स्थानीय तहले शिक्षक नियुक्त गर्न नपाउने
असोज ३० गते ।
सामुदायिक विद्यालयमा स्थानीय तहले शिक्षक नियुक्त गर्ने अधिकार नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । उक्त कुरा उल्लेख गर्दै मन्त्रालयले देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शिक्षक नियुक्त नगर्न सवै नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकालाई पत्राचार गरेको थियो । मन्त्रालयको यस्तो ‘निर्देशन’ले संविधानले स्थानीय तहलाई दिएको अधिकार कटौती गरेको जनप्रतिनिधिले बताएका छन् ।
पर्साका जगरनाथ गाउँपालिकाको कार्यालयले राहत शिक्षक र बालविकास केन्द्रमा सहयोगी नियुक्ति विरुद्धमा परेको उजुरीका सम्बन्धमा गरेको निर्णयलाई आधार मान्दै मन्त्रालयले निर्देशन दिएको थियो ।
आयोगले दिएको सुझावका आधारमा पत्राचार गरिएको मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिएका छन् । कुनै पनि विद्या...







