Friday, August 14News That Matters

शिक्षा

जाल्पाको प्रयासमा ४ बालबालिकाले विद्यालय पढ्न पाए

जाल्पाको प्रयासमा ४ बालबालिकाले विद्यालय पढ्न पाए

शिक्षा, समाचार
पूणर्पुष्टि, असोज १ जाल्पा एकिकृत विकास समाज एक सामाजिक संस्था हो । यो संस्था विषेश गरीे पहाडी तथा दुर्गम स्थानमा वसेका जनताहरुको स्थर उन्नतीका लागि सामाजिक, आर्थिक, विपद जोखिम, विकास निर्माण, कृषि सँगै शैक्षिक क्षेत्रमा समेत काम गर्दै आएको संस्था हो । उदयपुर जिल्लाको बिभिन्न क्षेत्रहरुमा रहेर कामहरु गर्ने क्रममा उदयपुरको रौतामाई गाउँपालिका लाफागाउँमा रुढीबाढी संस्कारमा हुर्किएको एक परिवार भेटियो  । यो समयमा पनि अझै अविभावकहरुमा छोराछोरीलाई विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने कुरा त्यो परिवारमा थाहानै थिएन । विद्यालयको कुरा गर्ने बित्तिकै आक्रोस पोख्ने परिवारलाई जाल्पा एकिकृत विकास समाजको प्रयासमा शिक्षाबाट बन्चित बनेका ४ जना बालबालिकाहरुलाई विद्यालयबाट शिक्षा प्रदान गर्ने अवसर मिल्यो ।  गाउँका सबै विद्यालय जान्थे यो देखेर आफु कस्तो परिवारको मान्छे हो भन्दै छक्क पर्दै आएका ति ब...
जाल्पाद्धारा बिपन्न बाल बालिकालाई स्टेस्नरी सहयोग

जाल्पाद्धारा बिपन्न बाल बालिकालाई स्टेस्नरी सहयोग

शिक्षा, समाचार
मिलन परियार  गाईघाट,भाद्र २९   जाल्पा एकीकृत बिकास समाज उदयपुरले २ सय ३१ जना अति बिपन्न विद्यार्थी बालबालिकाहरुलाई स्टेसनरी सहयोग गरेको छ । जनप्रेमी आधारभुत बिद्यालयका विद्यार्थी बालबालिकाहरुलाई राष्ट्रिय बालदिवसको अवसर पारी शैक्षिक सामाग्री स्टेसनरी सहयोग गरेको हो । विद्यालयको आयोजनामा बाल दिवसको अबसरपारी “बिपतमा बाल अधिकार को सुनिस्चितता हामी सबै को साझा प्रतिबद्धता “ भन्ने मुल नारा लाई आत्मा साथ गर्दै स्टेसनरी सहयोग गरेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुस्पराज पोखरेलले बताउनुभयो । जाल्पा एकीकृत बिकास समाज उदयपुरले गरिब तथा बिपन्न बाल बालबालिकाको क्षेत्रमा लामोसमय देखी  काम गर्दै आएको र अझै यस्ता सामाजिक कार्यहरु थप गर्दै जाने अध्यक्ष पोखरेलले बताउनुभयो । गाईघाटको आसपासमै रहेको भएपनि विद्यालयलाई सरोकारवाला तथा सम्बन्धित निकायहरुले कुनै ध्यान नदिएको विद्यालयका...
शैक्षिक सत्र खेर जादैन : मन्त्री पोखरेल

शैक्षिक सत्र खेर जादैन : मन्त्री पोखरेल

शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ १७ कोरोनाले बन्द भएको सवै तहको शैक्षिक सत्र खेर नजाने गरी कार्यतालिका बनाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्र्तरक्रियामा बुधबार उहाँले कोभिड–१९ को महाकारीले शैक्षिक सस्था बन्द भएपनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिक सत्र पूरा गर्ने बताउनुभयो । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा मन्त्रि पोखरेलले राख्नु भएको छ । उहाँले वैकल्पिक सिकाइका लागि सरकार अन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको पनि बताउनुभयो  । उहाले भन्नुभो ‘मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव गरेको छु । प्रधानमन्त्रीले पनि त्यसलाई सकारात्मक...
दशैँ पहिला नै कक्षा १२ को परीक्षा हुने

दशैँ पहिला नै कक्षा १२ को परीक्षा हुने

शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ १६ कक्षा १२ को परीक्षामा दशैँ अगावै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डले कक्षा ११ र १२ का विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जनाईएको छ । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् । बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ । कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको ...
संगम सामुदायीक पुस्तकालयलाई ४ लाख बराबरको पुस्तक सहयोग

संगम सामुदायीक पुस्तकालयलाई ४ लाख बराबरको पुस्तक सहयोग

शिक्षा
पूणर्पुष्टि, भदौ १५ संगम सामुदायीक पुस्तकालयलाई नेपाल लाइव्रेरी फाउन्डेसनले ४ लाख बराबरको १३ सय ओटा पुस्तक सहयोग गरेको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आइतबार फाउन्डेसनले बिभिन्न विद्याका १३ सय ओटा पुस्तक वितरण गरेको हो । दिवसको अवसरमा संगम सामुदायीक पुस्तकालयले आयोजना गरेको एक कार्यक्रममा पुस्तकालयको गतिविधिको समिक्षा सँगै पुस्तक हस्तान्तरणको कार्यक्रम गरिएको थियो । फाउन्डेसनको महासचिव धन कुमार श्रेष्ठले पुस्तकालयका अध्यक्ष भरत खड्कालाई पुस्तक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा पुस्तक हस्तान्तरण सँगै अन्य कार्यक्रम पनि गरिएको थियो । पुस्तकालयलाई बिभिन्न समयमा सामाजिक सहयोग तथा भौतिक कार्यमा सहयोग पुराउने दुइ जनालाई सदस्यता प्रदान समेत गरेको छ । पुस्तकालयले मोहन निरौलालाई मानर्थ सदस्य र नेपाल निजामती कर्मचार संगठनका अध्यक्ष निर्मला निरौलालाई आजिवन सदस्य समेत प्रदान गरेको हो...
त्रिविका वार्षिक परीक्षा दशैंअघि नहुने

त्रिविका वार्षिक परीक्षा दशैंअघि नहुने

शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ १३ त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैंअघि नहुने भएको छ  । कारोनाको सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको हो । वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसअघि लकडाउन खुलेसँगै गाडी चल्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । तर अब त्रिवि दशैंअघि परीक्षा गर्ने योजनाबाट पछि हटेको छ । मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी भएको छ । पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ ।...
‘नो अब्जेक्सन लेटर’ वितरण गर्ने निर्णय

‘नो अब्जेक्सन लेटर’ वितरण गर्ने निर्णय

शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ १० सरकारले विदेशमा अध्ययन गर्न जानेहरुका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ । विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ दिदै आएको छ । विदेश अध्ययनका लागि विद्यार्थीहरुको रोजाइमा अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, चीनलगायतका देश पर्दछन् । नो अब्जेक्सन लेटर लिनेहरुको संख्या हरेक वर्ष बढ्दो छ ।...
कक्षा ११ मा सङ्काय छुट्याउन नपाइने व्यावस्था

कक्षा ११ मा सङ्काय छुट्याउन नपाइने व्यावस्था

शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ ७  अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना गर्न नपाइने भएको छ । पहिला जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो । यस पटकबाट विद्यालयले पहिला जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने भएको जनाईएको छ । यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छ वटा विषय अध्यापन गराईने भएको छ । विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–...
तत्काल त्रिविको परीक्षा नहुने

तत्काल त्रिविको परीक्षा नहुने

शिक्षा, समाचार
पूर्णपुष्टि, साउन ३० त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको हो । यसअघि बन्दाबन्दी  खुलेसँगै परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । स्थिति सहज भएपछि परीक्षाको तयारी गरे पनि अहिले फेरि सङ्क्रमण बढेकाले परीक्षा पुनः स्थगन गरेको जनाएको छ । त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ  । अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको पनिकाले जनाएको छ । सामान्य अवस्था भए पनि डीन कार्यालय नै परीक्षाको तयारी गर्ने जनाईएको छ । भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि  विद्यार्थी काठमाण्डौ आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि गत सोमबार बसेक...
व्यवस्थापन संकायको परीक्षा स्थगित

व्यवस्थापन संकायको परीक्षा स्थगित

शिक्षा, समाचार
पूर्णपुष्टि, साउन २७ भदौको दोस्रो हप्तादेखि सुरु हुन लागेको त्रिवि व्यवस्थापन संकायको परीक्षा स्थगित भएको छ । कोरोना संक्रमण बढिरहेको तथा विभिन्न जिल्लामा निषेधाज्ञा चलिरहेकाले भदौ दोस्रो हप्ता हुने भनिएको स्नातक र स्नातकोत्तर तहको परीक्षा स्थगित गर्ने निर्णय भएको सहायक डिन प्राध्यापक डाक्टर ध्रुववकुमार गौतमले निकालेको सूचनामा उल्लेख छ । लकडाउन हटेसँगै त्रिविको व्यवस्थापन संकायले भदौ दोस्रो हप्ता परीक्षा लिने तयारी गरेको थियो ।...