Saturday, July 11News That Matters

समाचार

उत्कृष्ट व्यवसायीहरुलाई नेशनलको सम्मान

उत्कृष्ट व्यवसायीहरुलाई नेशनलको सम्मान

समाचार
गाईघाट/भदौ २१ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उदयपुर शाखाले उत्कृष्ट बिमा व्यवसायीहरुलाई सम्मान गरेको छ । शनिवार गाईघाटको होटल कोहबरमा थप प्रोत्साहनका साथ उनिहरुलाई सम्मान गरेको हो । ब्यवसायीक रुपमा लागिपरेको व्यवसायीहरुको कामको उच्च मुल्याङकन गर्दै आगामी समयमा समेत विमा प्रति सबैलाई सकरात्मक बनाउन सक्ने उदेश्यले सम्मानको कार्यक्रम गरेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको शाखा प्रमुख प्रेम कुमार राईले बताए । केन्द्रले पठाएको कार्यक्रम सँगै शाखाले पनि उत्कृृष्ट व्यवसायीहरुलाई सम्मान कर्यक्रम राखेको हो । केन्द्रको कार्यक्रम अनुसार आर्थिक बर्ष २०७५/०७६ को उत्कृष्ट व्यवसायीहरुलाई सम्मान तथा तलब वितरण रहेको थियो भने शाखाले पनि असार सम्मका उत्कृष्ट व्यवसायीहरुलाई सम्मान गरेको थियो । प्रमुख राईले उत्कृष्ट सबैलाई चाँदिको मेडल सहितको मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो...
निजामती दिवसमा ४८ जना पुरस्कृत

निजामती दिवसमा ४८ जना पुरस्कृत

समाचार
उदयपुर, भदौ २२ गते । उदयपुरमा विभिन्न बिद्याबाट जिल्ला न्यायाधिशसहित ४८ जना पुरस्कृत तथा सम्मानित भएका छन् । निजामती दिवसको मुल समारोह समिति र निजामती कर्मचारीहरुको आधिकारिक टेड युनियनको संयुक्त आयोजना भएको कार्यक्रमबाट सम्मानित भएका हुन् । सर्वोत्कृष्ट कर्मचारीको रुपमा जिल्ला प्रशासन कार्यालयका सहयोगी मिनबहादुर मगरलाई घोषणा गर्दै नगद ५ हजार र प्रमाणपत्रले सम्मान गरेको छ । जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगितामा राजकुमार चौधरी र रुवेन राईको समुह पहिलो भएको छ । त्यस्तै भुपराज कटुवाल र निर्मल साह दोस्रो, जिल्ला न्यायाधिश दीपक खनाल, नेपाल प्रहरीका एसपी बिरबहादुर बुढामगर, सशस्त्र प्रहरीका एसपी गाहरधन राई, नेपाली सेनाका मेजर ज्ञानबहादुर राईको समुह तेश्रो भएको छ । विजयी समुहलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै महिला म्युजिकल चियरतर्फ जानुका कार्की पहिलो, गंगाकुमा...
रुपन्देहीमा डेंगीबाट एक जनाको मृत्यु

रुपन्देहीमा डेंगीबाट एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
भदौ २२ गते ।  रुपन्देहीमा डेंगी रोगले एक जानको मृत्यु भएको छ । बाणगंगा–७  मोतिपुर निबासी ६१ वर्षीया सावित्रा आचार्यको डेंगुले मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार बेलुका आचार्यको मृत्यु भएको थियो । एक्कासी ज्वरो आएपछि ३  दिनदेखि आईसीयूमा राखेर उपचार गराईरहेको थियो । जिल्लामा ५० भन्दा बढि डेंगीका बिरामीको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यकी आमा हुन् । नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस संगठनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।...
यू–१९ एसिया कपमा आज बंगलादेश र नेपाल भिड्दै

यू–१९ एसिया कपमा आज बंगलादेश र नेपाल भिड्दै

खेलकुद, समाचार
भदौ २२ गते   एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज टेस्ट नेशन बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी खेलमा बंगलादेशसँग नेपालले खेल खेल्ने छ । पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल सेमिफाइनल पुग्न बंगलादेशमाथि जित हाँसिल गर्नु पर्ने हुन्छ । नेपाल र बंगालादेश अहिलेसम्म आठ पटक खेलिसकेका छन् । १९९८ मा पहिलो पटक खेलको यी दुई टिम अन्तिम पटक बंगलादेशमा नै दुई पक्षीय सिरिज खेलका थिए ।...
म अघि बढ्छु अभियान सुरु

म अघि बढ्छु अभियान सुरु

समाचार
उदयपुर, भदौ २२ गते । उदयपुरमा बढ्दो विकृति, बिसंगती न्युनिकरण गर्नका लागि म अघि बढ्छु अभियान सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा जिल्लाका किशोर किशोरीलाई विशेष लक्षित गरी शनिबारदेखि अभियान सुरु भएको हो । बिद्यालयका शिक्षक नायकलाई कार्यक्रमको बारेमा जानकारी दिँदै अभियान सुरु गरिएको हो । प्रदेशको सामाजिक तथा सांस्कृतिक पंक्षलाई सुदृढ गर्दै किशोर अबश्थामा प्रवेश गरेका कक्षा ९–१२ मा अध्ययन गने १३ देखि १९ बर्ष उमेर समुहका बिद्यार्थीलाई कुलतबाट जोगाउने लक्ष्यकासाथ अभियान सुरु भएको छ । उक्त उमेर समुहका बिद्यार्थीलाई संक्षम, सवल, जिम्वेवार, चरित्रवान, सकारात्मक, सुसंस्कृति, नैतिक, सभ्य, लागुऔषध दुव्र्यसनबाट मुक्त र सामाजिक उत्तरदायी बनाउने उद्देश्यका सथा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि तय गरी यो अभियान सुरु गरेको क्लवका मुख्य प्रशिक्षक तुलसीराम चौलागाईले बत...
काबुल बम हमलापछि तालिबानसँगको सम्झौता भंग

काबुल बम हमलापछि तालिबानसँगको सम्झौता भंग

समाचार, संसार
भदौ २२ गते । तालिवानसँगको शान्ति सम्झौता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भंग गरेको घोषणा गरेका छन् । श्रृङ्खलाबद्ध ट्वीट गर्दै ट्रम्पले आईतबार हुने क्याम्प डेविडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँग गोप्य बैठक रद्द गर्ने जानकारी दिएका हुन् । काबुलमा भएको कार बम बिस्फोटको जिम्मेवारी तालिवानले लिएको थियो । त्यसमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो । अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमबार तालिबानसँग ‘सौद्धान्तिक रुपमा’ एक शान्ति सम्झौता भएको घोषणा गरेका थिए । प्रस्तावित सम्झौता अनुसार अमेरिका अबको २० हप्ताभित्र अफगानिस्तानबाट आफ्नो पाँच हजार चार सय सैनिक फिर्ता लैजादैँ थियो । अफगान सरकार अमेरिकाको कठपुलती भएको भन्दै तालिबानले कुराकानी गर्न अस्विकार गर्दै आएको छ । तालिबान र अमेरिकाबीच कतारमा अहिलेसम्म नौ वटा शान्ति वार्ता भइसकेको छ । स...
शिक्षकको हाजिरी गर्ने जिम्मा विद्यार्थीलाई

शिक्षकको हाजिरी गर्ने जिम्मा विद्यार्थीलाई

लिम्चुङबुङ डायरी, समाचार
भदौ २२ गते ।  सवै विद्यालयहरुमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । तर दार्मा गाउँपालिकाको एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्ने गर्दछ । दार्मा गाउँपालिकाका–१ को जनकल्याण प्राथमिक विद्यालयमा विद्यार्थीमैत्री वातावरण बनाउन विद्यार्थीलाई शिक्षकको हाजिरी गराउन लगाइएको हो । विद्यार्थीहरुले शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पढाए, कति समयपछि कोठाबाट निस्किए लगायतका विभिन्न बिवरण टिप्ने गर्दछन् । यो रमाईलो प्रत्रियाले शिक्षक र विद्यार्थी दुवैलाई सक्रिय बनाएको छ । शिक्षकका विषयमा राखिने अभिलेखको रिपोट विद्यार्थीले नियमितरुपमा प्रधानाध्यापकलाई बुझाउँने गर्दछ ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । ...
भारतको बाँध नेपालमा त्रास

भारतको बाँध नेपालमा त्रास

लिम्चुङबुङ डायरी, समाचार
भदौ २२ गते ।  भारतले दसगजा क्षेत्रमा बनाएको बाँध मर्मत–सम्भार गरी बलियो बनाउन थालेपछि रौतहटका स्थानीयमा त्रास छाएको छ । भारतले अन्तर्राष्ट्रिय नियमको उलंघन गर्दै बाग्मती र लाल बकैयाको प्राकृतिक बहाव थुन्ने गरी सीमावर्ती क्षेत्रमा ढोका सहितको स्थायी संरचना बनाएपछि सदरमुकाम गौर सहित दर्जनौ गाउँ बस्ती डुवानको चिन्ता थपिएको हो । अन्तर्राष्ट्रिय नियमलाई भारतले बलपूर्ण ढङ्गले मिचदै दशगजा क्षेत्रमा बनाएको बाँध मर्मत गरी स्थायी बनाएपछि जिल्लाका दर्जनौ गाउँ बस्ती वर्षेनी डुबानको समस्यामा भोग्दै आउनु परेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । ...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा, भदौ २१ गते ।  झापाको बारदर्शीमा करेन्ट लगेर एक जनाको मृत्यु भएको छ । बारदर्शी गाउँपालिका–५ निबासी ४४ वर्षीय पूर्णबहादुर विकको मृत्यु भएको हो । आफ्नै घरमा कुकुरी, कोदालो, खुर्पी लगायतका फलामको सामान बनउँदै आएका विक विहान करिब साढे ११ बजे खुर्पी बनाउने क्रममा एक्कासी ग्यालेनडरको पछाडिको नोट खुस्कि करेन्ट लागेर घाईते भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएका विकको उपचारको लागि तत्काल विर्तामोडको सिटि अस्पतालमा ल्याई उपचारको क्रममा पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...

ढुङ्गाले लागेर एक कामदार घाईते

समाचार
उदयपुर, भदौ २१ गते । कटारीको वनडँडामा ढुङ्गाले लागेर एक जना घाईते भएको छ । कटारी नगरपालिका–१४ वन डाँडामा शोलु हाईड्रो पावरको पोल गाड्न खाल्टा खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर घाईते भएको हो । हाईड्र पावरको खाल्टा खन्ने क्रममा विहान करिब साढे ११ बजे एक्कासी माथिबाट खसेको ढुङ्गा लागेर हाईड्रो पावरका एक जना कामदार गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । कनपा–१४ निबासी ५० वर्षीय निर्पबहादुर थापा मगरको टाउकोमा ढुङ्गाले लागेर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनको उपचारको लागि काठमाण्डौ टिचिङ अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...