Monday, August 24News That Matters

समाचार

माक्स र स्यानिटाईजरमा कालोबजारी गर्ने ४ मेडिकललाई २(२ लाख जरिवाना

माक्स र स्यानिटाईजरमा कालोबजारी गर्ने ४ मेडिकललाई २(२ लाख जरिवाना

समाचार, स्वास्थ्य
फागुन, २८ कोरोना भाईरसका कारण बजारमा माक्स र स्यानिटाइजरको माग बढ्दो अवस्थाको कारण मेडिकलहरुले कोलोबजारी र मुल्य बढाएर बेचेको आरोपमा उपत्यकामा ४ मेडिकललाई २–२ लाख जरिवाना गराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन शाखा निर्देशक सागर मिश्रले ती मेडिकल तथा औषधि पसलहरुले बढी मुल्यमा वस्तु बिक्री गरेको भेटिएका कारण कारबाही गरिएको बताए । मिश्रले बढी मुल्यमा विल काटिरहेको र बस्तु पनि बढि मुल्यमै बेचिरहेको पाएको बताउँदै । कैलालीको धनगढीमा बढी मूल्यमा मास्क बेच्ने न्यू सोसिल श्रिंगार गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ। ५ रुपैयाँ पर्ने मास्कलाई ४० रुपैयाँसम्ममा बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले कारबाही गरेको हो । पुल्चोकको विद्या अल्का फार्मेसी (युनिट(क) र गौतम फार्मेसी एण्ड डाइग्नोस्टिक सेन्टर जावलाखेलको सदिक्षा मेडिकल हल र कुपण्डोलको शुभ सर्जिकल सप्ल...
उदयपुरमा १७ माेटरसाईकल र २२ मानिस प्रहरी नियन्त्रनमा

उदयपुरमा १७ माेटरसाईकल र २२ मानिस प्रहरी नियन्त्रनमा

समाचार
पूर्णपुष्टि, फागुन २७ । हाेली पर्वकाे दिन उदयपुरमा नियम उलङ्घन गर्ने १७ माेटरसाईकलसहित २२ जना प्रहरी नियन्त्रनमा परेका छन् । २२ मध्ये ४ जना महिला रहेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार हाेलीका दिन नियम उलङ्घन गरि माेटरसाईकलमा ३ जना चढ्ने, मादक पदार्थ सेवन गरेर हाेहल्ला गर्नेहरुलाई नियन्त्रनमा लिएकाे हाे । प्रहरीले सम्झाउने र सचेत गराउने काम गर्दा पनि अटेर गरि नियम उलङ्घन गरेकाले उनीहरुलाई नियन्त्रनमा लिएकाे हाे । नियन्त्रणमा परेकाहरुलाई अनुसन्धान गरि सामान्य अबस्थाकालाई छाडिने र गल्ती गरेकालाई गल्ती अनुसारकाे कारवाहि हुने उहाले बताउनुभयाे । हाेलीमा भिडभाड नगर्न, हाेहल्ला नगर्न, अस्वभाविकढंगले हाेली खेल्न गरेकाे निषेधलाई भने सर्वसाधारणले पालना गरेकाे उहाले बताउनुभयाे । सदरमुकाम गाईघाटमा दुई, चार जना हुँदै भिड हुन लागेकाे अबस्थामा प्रहरीले सम्झाउने र भिडलाई ...
उदयपुरमा हाेली भिडभाड नगरी घरघरमा मनाइयाे

उदयपुरमा हाेली भिडभाड नगरी घरघरमा मनाइयाे

समाचार
पूर्णपुष्टि, फागुन २७ गते । कोरोना भाइरस संक्रमणबाट उच्च सतर्कता अपनाउने पर्ने अवस्थाले खुलेर मनाउन नपाएपनि उदयपुरमा घरघरमा होली खेलेर पर्व मनाएका छन् । ठूलै रौनकताका साथ मनाइने होली यसवर्ष सामान्य साथीभाइ भेट्ने, आफन्तजनसंग भेट्ने र अबीर लगाएर शुभकामना साटासाट गर्ने मात्र भयो । खासगरी मधेसी समुदायले विशेषरुपमा मनाउने यस पर्वमा घरमुलीको हातबाट रंग ग्रहण गरेर घरघरमै पर्व मनाए । घरमा बनाएका होली विषेश परिकारहरु खाएर मनाए । स्थानीय प्रशासनले होलीमा रंग नखेल्न, भीडभाड र हो हल्ला गर्न निषेध लगाएपछि सर्बसाधारणले यसवर्षको होली त्यसरुपमा नखेलेका हुन् । हालीको दोस्रो दिन सदरमुकाम गाईघाट बजारमा विहानैदेखि विशेषरुपले होली पर्व मनाउने गरिएको थियो । विहानैदेखि होली खेल्नेको भिड देखिने बजार विहानभर सुन्य देखियो । दिउसोको समयमा सामान्यरुपमा रंग लगाएर मानिस हिडेको देखिएपनि भिडभाड र रमाईलो गर...
नेपालमा पत्ता लाग्याे, काेराेना भाइरसविरूद्ध प्रतिराेध क्षमता बढाउने जडिबुटि  ‘गुर्जाे लहरा’

नेपालमा पत्ता लाग्याे, काेराेना भाइरसविरूद्ध प्रतिराेध क्षमता बढाउने जडिबुटि ‘गुर्जाे लहरा’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २७ । कोरोना भाइरसले शरीरमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता नहुने मानिसलाई बढी प्रभावित पार्ने वा ज्यानैसम्म लैजाने कुरा चिकित्सकहरुले बताइरहदा नेपालमा एक जडिबुटिको नाम निकै प्रचलनमा आएको छ । जडिबुटिको देश भनेर चिनिने नेपालमा सबैखाले रोगको औषधि बन्ने जडिबुटि पाइन्छन् भनिन्छ । बनस्पतिविज्ञ, आयुर्वेदिक चिकित्सकहरुले हाल रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटिको रुपमा गुर्जोको प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी मध्येको एक हो गुर्जो । यो गाउँघरतिर प्रशस्त पाईन्छन् । गुर्जो लहरा भनेर चिनिने यो जडिबुटि औषधीय गुणले भरिपूर्ण रहेको आयुर्वेद चिकित्सकहरुले बताएका छन् । गाउँघरमा ज्वरो, रुघोखोकी र बाथ लगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गर्ने गरिएको छ । एलर्जी, चर्मरोग, पेट रोगमा आदिमा पनि औषधिको रुपमा प्रयोग गरिन्छ। मधुमेह, क्यान्सर...
आज मध्य र पूर्वी पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना

आज मध्य र पूर्वी पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, फागुन २७ गते ।  आज नेपालको मध्य र पूर्वी पहाडका एक÷दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले मङ्गलबार मध्य र पूर्वी पहाडका केहि ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो । देशभरि नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी क्षेत्रको केहि ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।...
चिर्पट हानेर श्रीमतीको हत्या

चिर्पट हानेर श्रीमतीको हत्या

समाचार
मोरङ, फाल्गुन २७ गते ।  मोरङको बिराटनगरमा श्रीमानले चिर्पट प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ । विराटनगर महानगरपालिका–१२ मलङवाका ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी श्रीमती ७० बर्षीया सगुत्री ऋषिदेवको हत्या गरेको प्रहरीले जनाएको हो । घरायसी बिबाद हुँदा आवेगमा आएर हिजो साँझ ५ बजे परणले श्रीमतीलाई टाउकोमा चिर्पट प्रहार गर्दा सगुत्रीको घटनास्थमला नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव परिक्षणको लागि कोशी अस्पताल पठाएको छ भने परणलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यो पनि पढ्नुस् । झापाको दमकबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेको छ । दमक नगरपालिका–३ मावाखोला पुलबाट कटुवा पेस्तोलसहित मेघराज गौतम पक्राउ परेको हो । मावा खोला पुल आसपासमा हतियारसहित घुमफिर गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्...
कटुवा पेस्तोल सहित १ जना पक्राउ

कटुवा पेस्तोल सहित १ जना पक्राउ

समाचार
झापा, फाल्गुन २७ गते ।  झापाको दमकबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेको छ । दमक नगरपालिका–३ मावाखोला पुलबाट कटुवा पेस्तोलसहित मेघराज गौतम पक्राउ परेको हो । मावा खोला पुल आसपासमा हतियारसहित घुमफिर गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटेका प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका–९ निबासी ४४ बर्षीय गौतमलाई कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र खाली खोका २ थान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । हतियारसहित पक्राउ परेका गौतमलाई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यो पनि पढ्नुस् । सुनसरीको भोक्राहा नरसिंहमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–२ को भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट झबर मेहेताको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १२ प ४२० नम्बरको मोट...
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार
सुनसरी, फाल्गुन २७ गते । सुनसरीको भोक्राहा नरसिंहमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–२ को भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट झबर मेहेताको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १२ प ४२० नम्बरको मोटरसाईकलले हिजो दिउँसो साँढे ३ बजे ठक्कर दिदा स्थानीय ६० वर्षीय मेहेता घाईते भएको थियो । घाईते मेहेताको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक प्रहरी चौकी भोक्राहाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
रंगको विक्रीमा कमी

रंगको विक्रीमा कमी

समाचार
उदयपुर, फागुन २६ कोरोना भाइरस संक्रमणको उच्च सतर्कताका कारण सर्बसाधारणले होली नखेल्ने भएपछि उदयपुरको सदरमुकाम गाईघाटमा रंगको विक्री ठप्प प्रायः भएको छ । पहाडी क्षेत्रमा २६ र मधेस क्षेत्रमा २७ गते होली खेल्ने दिन भएपनि उदयपुरको सदरमुकाम गाईघाटमा दुबै दिन खेल्ने गरिन्थ्यो । तर यसवर्ष होली खेल्न कोही बाहिर ननिस्किएपछि रंग विक्री नभएको खुद्रा ब्यापारी मनोज साहले बताउनुभयो । साहले विगतमा सामान्य खुद्रा पसलले पनि लाखौंको रंग विक्री गर्ने गरेकोमा यसवर्ष विक्री नभएपछि लगानी पनि नउक्सने अवस्था आएको बताउनुभयो । ब्यापारीहरुले पनि खुलेर बजारमा रंग विक्री गर्न राख्न सकेका छैनन् । सामान्यढंगले होलीका खेलौना, पिचकारी, भेष्टहरुका साथ रंगहरु राखेका छन् । स्थानीय प्रशासनले होलीमा रंग खेल्न, पानी खेल्न, भिडभाड गर्न र होहल्ला मच्चाउन नपाउने भन्दै होली विशेष कार्यक्रमहरुसमेत प्रतिबन्ध लगाएको छ । प्रशा...
जिल्लाको एकमात्र विमानस्थलबाट उडान नहुदा भोजपुरबासीलाई सास्ती

जिल्लाको एकमात्र विमानस्थलबाट उडान नहुदा भोजपुरबासीलाई सास्ती

समाचार
भोजपुरदेखि विराटनगरसम्मको हवाई उडान यतिबेला ठप्प छ । छ महिनादेखि उडान ठप्प भएको हो । हवाई उठान ठप्प हुदा यात्रुहरु आवागमन प्रभावित बनेको छ । उडान नहुदा विरामी र बृद्धबृद्धालाई चरम सास्ती पुग्ने गरेको छ ।नियमित उडान हुदै गरेकोमा विभिन्न समस्या देखाउदै नेपाल बायुसेवा निगमले उडान बन्द गरेको सर्बसाधारणहरुले बताएका छन् । नेपाल वायुसेवा निगम र निजी सेवा प्रदायक कम्पनीले उडान बन्द गर्दा दिनभर यात्रा गरेर धरान, विराटनगर गर्नुपर्ने बाध्यता छ । यात्रा कष्टकर बन्ने गरेको छ । नेपाल वायु सेवा निगमल, भोजपुर विमानस्थलका कर्मचारी विक्रमसिं बस्नेतका अनुसार हप्ताको ४ पटक उडान भर्दै आएकोेमा यात्रु संख्या घटेकाले केहि समयका लागि उडान रद्द गरिएको हो । सर्वसाधरणले यथासक्य छिटो उडान सुरु गर्न माग गरेका छन् । उडान सञ्चालनका लागि स्थानीय सरकार र जिल्लास्थित सरोकारवालाले माथिल्लो निकायमा निवेदन गरेको भएपनि अह...