अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध
काठमाडौँ, चैत ९ ।
अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध भएको छ ।सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि निर्णय नै रद्ध भएको छ ।
छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । तर किन निर्णय रद्ध गरियो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन । छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुशी भएकाहरु अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुखि भएका छन् ।
छात्रालाई विद्यालय जान दिने निर्णय तत्काल कार्यान्वयन नहुने हो रु भन्ने पत्रकारहरुको प्रश्नमा तालिवान प्रवक्ता इनामुल्लाह सामाङ्गानीले भन्नुभयो, “हो, त्यो सत्य हो ।” सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै ब...









