चन्दको मेरी ज्यानु बजारमा
मायामा डुब्ने मायालुहरुको भावलाई समेटेर तयार पारिएको कलाकार तथा निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ को “मेरी ज्यानु....” बोलको मौलिक नेपाली लोक झ्याउरे गीत र भिडियोले बजारमा चर्चा बटुलेको छ ।
रंगपत्रकारितामा विगत डेढ दशकदेखि कलम चलाउँदै लामो समयदेखि नेपाली कलाक्षेत्रमासमेत सक्रिय चन्द आफ्नो नविनतम प्रस्तुति ‘मेरी ज्यानु’ लिएर आएपछि बजारमा चर्चा बटुलेको हो ।
चन्दको मेरी ज्यानुले नेपाली साँगितिक बजारमा तताएर चर्चामा आउन सफल भएको छ । रंग पत्रकारिताबाट चन्दले गीत लेखनमासमेत हात हालेका हुन् । लोकलयमा गीत लेख्न रुचाउने उनको तामाङ सेलो गीत र झ्याउरे लयको मेरी ज्यानु बोलको गीत रेकर्ड भैसकेको र एउटा लोकलयको गीत रेकर्डिङको तयारीमा रहेको छ ।
चन्दको नविनतम लोकलयको यो ‘मेरी ज्यानु’ बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ । उनको यो प्रस्तुति नेपाली गीत संगीतको क्षेत्रमा पृथक किसिमको रहेको बताइन्छ ...









