Saturday, August 15News That Matters

खेलकुद

सशस्त्र प्रहरीको सहयोगमा ब्याड्मिन्टन कवर्डहलको छानो मर्मत

सशस्त्र प्रहरीको सहयोगमा ब्याड्मिन्टन कवर्डहलको छानो मर्मत

खेलकुद, समाचार
पूर्णपुष्टि, असार २४ । सशस्त्र प्रहरीको सहयोगमा व्याड्मिन्टन खेलाडीहरुले त्रियुगा नगरपालिका १० बोक्सेस्थित कवर्डहलको छानो मर्मत कार्य भएको छ । वर्षातमा कवर्डहलमा पानी चुहुने भएपछि खेलमा अवरोध भईरहेको थियो । पुरानो कवर्डहल र नयाँ ब्याड्मिन्टन कवर्डहलबीचको जोडिएको छानोबाट पानी चुहुने गरेको थियो । उक्त ठाउँलाई सिमेन्ट लेपनसहित पानी नचुहुने गरी टाल्ने काम गरिएको छ । उक्त ठाउँमा पानीको निकास जानेगरी राखिएको पाईप सफा गर्ने काम पनि भएको छ । साथै कर्कटपाताको छानोको बीचबीचमा पनि प्वाल रहेको र पानी चुहुने गरेकोले टाल्ने काम भएको छ । कवर्डहलभित्र थप उज्यालोको लागि विजुली बत्ती थप जोड्ने काम पनि भएको छ । जिल्ला ब्याड्मिन्टन संघ उदयपुरका महासचिव रुवेन राईले वर्षातमा पानी नचुहुने गरी मर्मतको काम भएको बताउनुभयो । संघले केही आर्थिक जुटाइ मर्मतका लागि आवश्यक सामग्री खरिद गरेको र मर्मतका लागि बो...
बेलकाका मेयरले गरे ‘बास्केटबाल कोर्ट’काे सिलान्यास

बेलकाका मेयरले गरे ‘बास्केटबाल कोर्ट’काे सिलान्यास

खेलकुद, समाचार
पूर्णपुष्टि, असार २४ । उदयपुरको बेलका नगरपालिकाको बेलका जनता क्याम्पसमा ‘स्वास्थ्य जीवन बेलकाको अभियान अनुसासित खेलकुद युवाको पहिचान’ नाराका साथ बास्केटबाल कोर्टको शिल्यान्यास आज भएको छ । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले एक कार्यक्रमकाबीच सिलान्यास गर्नुभयो । नगर प्रमुख थापाले खेलकुदमा ब्यस्त भएमा मानसिक तनाव कम र व्यक्ति स्वस्थ्य हुने बताउनु भयो । उहाँले युवाका लागि बेलका नगरपालिकाले खेलकुदका प्रसंशा योग्य कार्यक्रम भएको  र आगामी वर्ष नगरले क्रिकेटमा पनि काम गर्ने बताउनुभयाे । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ को किरात चोकमा रहेको बेलका जनता क्याम्पसमा निमार्ण समितिका अध्यक्ष  तथा नेकपाका जिल्ला कमिटी सदस्य रमण भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस संचालनमा न्युन विद्यार्थी पहिलो समस्या रहेको बताउनुभयाे । अध्यक्ष  भट्टराईले क्याम्पस संचालनमा नगरले विशेष सहय...
बार्यनले जर्मन कपको उपाधि चुम्यो

बार्यनले जर्मन कपको उपाधि चुम्यो

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार २१ २० औं पटक जर्मन कपको उपाधि बार्यन म्युनिखले हात पारेको छ । गतराति भएको खेलमा बायर लिभरकुसेनलाई ४–२ गोलले पछि पार्दै बार्यनले जर्मन कपको उपाधि हात पारेको हो । योसँगै बार्यनले १३ औं पटक एकै सिजनमा २ वटा घरेलु उपाधि जित्न सफल भयो । खेलको १६ औं मिनेटमा अलाबाले १ गोल र २४ औं मिनेटमा नार्बीले देस्रो गोल गर्दै बार्यनले उपाधी चुमेको हो । त्यस्तै पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्यनको लागि ५९ औं मिनेटमा लेवान्दोस्कीले तेस्रो गोल गरे । ६३ औं मिनेटमा बन्डेरका गोलमा लिभरकुसेनले खेल तीन एकमा पुर्याएको थियो । तर ८९ औं मिनेटमा फेरि लेवान्दोस्कीले गोल गर्दै खेललाई चार एकको अवस्थामा पुर्याए । खेलको इन्जुरी समयको पाँचौ मिनेटमा लिभरकुसेनले पेनाल्टीमा गोल गर्दै खेल चार दुईको अवस्थामा ल्याएको थियो । यो जितपछि बार्यनले लगातार २६ खेलसम्म अपराजित रहने कीर्तिमान पनि बनाएको छ ...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार १९ इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । म्यानचेस्टर सिटीले लिभरपुललाई ४–० गोलले पछि पार्दै जित हात पारेको हो । सिटीको घरेलु मैदान बिहान भएको खेलमा खेलको २५ औं मिनेटमा पेनाल्टी मार्फत ब्रूइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै ३५ औं मिनेटमा स्र्टलिङले दोस्रो गोल गरे । ४५ औं मिनेटमा फोडेनले तेस्रो गोल गरे । पहिलो हाफमा ३ गोल खाएको लिग च्याम्प्यिन लिभरपुलले दोस्रो हाफमा गोल त फर्काउन सकेन नै उल्टै आफ्नै पोस्टमा गोल गरेको थियो ।...
सिरि ए फुटबलमा युभेन्ट्सको अग्रता

सिरि ए फुटबलमा युभेन्ट्सको अग्रता

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १७ सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोलले पछि पार्दै जित हात पारेको छ । गतराती घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको हो । युभेन्ट्सको पाउलो ड्याबालाले खेलको ५० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो ।  त्यस्तै ५६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले र ७३ औँ मिनटमा एन्ड्रिया पिनामोन्टीले गोल गर्दै जित दिलाएको थियो । घरेलु टोलीका लागि एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा एक गोल फर्काएका थिए । शीर्ष स्थानको युभेन्ट्सले ७२ अंक जोडेको छ ।...
साफ च्याम्पियनसिप आगामी वर्ष हुने

साफ च्याम्पियनसिप आगामी वर्ष हुने

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १६ यस वर्ष बङ्गलादेशमा हुने भनिएको १३ औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो । बङ्गलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो । बाह्रौँ साफ सन् २०१८ मा बङ्गलादेशको ढाकामा आयोजना गरिएको थियो । बाह्रौँ साफको उपाधि माल्दिभ्सले जितेको थियो । सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यसैगरी महिला र पुरुषतर्फ साफ यु–१५ च्याम्पियनसिप र साफ यु–१८ वुमन्स च्याम्पियनसिपबारे साफको अर्को बैठकले टुङ्गो लगाउने जनाईएकोे छ ।...
इंग्लिस प्रिमियर लिगमा बर्नलीको जित

इंग्लिस प्रिमियर लिगमा बर्नलीको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १६ इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले जित हात पारेको छ । गतराति भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि १–० गोलले पछि पार्दै जीत पारेको हो । क्रिस्टलको मैदानमा बर्नलीलाई जित दिलाउन बेन मीले ६२ औं मिनेटमा मीले गोल गरेका थिए । जितसँगै बर्नले तालिकाको आठौं स्थानमा छ भने पराजित भएको प्यालेस ११ औं स्थानमा छ । प्रिमियर लिगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसिकेको छ ।...
एफए कप फुटबलको सेमिफाइनलमा चेल्सी प्रवेश

एफए कप फुटबलको सेमिफाइनलमा चेल्सी प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार १५ एफए कप फुटबलको सेमिफाइनलमा चेल्सी प्रवेश गरेको छ । क्वाटरफाइनलमा लेष्टर सिटीलाई १ –० गोलले पछि पार्दै चेल्सी फाईनलमा प्रवेश गरेको हो । लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले खेलको ६३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । यस अघि म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा पुगिसकेका छन् ।...
एफए कपमा म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश

एफए कपमा म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १४ एफए कप फुटबलको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड प्रवेश गरेको छ । हिजो भएको खेलमा नर्विच सिटीलाई २–१ गोलले पछि पार्दै युनाइटेड फाईनलमा प्रवेश गरेको हो । नर्विचको खेल मैदानमा निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कप्तान ह्यारी मगायरले गोल गर्दै युनाइटेडलाई २–१ गोलको जित दिलाए । खेलको ५१ औं मिनेटमा ओडन इघालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७५ औं मिनेटमा तोड कान्टवेलले गोल गर्दै नर्विचलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।...
महिला विश्व कप फुटबल २०२३ दुई देशले आयोजना गर्ने

महिला विश्व कप फुटबल २०२३ दुई देशले आयोजना गर्ने

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १२ अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा सन् २०२३ मा हुने महिला फुटबल विश्व कपको आयोजना गर्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो । जापान हटेपछि अस्ट्रेलिया र न्युजिल्याण्ड संयुक्ता आयोजकको रुपमा सबैभन्दा अघि पुगेका थिए र संयुक्त दाबेदारीको बाटो पनि पक्का भएको हो । यो दाबेदारीले यस महिनाको सुरुवातमा फिफाबाट सर्वश्रेष्ठ आँकलन अङ्कलन पाएको थियो । अस्ट्रेलिया र न्युजिल्याण्डको दाबेदारीले सम्भावित ५ मा ४ दशमलव १ अङ्क पाएको थियो भने जापानले ३ दशमलव ९ अङ्क पाएको थियो । कोलम्बियाले २ दशमलव ८ अङ्क पाएको थियो । यो प्रतियोगिता सन् २०२३ जुलाई १० देखि अगस्ट २० तारिखसम्म आयोजना हुने तय भएको छ ।...