Tuesday, June 30News That Matters

पर्यटन

लोमान्थाङसम्म सिधा यातायात संचालन

लोमान्थाङसम्म सिधा यातायात संचालन

पर्यटन, समाचार
भदौ २३ गते । नेपालको हिमालपारिका जिल्ला भनेर चिनिएको मुस्ताङको लोमान्थाङसम्म वर्षामा पनि यातायात चल्ने भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका छुसाङको मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भएपछि यातायात संचालन हुने भएको हो । उक्त पुल निर्माण भएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट सिधै लोमान्थाङ पुग्न सकिने भएको छ । कालीगण्डकीमा आएको बाढीले निर्माणाधीन पुललाई गत साउनमा क्षति पु¥याएपछि निर्माण अवधि लम्बिएको थियो । पुल निर्माण भएपछि तीन वटा ठूला मेसिन प्रयोग गरी डेढ हप्तामा पुलको दुईतर्फी ट्याक खोलिएको करिडोर सडक आयोजनाले जनाएको छ । उपल्लो मुस्ताङ जोड्ने कालीगण्डकी पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारीसाधनलाई सहज भएको यातायात व्यवसायीले बताएका छन् । मुस्ताङ गेटको पुल र लुप्रापान्डा खोलाको पुल बनेपनि कागबेनीको २५ मिटर लामो निर्माणाधीन पुल...
खुम्बु क्षेत्रमा ५८ हजार पर्यटक पुगे

खुम्बु क्षेत्रमा ५८ हजार पर्यटक पुगे

पर्यटन, समाचार
भदौ १६ गते ।  गत आर्थीक वर्ष २०७५/०७६ मा सोलुखुम्बुको खुम्बु क्षेत्रमा करिब ५८ हजार पर्यटक भित्रिएका छन् । उक्त क्षेत्रमा ५७ हजार ९ सय ९० जना पर्यटक भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार जोरसल्लेको तथ्यांकले देखाएको छ । खुम्बु क्षेत्रमा भित्रिएका पर्यटक मध्ये २ हजार ७ सय ७४  सार्क राष्ट्रका र अन्य देशका ५४ हजार ५ सय १५ जना रहेको तथ्याङककले देखाएको छ । सार्क राष्ट्रहरुबाट पुरुष २ हजार १ सय ७० र महिला ६ सय ४ जनाले मात्र खुम्बु क्षेत्रको भ्रमण गरेको थियो । अन्य देशका ३४ हजार ८ सय ६४ जना पुरुष र १९ हजार ६ सय ५१ जना महिला खुम्बु क्षेत्रको भ्रमण गरेको तथ्याङ्कले देखाएको छ । त्यस्तै गत आर्थिक वर्षमा ७ सय १ जना अन्तरिक पर्यटकले पनि खुम्बु क्षेत्रको भ्रमण गरेको थियो । त्यस ६ सय ४८ जना पुरुष र ५३ जना महिला रहेको तथ्याङ्कले देखाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जमा २०७५ सालको क...
एयरपोर्ट र होटेलमा यतीको मुर्ती

एयरपोर्ट र होटेलमा यतीको मुर्ती

पर्यटन, समाचार
भदौ ११ गते । नेपाल भ्रमण वर्षका लागि मुख्य मस्कटका रुपमा छनोट भएका यतीको मुर्ती एयरपोर्ट र ठूला होटलमा राख्नु पर्ने भएको छ । नेपाली कलाकारले निर्माण गरेको यतीको मुर्ती मौलिक पहिचानको रुपमा राख्न पर्ने भएको हो । यस यतीको मुर्तीलाई विदेशका विभिन्न शहरमा समेत प्रदर्शन गर्ने तयारी गरेको छ । विश्वका धेरै देशले पहिचानको रुपमा मस्कटलाई प्रवर्द्धन गर्ने भएकाले नेपालले पनि यतीको प्रवर्द्धन लागेको जनाईएको छ । यती हिममानव नेपालमा मात्र पाइने विश्वास गरिन्छ । पर्वतारोहणका दौरान केही आरोहीले हिमालमा यतीको पाइला देखेको बताउने गरेका छन् । कलाकारले निर्माण गरेका मस्कट होटेलहरुले पैसा तिरेर खरिद गर्ने व्यावस्था मिलाईएको छ । तर ग्राहकको इच्छा अनुसार विभिन्न मौलिक पहिचान झल्कने पेन्टिङमा सजाउने बनाईने छ ।...
मनमोहक दूधकुण्ड

मनमोहक दूधकुण्ड

पर्यटन, समाचार
भदौ ७ गते । प्राकृतिक सुन्दरताले भरिपूर्ण मनै लोभ्याउने दुधकुण्ड ताल खासै विकास भएको पाईदैन । प्राकृति सौदर्यतासँगै किराँत, हिन्दु, बौद्ध धर्मलम्बीहरको एक आस्थाको धरोहर पनि हो । समुन्द्रि सतहदेखि करिब ४७ सय मिटर उच्चाईमा असंख्य हिमालहरुको काखमा रहेको तालमा पुजा आरधना गर्न र तालको सौदर्यतासँग खेल्न अनि रमाउन विभिन्न जिल्लाबाट समेत आउने गरको छ । सोलुखुम्बुको टाक्सिन्दु नुम्बुर तथा कार्यालुङ हिमालको काखमा दूधकुण्ड ताल अवस्थित छ । दुवै हिमालबाट आएको पानी जमेर ताल निर्माण भएको हो । धार्मीक महत्व बोकेको तालमा प्रत्यक वर्षको जनैपूर्णिमा मेला लाग्ने गर्दछ । मेलामा छिमेकी जिल्ला रामेछाप, ओखलढुंगा, खोटाङ, उदयपुर तथा काठमाण्डौबाट मानिसहरु र विदेशी पर्यटकहरु पनि तालको सुन्दरता हेर्न आउने गर्दछन् । सुन्दर ताल, नजिकैबाट देख्न सकिने २ वटा हिमाल रहेको प्राकृतिक सौदर्यताले भरिपूर्ण ठाउँ ...
कटारी महोत्सव असोज ११ देखि १७ सम्म हुने

कटारी महोत्सव असोज ११ देखि १७ सम्म हुने

पर्यटन, समाचार
ऋषि राई  कटारी/साउन, २८ गते । उदयपुरको कटारीमा प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । कला संस्कृतिको संरक्षण प्राकृतिक सम्पदा र पर्यटन प्रवद्धृन तथा स्रष्टा सम्मान हाम्रो अभियान भन्ने मूल नाराका साथ आगामी असोज ११ गतेदेखि १७ गतेसम्म महोत्सव हुने भएको हो । कटारी नगरपालिकाको आयोजनामा हुने महोत्सवको लागत २८ लाख बढी हुने अनुमान गरिएको छ । आज कटारीका पत्रकारहरुसँग अनौपचारिक छलफल गर्दै महोत्सव संञ्चालक समितिका सचिव नेत्र बहादुर राईले अहिले प्रायोजक र सह प्रायोजकको टुंगो लगाउने कामको प्रकृया अन्तिममा पुगेको बताउनुभयो । त्यसैगरी समितिका अध्यक्ष टेकराज लाङ्घाली मगरले महोत्सब सफल पार्न सबैलाइ सहयोगको अपिल गर्नुभयो । महोत्सवका लागि कटारी नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ बाट १५ लाख बजेट समेत छुट्याएको छ । महोत्सवका लागि आज नै नगरपालिकासँग सम्झौता भईसकेको पनि समितिले...
लिभरपुलको शानदार जित

लिभरपुलको शानदार जित

पर्यटन, समाचार
साउन २५ गते । इंग्लिस प्रिमियर लिगका पहिलो खेलमा लिभरपुलले शानदार जित हात पारेको छ ।  गएराति एन्फिल्डमा भएको खेलमा नर्विचलाई ४–१ गोलले पछिपार्दै जित हात पारेको हो । खेल सुरु भएको ७ औँ मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गरे । १९ औं मिनेटमा मोहम्मद सलाले गोल गरे भने २८ औं मिनेटमा भर्जिल भान डाइकले अर्को गोल गरे । त्यसैगरी ४२ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलको सानदार जित भएको थियो । पहिलो हाफमै ४–० को गोल गरेका लिभरपुलको गोल रक्षक एलिसन घाईते भएर मैदान बाहिरिएपछि  मौकाको फाईदाउ उठाउदै दोस्रो हाफमा नर्विच सिटीका टिमु पोक्कीले एक गोल गर्दै चित्त बुझाएको थियो ।...
रुपाताल घेम्ने ५ किमिको ईको ट्रेल

रुपाताल घेम्ने ५ किमिको ईको ट्रेल

पर्यटन, समाचार
साउन १९ गते ।  तेस्रो ठूलो ताल रुपाताल घुम्नको लागि ५ किमि दुरीको वातावरणमैत्री पदमार्ग निर्माण गरिने भएको छ । कास्किमा अवस्थित रुपाताल मानव अतिक्रमणमा परेकाले संरक्षण गर्ने उद्देश्यका साथ पर्यटकीय आकर्षणको केन्द्र बनाउे लक्ष्य लिएर काम थालिएको हो । प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजना कार्यान्वयन थालिएको छ । यस परियोजनाको वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको छ । फेवातालमा मात्रै पर्यटक केन्द्रित भएको बेला रुपातालमा बन्ने पूर्वाधारले प्राकृतिक वातावरण संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने आशा लिएको छ । सरकारले पञ्चवषिर्य योजनाको रुपमा परियोजनाको लागि ४ अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । स्थानिय तहबाट हुने आयोजनाको कामहरु शुरु भइसकेको रुपा गाउँपालिकाले जनाएको छ ...
गैंडा आहालको संरक्षणका लागि काम थालिने

गैंडा आहालको संरक्षणका लागि काम थालिने

पर्यटन, समाचार
ऋषि राई  कटारी, असार २५ गते । उदयपुरको कटारी नगरपालिका ५ स्थित सामुदायिक वन क्षेत्रमा पर्ने ऐतिहासिक गैंडा आहालको व्यवस्थापन गर्दै पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने भएको छ ।  प्रचारप्रसार र उचित संरक्षण अभावमा पर्यटनको सम्भावना बोकेको मनोरम गैंडा आहाललाई कटारी नगरपालिकाले डिपिआर तयार गरेर नै व्यवस्थित गदैं संरक्षण गर्ने भएको हो । १५ वर्षअघि जिल्ला विकासअन्तर्गत जीटीजेडको सहयोगमा पोखरी संरक्षणका लागि सामान्य बाँध लगाइएको थियो । त्यसयता कुनै काम हुन सकेको छैन । वनभोजस्थल निर्माण गर्ने चर्चा बेलाबेला चलाए पनि थप काम हुन सकेको छैन् । कटारी नगरपालिकाले आर्थिक वर्ष २०७६।७७को नीति तथा कार्यक्रमबाटै आहालको संरक्षण गर्ने तयारी थालेको छ । ‘वार्षिक नीति तथा कार्यक्रममै आहालको व्यवस्थापनका लागि कार्यक्रम बनाईएकाले तुरुन्त काम थाल्ने छौं ।’कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले...
हलेसी र लिम्चुङबुङ जोड्ने केबुलकारको सम्भाब्यता अध्ययन

हलेसी र लिम्चुङबुङ जोड्ने केबुलकारको सम्भाब्यता अध्ययन

पर्यटन, समाचार
उदयपुर, असार ९ गते । उदयपुर, असार ८ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यूटप र खोटाङको हलेसीधाम जोड्नेगरी केबलकार सञ्चालनको निम्ति सम्भाब्यता अध्ययन भएको छ । पालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार केबुलकार सम्बन्धी काम गरिरहेका प्राविधिकसहितको तीनजनाको टोलीले सम्भाब्यता अध्ययन गरेको हो । पालिकासंगको समन्वयमा हलेसी महादेव केबुलकार प्राईभेट लिमिटेडको पहलमा सम्भाब्यता अध्ययनपछि एभरेष्ट भ्यूटव केबलकारका लागि उपयुुक्त ठाउँको रुपमा पहिचान गरिएको अध्यक्ष राईले बताए । सम्भावना राम्रो देखिएकाले अबका दिनमा पूर्णरुपले अध्ययन र योजना निर्माण गर्ने निस्कर्षमा टोली पुगेको छ । पर्यटकीय हिसावले प्रख्यात हलेसी र लिम्चुङबुङ वारीपारी रहेकाले केबुलकारको सम्भावना देखिएको हो । पछिल्लोसमय लिम्चुङबुङको एभरेष्ट भ्यूटव रमणीय हिमश्रृङ्खला दुष्यावलोकन तथा घुमफिरको लागि रमणीय स्थलको रुपमा परिचित...
लिम्चुङ्बुङको मगर होमस्टेमा अर्गानिक खाना लोकप्रिय

लिम्चुङ्बुङको मगर होमस्टेमा अर्गानिक खाना लोकप्रिय

आर्थिक, पर्यटन, समाचार
अनिसा थापा मगर / प्रशिक्षार्थी पत्रकार ताम्लिछा, असार १ गते । उदयपुरको लिम्चुङ्बुङमा संचालित मगर होमस्टेमा स्थानीय अर्गानिक खाना तथा परिकार लोकप्रिय बनेको छ । गत वर्षदेखि संचालनमा आएको होमस्टेमा पाहुनाहरुले स्थानीय अर्गानिक खाना तथा परिकारहरु मन पराएपछि लोकप्रिय बन्दै गएको हो । लिम्चुङ्बुङ गाउँपालिका – २ ताम्लिछा डाँडागाउँमा गत वर्षको फागुनदेखि होमस्टे संचालन भएको थियो । मगर जातीको बाहुल्यता भएको सो गाउँमा १० घर होमस्टे संचालित छन् । होमस्टेमा मगर जाती विशेष तथा स्थानिय परिकारको स्वाद लिन सकिने र मगर जातीको पहिचान झल्काउने सास्कतिक कार्यक्रम पनि हुने गरेको संचालक कृष्ण दलार्मी मगरले बताए । स्थानीय स्तरमा उत्पादन भएको अर्गानीक खाना तथा परिकारमा कोदोको सेलरोटी, भुटेको मकै भटमास, गुन्द्रूकको अचार, सिस्नु, कोदोको ढिडो, स्थानीय जातका दाल, लोकल कुखुराको मासु, बंगुरको मासु लगायतका खान...