मैनामैनीमा अस्थायी प्रहरी चौकी स्थापना
पूर्णपुष्टि, चैत्र ३ ।
उदयपुरको बेलका नगरपालिका –७ मैनामैनीमा आज अस्थायी प्रहरी चौकी स्थापना भएको छ । त्यस क्षेत्रको शान्ति सुरक्षा र सडक दुर्घटनालाई मध्येनजर गर्दै अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताउनुभयो । https://youtu.be/KCBgCPvbkw4
चौकीको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र बेलकाका मेयर अशोक कार्कीले संयुक्तरुपमा उद्घाटन गरे । कार्यालय परिषरमा राष्ट्रिय झण्डात्तोलन र रिबन काटेर कार्यालयको उदघाटन गरिएको थियो ।
एसपी थापाका अनुसार आजैदेखि मैनामैनीमा प्रहरी सहायक निरिक्षक टिका निरौलाको नेतृत्वमा सुरक्षा युनिट खटिएका छन् । प्रहरीसंगै त्यस क्षेत्रको सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीसमेत खटाइएको छ । तीनदिनअघि मात्र उक्त ठाउँमा आठजनाको ज्यान जानेगरी दर्दनाक जीप दुर्घटना भएको थियो ।
चौकी स्थापनाले स्थानीयमा खुसी छाएको छ । गाउँमा प्रहर...









