
ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी संसारको १० औँ स्थानमा
पूर्णपुष्टि, १९ माघ ।
ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी नदी संसारको १० औँ स्थानमा पर्ने जनाईएको छ । उदयपुर जिल्ला होटल तथा पर्यटन संघका अध्यक्ष डबिट बस्नेतका अनुसार सुनकोशी नदी हवाईट र्याफ्टिङका लागि उत्कृष्ट १० भित्र पर्ने जनाएको हो । सुनकोशीले उदयपुरको पनि बिभिन्न स्थानमा छोएको छ । त्रियुगा नगरपालिका वडा नं १४ मा पर्ने धाप्लाङघाट उदयपुर र्याफ्ङििको लागि राम्रो मानिन्छ । फोक्सिन्टारदेखी धाप्लाङघाट सम्म जंगल करिडोर रहेका कारण निकै राम्रो स्थान रहेको हो । यस पछि पानीको छालको लागि धाप्लाङघाट देखी कम्फुघाट सम्म उत्तम रहेको जनाईएको छ । उक्त स्थानमा अहिले र्याफ्टिङ तालिम संञ्चालन भैरहेको छ ।
बिहिबार देखी सुभारम्भ उक्त प्रशिक्षकमा त्रिनपा १४ को ७ र १५ को २ गरी ९ जना युवाहरुले सहभागी जनाएको छ । त्रियुगा नगरपालिका र १४ नं वडाको समेत बजेट लगानी रहेको उक्त प्रशिक्षण जिल्ला होटल तथा पर्यटन व्य...