निजामती दिवसमा ४८ जना पुरस्कृत
उदयपुर, भदौ २२ गते ।
उदयपुरमा विभिन्न बिद्याबाट जिल्ला न्यायाधिशसहित ४८ जना पुरस्कृत तथा सम्मानित भएका छन् । निजामती दिवसको मुल समारोह समिति र निजामती कर्मचारीहरुको आधिकारिक टेड युनियनको संयुक्त आयोजना भएको कार्यक्रमबाट सम्मानित भएका हुन् ।
सर्वोत्कृष्ट कर्मचारीको रुपमा जिल्ला प्रशासन कार्यालयका सहयोगी मिनबहादुर मगरलाई घोषणा गर्दै नगद ५ हजार र प्रमाणपत्रले सम्मान गरेको छ । जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगितामा राजकुमार चौधरी र रुवेन राईको समुह पहिलो भएको छ । त्यस्तै भुपराज कटुवाल र निर्मल साह दोस्रो, जिल्ला न्यायाधिश दीपक खनाल, नेपाल प्रहरीका एसपी बिरबहादुर बुढामगर, सशस्त्र प्रहरीका एसपी गाहरधन राई, नेपाली सेनाका मेजर ज्ञानबहादुर राईको समुह तेश्रो भएको छ ।
विजयी समुहलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै महिला म्युजिकल चियरतर्फ जानुका कार्की पहिलो, गंगाकुमा...








