Wednesday, August 26News That Matters

समाचार

आज मुख्यमन्त्रि राई भुल्के आउँदै

आज मुख्यमन्त्रि राई भुल्के आउँदै

समाचार
पूर्णपुष्टि, बैशाख १३ गते । नेपालमै सवै भन्दा बढी कोरोना सक्रमित फेला परेको भुल्केमा आज १ न. प्रदेशका मुख्यमन्त्रि शेरधन राई आउँदैहुनुहुन्छ  । सवै भन्दा बढी कोरोना संक्रमित फेला परेको त्रियुगा नगरपालिका–३ भुल्केको अनुगमन गर्न मुख्यमन्त्रि राई आउन लाग्नुभएको हो । भोजपुरमा पहिलो पटक कोरोना संक्रमित फेला परेको हतुवागढी गाउँपालिकाको होमताङ र कटारीको बेलस्रोत क्वारेन्टाईनको समेत मुख्यमन्त्रि राईले अनगमन गर्नु भएपछि भुल्के आउनुहुने जनाईएको छ । उहाँले कोरोना ग्रस्त क्षेत्र भुल्केको अनुगमन गर्न आउन लाग्नु भएको हो ।...
लिम्चुङ्बुङमा दुइ हजार तीनसय बहत्तर घरधुरी लाई मकैको बीउ बितरण

लिम्चुङ्बुङमा दुइ हजार तीनसय बहत्तर घरधुरी लाई मकैको बीउ बितरण

समाचार
मिलन परियार लिम्चुङ्बुङ बैशाख १३ लिम्चुङ्बुङ गाउँपालिकाले पालिकाका कृषकहरुलाई मकैको विउ वितरण गरेको छ । लिम्चुङ्बुङ कृषि शाखाका काअनुसार पालिकाले आ.ब २०७६/०७७ बाट बिनियोजन गरेको रु १७ लाख बजेट बाट पालिकाका ५ वटै वडाका कृषकहरुलाई विउ वितरण गरेको कृषि शाखा प्रमुख गगन राईले जानकारी दिनुभयो । राईका अनुसार २३७२ घरधुरी लाई मनकामना ३ जातका मकैको बिउ बितरण गरेको जनाएको छ । ५ ओटै वडामा जम्मा १८ हजार ४ सय ८८ केजि बिउ बितरण गरेको शाखा प्रमुख राईले जानकारी दिनुभयो । गत वर्ष पालिका भरिकै कृषकहरुको पानी नपर्नाले मकै नष्ट भएपछि विउ वितरण गरेको पालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । राइले गत बर्षनै पालिकाले यस्तो समस्या भोगे सँगै पालिका लाई सुख्खा क्षेत्र घोषण गरेको थियो । गाउँपालिका स्थित बास्बोटे, बाराहा  बलम्ता, ताम्लिछा र जाँतेमा अघिल्लो बर्ष पहिलो चरण बैशाखमा छरेको मकै खडेरिका कारण ...
आज देखि रमजान पर्व सुरु, घरमै नवाज पढ्न आयोगको आग्रह

आज देखि रमजान पर्व सुरु, घरमै नवाज पढ्न आयोगको आग्रह

समाचार
पूर्णपुष्टि, बैशाख १३ गते ।  इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान आजदेखि सुरु भएको छ भने घरमै बसेर नवाज पढ्न मुस्लिम आयोगले आग्रह गरको छ । एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बी दिउँसो निराहार बस्छन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना, नवौँ महीना हो । दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु यो महीनाको ठूलो विशेषता हो । नबालक, बिरामी, रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । रमजानमा नमाज लगायत सवै धार्मिक काम घरभित्रै बसेर पूरा गर्न मुश्लिम आयोग र अगुवाहरुले आग्रह गरेका छन् । मुस्लिम आयोगले रमजान पर्वमा मस्जिदमा भेला नभई घरमा नै बसी इवादत गर्न र नवाज पढ्न मुस्लिम समुदायलाई आग्रह गरेको छ ।...
आज प्रथम कम्युनिष्ट प्रधानमन्त्रि मनमोहन अधिकारीको स्मृति दिवस

आज प्रथम कम्युनिष्ट प्रधानमन्त्रि मनमोहन अधिकारीको स्मृति दिवस

समाचार
पूर्णपुष्टि, बैशाख १३ गते ।  आज नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस परेको छ । गत वर्षहरुमा अधिकारीको सम्झनामा भब्य कार्यक्रमहरु हुने भएपनि यस वर्ष कोरोना भाईरसका कारण औपचारिक कार्यक्रम भएन । विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । लामो राजनीतिक संघर्षका क्रममा अधिकारीले १७ वर्ष जेल जीवन विताएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा भारत छोडो आन्दोलनमा सहभागि हुँदा अधिकारी बनारसमा जेल परेकोे थियो । जेलमा भित्र भारतीय कम्युनिष्ट नेतासँगको भेटघाटले अधिकारीलाई कम्युनिष्ट पार्टीमा संगठित गरायो । २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व अधिकारले गरेको थियो । अधिकारी २०५१ सालमा नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्नेको हो । अधिकारीको नेतृत्वको ९ महिने ...
आज मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

आज मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख १३ गते । आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो । अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु ठाउँको मौसम खुल्दै बादल लागिरहेको अवस्था रहेको महाशाखाले जनाएको छ । राती पनि केहि ठाउँमा पानी पर्ने सम्भावना छ । यसैगरी आइतबार र सोमबार पनि देशका केही ठाउँमा मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकोे छ ।...
कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १३ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ । दई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा २८ लाख २६ हजार छ सय ७४ जनामा कोरोना पुष्टि भएको हो । उक्त संख्यामा मध्ये सात लाख ८१ हजार दुई सय ५४ जना निको भएका छन् भने १८ लाख ४८ हजारभन्दा बढीको उपचार भईरहेको छ । त्यस्तै एक लाख ९६ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक लाख तीन हजारभन्दा बढी नयाँ बिरामी थपिएका छन् भने छ हजारभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म सवै भन्दा बढी अमेरीकामा मृत्यु भएको जनाईएको छ । अमेरिकामा मात्रै नौ लाख २३ हजार छ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५२ हजार ९२ जनाको मृत्यु भएको वल्डओमिटरले जनाएको छ । इटालीमा साढे २५ हजारभन्दा बढी, स्पेनमा साढे २२ हजारभन्दा बढी, फ्रान्समा २२ हजारभन्दा बढी र बेलायतमा साढे १९ हजारभन्द...
कोरोना निको युवतीले भनिन् -सक्दो तातोपानी र पौष्टिक आहार सेवन गरे

कोरोना निको युवतीले भनिन् -सक्दो तातोपानी र पौष्टिक आहार सेवन गरे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ । कोरोना संक्रमित भइ अस्पतालको आइसोलेशनमा बसेर निको भएकी एक युवतीले उपचारकालको स्मरण गर्दै तातोपानी र पौष्टिक आहार खाएको बताएकी छिन् । बागलुङकी १९ वर्षिया अंशु सापकोताले दैनिक सकेसम्म धेरै तातोपानी पिएको बताएकी छिन् । उनी पाँचौ कोरोना संक्रमित हुन् । उनको आजै धौलागिरी अञ्चल अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले भनिन् ‘अस्पतालमा तातोपानी र पौष्टिक आहार खान भन्नुहुन्थ्यो, मैले पनि त्यही गरें,’ माछामासु, अन्डा र दूध पनि नियमित खाएको र पोसिलो खानाले एन्टिबडी निर्माण भइ पनि निको भएको हुन सक्ने उनले बताएकी छिन् ।  एनले गाउँमा गएर सचेतना फैलाउने बताएकी छिन् ।  ...
रमजानपर्व घरमै मनाइदिन मुस्लिम आयोगको आव्हान

रमजानपर्व घरमै मनाइदिन मुस्लिम आयोगको आव्हान

समाचार
पूर्णपुष्टि, वैशाख १२ । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले भोलीदेखि सुरु हुने मुस्लिम समुदायको महान्पर्व रमजान देशको विषम् परिस्थितिका कारण घरमै मनाइदिन आव्हान गर्नुभएको छ । उदयपुरको भुल्केमा समाती समुहमा ठूलो संख्यामा कोरोना संक्रमण भेटिएकोप्रति सचेत गराउदै सामुहिकरुपमा नमनाउन आव्हान गर्नुभएको हो । मस्जिदमा नमाज नपढेर घरमै पढिदिन आव्हान् गर्दै उहाँले विरगंजबाट सुरु भएको संक्रमण, ठूलो रुपमा उदयपुरमा देखिएकाले सम्बेदनशिल भइदिन आग्रह गर्नुभयो । देशप्रति बफादार र इमान्दार मुस्लिम समुदायले विगत जस्तै यो पटक पनि देशलाई संकट परेको बेला सरकारलाई सहयोग गर्ने आशा उहाँले व्यक्त गर्नुभयो । सामुहिक ब्रतलाई पनि यसपटक सामुहिक नगरेर घरमै बसिदिन र छरछिमेककोमा नजान र नबोलाउन आग्रह गर्नुभयो । कोरोनाबाट बच्न एकमात्र उपाय सामाजिक दुरी र लकडाउनको पूर्ण पालना भएको बताउनुभयो । रोग कुनै जाती, समु...
प्रदेश १ कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख

प्रदेश १ कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख

आर्थिक, समाचार
पूर्णपुष्टि, वैशाख १२ । प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । यो कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो । यो कोषमा विभिन्न संघसंस्था, वित्तिय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारी लगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिनुभयो । कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्य प्रसाद राईले जानकारी दिनुभयो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।...
प्रदेश १ मा तीन जिल्लामा कोरोना संक्रमण देखियो पुग्यो ३०, देशभर ४९

प्रदेश १ मा तीन जिल्लामा कोरोना संक्रमण देखियो पुग्यो ३०, देशभर ४९

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १२ । प्रदेश १ को उदयपुरमा पहिलो पटक देखा परेको कोरोना संक्रमण, थप दुई जिल्लामा पनि देखिएको छ । हिजो भोजपुर र आज झापामा संक्रमित पुष्टि भएको हो । उदयपुरमा २८ जना रहेकामा भोजपुर र झापा एक÷एक गरी अव प्रदेशमा ३० जना पुगेको छ । देशभारमा आजसम्ममा ४९ संक्रमित पुगेका छन् । जसमा ७ जना उपचारबाट निको भइ फर्किएका छन् । आजसम्म प्रदेशमा पीसीआर विधिबाट जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन् । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार १ सय ६३ जना पुगेको छ । ४३ जना डिस्चार्ज भएक...