जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ ः ऊर्जामन्त्री भुसाल
काठमाण्डौँ, चैत ११
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पु¥याएको बताउनुभएको छ ।
ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेका छन्, जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको छ ।” स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही तवरले प्रयोग गरेर जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कानुन पनि नभएको अवस्थामा जनताको आकांक्षालाई सम्बोधन गर्न गाह्रो थियो, अनुभव पनि थिएन, यद्यपि पाँच वर्षमा स्थानीय सरकारले धेरै काम गरेका छन् ।”
जनताले घर नजिकैबाट सेवा पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री भुसालले...









