्गललाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)...
त्रियुगा रजत महोत्सवको दोस्रो दिन पनि बिभिन्न ठाउँमा साईकलिङ

त्रियुगा रजत महोत्सवको दोस्रो दिन पनि बिभिन्न ठाउँमा साईकलिङ

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १२ त्रियुगा नगरपालिका २५ औँ बर्षको रजत महोत्सवको अवसरमा दोस्रो दिन पनि साईकलिङ भएको छ । बिहानस ७ बजे त्रियुगा नगरपालिका बाट गाईघाट बजार परिक्रमा गरी गैरुन, राजवास, चुहाडे लगायत ठाउँहरुमा साईकलिङ गरिएको हो । नगर प्रमुख वलदेव चौधरीले आज यस महोत्सवको अन्तिम दिन रहेको भन्दै दोस्रो दिनको साईकलिङहरुलाई पनि सुभारम्भको सुरुवात गरेका थिए । रजत महोत्सव आज बिभिन्न राष्ट्रिय खेलहरु सहित समापन हुँदै छ । सो खेलको उद्घाटन गाईघाट स्थित बरुवा बसपार्कमा हुने भएको छ ।...
उदयपुर आएर ओलीले भने, एमाले केहि समयको लागि मात्र जनताबाट टाढा भएको हो

उदयपुर आएर ओलीले भने, एमाले केहि समयको लागि मात्र जनताबाट टाढा भएको हो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र ११ नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी जनता बाट केहि समयको लागि मात्र टाढा भएको जनाएको छ । यो पनि जनताले टाढा नबनाई राजनितिक दलका खराब तत्वहरुले टाढा बनाएको जनाए । उनले स्थानीय चुनाव सँगै एमाले पूनः जनता माझ फर्कने जनाएको छ । अहिले सरकार बाट आफुहरु अलग भएपनि स्थानीय, प्रदेश र संघको निर्वाचनको परिणामले एमालेलाई फेरी जनता नजिक बनाउने अध्यक्ष ओलीले जनाए । शुक्रबार उदयपुरको गाईघाट स्थित मदन भण्डारी आखाँ अस्पतालको भवन उद्घाटन तथा एमाले उदयपुरले आयोजना गरेको आमसभामा आफ्नो कुरा राख्दै ओलीले यस्तो बताएको हो । उनले एमाले पार्टी जनताको पार्टी भएकै कारण आउँदो चुनावहरुमा देशकै पहिलो पार्टीको रुपमा निरन्तर किर्तिमान राख्ने समेत जनाए । उनले नेकपा एमालेलाई असफल बनाउन राजनितिक दलहरु सक्रिय रुपमा लागिरहेको आरोप समेत लगाए । यस्तो अवस्थामा देश...
पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ११ उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुुपर्ने बताउनुभएको छ । सञ्चारिका समूहको आठौँ अधिवेसन तथा २५औँ वार्षिक साधारणसभामा उहाँले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पु¥याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ छ । पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकमा चेतना बढ्दा गुनासा बढिरहेकाले त्यो सम्बोधन गर्न लाग्नुपर्छ ।” पत्रकार आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग रहनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिनुभयो । सञ्चारमाध्यमले आम नागरिकको रचनात्मक, चेतनात्मक र आलोचनात्मक चेत विकास गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । पत्रकार मह...