Monday, August 17News That Matters

आर्थिक

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १४  आज पनि सुनको भाउ घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाले घटेर तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
कालिका अंटो लिंक गाईघाटले न्यु मोडलको अटो रिक्सा लंन्च गर्यो

कालिका अंटो लिंक गाईघाटले न्यु मोडलको अटो रिक्सा लंन्च गर्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १३ बिभिन्न १० उत्कृष्ट सेवा सुविधामा आधारित न्यु मोडलको अटो रिक्सा गाईघाटमा लंन्च भएको छ । बिहिबार गाईघाट स्थित कालिका अटो लिंकले बजाज कम्पनीको न्यु मोडल BAJAJ RE Bs6 लंन्च गरेको हो । अन्य अटोहरु भन्दा बिल्कुलै फरक र मजबुद रहेको र नेपाली बजारमा बढ्दो माग भईरहेको यस अटो गाईघाटमै पनि लंन्च गरिएको कालिका अटो लिंक गाईघाटका प्रोपाईटर सुनिल ठाकुरले बताउनुभयो । नेपालका लागि बजाज अटो लिमिटेड, भारतको आधिकारिक बितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बाजाज तीनपाङ्ग्रे अटो नेपालमा ल्यएको ठाकुरले बताउनुभयो । बिहिबार नेपाली बजारका सबै डिलरहरुमा यसको लंन्च गरिएको र विक्रि वितरण सुरु गरिएको प्रोपाईटर ठाकुले बताउनुभयो । कालिका अटो लिंक गाईघाटको आधिकारिक डिलरमा व्यवसायी, यातायातका कर्मचारी, ट्राफिक प्रहरी, इन्स्योरेन्सका प्रतिनिधि, बैँक मेनेजर र अटो व...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १३  आज सुनको भाउ पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । आज तोलामा चाँदीको भाउ १० रुपैयाँले बढेर  १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
म्याद नाघेको ५ वर्ष पछि सामान बिक्री गर्ने व्यापारीलाई ३ लाख जरिवाना

म्याद नाघेको ५ वर्ष पछि सामान बिक्री गर्ने व्यापारीलाई ३ लाख जरिवाना

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १३ पाँच वर्ष अगाडि उपभोग्य मिति सकिएको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय सकिएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७ सय बोरा बरामद भएको छ । सन् २०१३ मा उत्पादन भएको  रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री गर्ने गरेको अनुगमनका क्रममा फेला पारेको कार्यालयले जनाएको छ । भारतबाट आयात गरिएको दाल कन्सर्नको गोदाममा ४० टन बरामद गरिएको छ । उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि जरिवाना गरेको जनाएको छ । बोहोराल...
आज नेप्से साढे १२ अङ्कले बढ्यो

आज नेप्से साढे १२ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १२ आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से १२.५६ अङ्कले बढेर २५ सय ९९.०७ विन्दुमा पुगेको छ । जलविद्युत् र अन्य समूहको बाहेक अरू सबैजसो समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १५ अङ्कले, व्यापारको साढे एक, होटलको साढे ४६,  विकास बैंकको १८, फाइनान्सको ६,  निर्जीवन बीमाको एक सय ८४, उत्पादनको ५४, माइक्रो फाइनान्सको २२  र जीवन बीमा समूहको शेयर एक सय ८० अङ्कले बढेको छ । दुई सय चार कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ८२ करोड र निफ्राको ५६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । निफ्राका शेयरधनीले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन् ।...
आज नेप्से २१ अंकले घट्यो

आज नेप्से २१ अंकले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन ११ आज सेयर कारोबार मापक नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको हो । दिउसो एक बजे ८७ अंकले घटेर २ हजार ५ सय १९ अंकमा झरेको नेप्से विस्तारै सुधार हुँदै गएको थियो । कारोबार बन्द हुँदा नेप्से परिसूचक २ हजार ५ सय ८६.५१ अंकमा आइपुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेको छ । कारोबार रकम साढे ८ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ८३ हजार ३ सय ५७ कारोबारबाट १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपैयाँ पुगेको छ । व्यापार समूह २६.७३ अंकले बढेको छ भने नेप्सेमा कारोबार हुने अन्य सबै समूह घटेर राताम्मे देखिएका छन् ।...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन ११ आज सुनको मूल्यमा वृद्धी भएको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँले वृद्धी भएको हो । हिजो सुन तोलामा ८९ हजार रुपैयाँमा कारोवार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य पनि आज वृद्धी भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा १३ सय ३५ रुपैयाँ थियो ।...
७ महिनामा ४९ अबको खाद्यान्न आयात

७ महिनामा ४९ अबको खाद्यान्न आयात

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १० चालु आर्थिक वर्षको सात महिनामा करिब ४९ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । साउनदेखि माघसम्म ४८ अर्ब ८७ करोड रुपैयाँको खाद्यान्न विभिन्न देशबाट नेपाल आयात भएको भन्सार विभागले जनाएको छ । हरिया तरकारीदेखि फलफुल र दाल, चामल पनि नेपालले विदेशबाटै किनेको छ । सात महिनामा करिब २० अर्ब रुपैयाँ बराबरको धान चामल मात्रै आयात भएको जनाएको छ । सात महिनामा व्यापार घाटा पनि सात खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । नेपालले विदेशबाट आठ खर्ब तीन अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । तर यसै अवधिमा नेपालले जम्मा ६९ अर्ब ९१ करोड रुपैयाँको वस्तु तथा सेवा मात्रै निर्यात गर्न सकेको जनाएको छ । आयात ०.१ प्रतिशतले बढेको छ भने निर्यात ७.६१ प्रतिशतले बढेको छ । भारतबाट सात महिनामा पाँच खर्ब ३१ अर्ब ९५ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने जम्मा ४९ अर्ब ९३ ...
नेप्से ३२ अङ्कले घट्यो

नेप्से ३२ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १०  आज शेयर बजार परिसूचक नेप्से करिब ३३ अङ्कले घटेको छ । जलविद्युत् र अन्यबाहेक अरू सबै समूहको शेयर ओरालो लागेपछि सोमबार नेप्से ३२.६७ अङ्कले घटेर २६ सय ७.६७ विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, व्यापारको झण्डै ९३ अङ्कले, होटलको २१ अङ्कले, विकास बैंकको ६५, माइक्रो फाइनान्सको ५७, फाइनान्सको १३, निर्जीवन बीमाको एक सय आठ र जीवन बीमा समूहको शेयर तीन सय ५१ अङ्कले घटेको छ । दुई सय सात कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर आठ अर्ब ४० करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३८ करोड २४ लाख र निफ्राको ३२ करोड १२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । निफ्राको शेयरमा सातौँ दिन पनि सकारात्मक सर्किट लागेको छ । आखु खोला जलविद्युत् र निफ्राका शेयरधनीले १० प्रतिशत कमाएका छन् । सेन्चुरी बैंक, सिभिल बैंक, मेगा बैंक र नबिल इक्विटी ...
सुनको भाउमा भारीगिरावट, आठ महिनायताकै सस्तो

सुनको भाउमा भारीगिरावट, आठ महिनायताकै सस्तो

आर्थिक, समाचार
पूर्णपुष्टि,फागुन ५ सुनको भाउ आज पछिल्लो आठ महिनायताकै सवै भन्दा सस्तो भएको छ । सुनको भाउ एकै दिन आज १ हजार १ सय रुपैयाँले घटेकोले सुनको भाउ प्रतितोला ८९ हजार ८ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजार र कारोबार नहुनु नै सुनको मूल्य घट्ने मुख्य कारण भएको महासंघले जनाएको छ । महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । हिजो सुन ९० हजार ९ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको भाउभन्दा २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा चाँदीको कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ । कोरोना कहरका कारण सरकारले सुन आयातको कोटा घटाउँदा बजारमा कच्चा सुनको चरम अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सामान्य अवस्थामा बजारमा दैनिक ४० किलोको दरले सुनको कारोबार ...