स्थानीय तहहरूलाई प्रहरीको यस्ताे प्रशंसा
पूर्णपुष्टि, माघ १७ गते ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले स्थानीयतहमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको भन्दै शुक्रबार पालिकाहरुलाई प्रशंसा–पत्र प्रदान गरेको छ । पालिकाहरुलाई प्रहरीले कार्यालयमा प्रशंसा वितरण समारोहको आयोजना गरी प्रशंसा पत्र प्रदान गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले कार्यक्रममा सहभागि रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी र उदयपुरगढी गाउँपालिकाकी प्रतिनिधि प्रज्ञा पराजुलीलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । अन्य बाँकी आठ पालिकालाई पायकका इलाका प्रहरी कार्यालयमार्फत प्रदान गरिने जनाइएको छ ।
रौतामाई गापाका अध्यक्ष खड्काले शान्ति, सुरक्षा महत्वपूर्ण कुरा रहेको बताउनुभयो । त्यसका लागि प्रहरी–समुदाय साझेदारी कार्यक्रमले प्रहरीसंग जोडिन, सहकार्य तथा समन्वयका लागि वातावरण सिर्...






