Wednesday, August 19News That Matters

समाचार

अझै हटेन तुईन

अझै हटेन तुईन

आर्थिक, समाचार
भदौ २१ गते ।  दोलखाको खानी खोलामा काठे पुल समेत नहुदा स्थानियबासीहरु जिर्ण तुईनको प्रयोग गर्न बाध्य भएका छन् । गौरीशंकर गाउँपालिका–८ मार्बु र खारेका सिमाना टोपारको खानी खोलामा पुल नहुदा जोखिम मोलेर तुइनबाट खोला तर्न बाधय भएको हो  । सरकारले तुईनमुक्त अभियान नै ल्याएपनि टोपटारमा काठे पुलसमेत नहुदा जोखिम पूर्ण तुईनको प्रयोग गर्न स्थानियहरु बाध्य छन् । खोलामा पक्की पुलको माग गरेको वर्षाैं बित्दा सकेको छ । हिउँदयाममा खोलाको वहाव कम हुने भएकाले काठको पुल प्रयोग गर्ने र वर्षा सुरु भएसँगै खोलाबाढीले बगाएर लाने गर्दछ  । उक्त क्षेत्रको बालबालिकाहरु छिमेकी वडा मार्वुको हिमवर्ति माविमा अध्ययन गर्न जाने विद्यार्थीहरुले पनि जीर्ण तुइनको प्रयोग गर्न बाध्य भएको स्थानीयले बताएका छन् । ३ वर्ष पहिला नै त्यस ठाउँमा झोलुङ्गे पुल निर्माणको लागि बजेट प्राप्त भई निर्माण व्यवसायीसमेत छनौट भइसकेको गौरीश...
डाक्टरको सल्लाहमा मात्र डेँगु परीक्षण

डाक्टरको सल्लाहमा मात्र डेँगु परीक्षण

समाचार, स्वास्थ्य
भदौ २१ गते ।  डक्टरको सल्लाहमा मात्रै डेंगी रोगको परिक्षण गराउन सरकारले आग्रह गरेको छ । डेंगुको परीक्षण गर्ने यापिड डाइग्नोष्टिक टेष्ट किट (आरडीटी) को माग धेरै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरको सल्लाहमा मात्र परीक्षण गर्न आग्रह गरेको हो । ज्वरो आएका सबैलाई डेंगी नहुने भएकाले डाक्टरको सल्लाह विना परीक्षण गर्नु नपर्ने भन्दै मन्त्रालयले सूचना जारी गरेको छ । देशको धेरै जिल्लामा डेंगु फैलिएकाले विभिन्न अस्पतालबाट परिक्षण किटको माग अत्यधिक भएकाले आफूखुशी परीक्षण नगर्न आग्रह गरेको हो । अहिलेसम्म यस वर्ष डेँगुबाट चारजनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । गएको वर्ष यो रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो । डेंगी सङ्क्रमण कम गर्नका लागि छ करोड १७ लाख रुपैयाँ पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।...
भारतको चन्द्रयान–२  सम्पर्क विहिन

भारतको चन्द्रयान–२ सम्पर्क विहिन

समाचार, संसार
भदौ २१ गते ।  भारतीय चन्द्रयान–२ चन्द्रमाको सतहमा उत्रनुभन्दा केही समय अगाडीदेखि विक्रम ल्याण्डरसँग सम्पर्क विहिन भएको छ । ‘विक्रम ल्याण्डर योजना अनुसार नै चन्द्रमाको सतहमा उत्रिरहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो) का अध्यक्ष के सिवनले जनाएको छ । चन्द्रमाको सतहमा पुग्नु भन्दा २.१ किलोमिटर टाढादेखि सम्पर्क विच्छेद भएको छ । डेटाको समीक्षा भैरहेको छ । योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्नेथ्यो । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला दिनको लागि बेंग्लोरको इसरोको मुख्यालय पुगेका थिए । सबै सामान्य अवस्थमा वैज्ञानिकहरु उत्साहित रहेको बेला एक्कासी विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि सवै निराश भएका छन् । बिहान साढे एक बजे चन्द्रयान–२ को विक्रम ल्याण्डर बिस्तारै चन्द्रमाक...
दुध प्रतिलिटर ६ रुपैयाँ बृद्धि

दुध प्रतिलिटर ६ रुपैयाँ बृद्धि

आर्थिक, समाचार
भदौ २१ गते । दुग्ध उद्योगहरुको मागपछि सरकारले बढाएको दूधको मूल्य आजबाट लागु भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको हो । आजदेखि बजारमा दूधको मूल्य ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान डीडीसीले जनाएको छ । बृद्धि भएको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउने छन् । कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र धेरै उत्पादन हुने मौसममा ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन दूधको मूल्यबारे अध्ययन गरी सिफारिस गर्न गठन भएको कार्यदलले सुझाव दिए पनि अहिले मन्त्रालयले ६ रुपैँया मात्रै बढाउने निर्णय गरेको छ ।...
मंसिर २८ गतेदेखि ए डिभिजन लिग सुरु

मंसिर २८ गतेदेखि ए डिभिजन लिग सुरु

खेलकुद, समाचार
भदौ २१ गते । आगामी मंसिर २० गतेदेखि शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रेस विज्ञप्ति जारी गर्दै खेलको मिति सार्वजनिक गरको हो । आगामी वर्षदेखि स्थायी रुपमै ए डिभिजन लिग नोभेम्बर एक तारिखदेखि सुरु हुने पनि एन्फाले निर्णय गरेको छ । ए डिभिजन लिगमा  गत वर्ष सहभागी भएका सबै १४ टिमले सहभागिता जनाउनेछन् । १४ वटै क्लबले १८–१८ जनाका दरले खेलाडी दर्ता गरिसकेको पनि एन्फाले विज्ञप्तिमा उल्लेख छ । यसपालिको लिगमा गत वर्षको ए डिभिजन लिग च्याम्पियन टिम मनाङ मर्स्याङ्दीसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, एपीएफ क्लब, हिमालय शेर्पा क्लब, फेन्ड्स क्लब, च्यासल युथ क्लब, मछिन्द्र क्लब, जावलाखेल क्लब, न्युरोड टिम (एनआरटी) सरस्वती युथ क्लब र ब्रिगेट ब्वाइज क्लब रहेका छन् ।...
वर्षा लक्का जवानको ईनिस्पेक्टर

वर्षा लक्का जवानको ईनिस्पेक्टर

मनोरञ्जन, समाचार
भदौ २१ गते ।  काभ्रेमा भईरहेका ‘लक्का जवान’ चलचित्रको छायंकनमा अभिनेत्री वर्षा शिवाकोटी अहिले व्यस्त छिन् । चलचित्रको छायांकन सेटबाट वर्षाले विभिन्न तस्वीरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आएकी छिन् । त्यसै क्रममा वर्षाले आफ्नो भूमिका खुल्ने एक तस्वीर सार्वजनिक गरेकी हुन् । जुन प्रहरी पोशाकमा सजिएकी छिन् । अन्य तस्वीरहरुबाट पनि वर्षाले चलचित्रमा प्रहरीको भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ । लगातार असफल हुदै आएको वर्षाले पहिलो पटक प्रहरीको भूमिकामा आफूलाई प्रस्तुत गर्न लागेकी छिन् । जुन प्रहरी ईनिस्पेक्टरको भूमिका रहेको तस्वीरले देखाएको छ । कमेडी जनरामा बन्ने यस चलचित्रले आफ्नो भविष्यलाई उकास्ने उनले विश्वास लिएको छ । कलाकार शिवहरि पौडेलको निर्देशनमा चलचित्र बन्न लागेको हो । चलचित्रमा किरण केसी, दीलिप रायमाझी, सलोन बस्नेत, शिवहरी पौडेल, प्रियंका कार्कीलगायतको पनि अभिनय रह...
राष्ट्र कवि घिमिरेलाई मदन–शिला स्रष्टा सम्मान

राष्ट्र कवि घिमिरेलाई मदन–शिला स्रष्टा सम्मान

समाचार, साहित्य
भदौ २१ गते ।  मदन–शीला स्रष्टा सम्मानबाट राष्ट्र कवि माधवप्रसाद घिमिरेलाई सम्मानित गरिने भएको छ । मदन–शीला प्रतिष्ठानले एक लाख रुपैयाँ बराबर राशिको सम्मान राष्ट्रकवि घिमिरेलाई प्रदान गर्ने निर्णय गर्ने भएको हो । यसै क्रममा नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशन हुने दियालो साहित्यिक पत्रिका र काठमाडौंबाट प्रकाशित हुने उन्नयन त्रैमासिकलाई पनि मदन–शील साहित्यिक पत्रकारिता सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । यस जनही ५० हजार रुपैयाँ राशिको मदन–शिला साहित्य पत्रकारीता सम्मान उक्र पत्रिकाहरुलाई सम्मानीत गर्ने प्रतिष्ठानले जनाएको छ ।...
खुल्ला उपसचिव र सहसचिवमा कर्मचारीलाई रोक

खुल्ला उपसचिव र सहसचिवमा कर्मचारीलाई रोक

लिम्चुङबुङ डायरी, समाचार
भदौ २१ गते । निजामति कर्मचारी सेवामा रहेकाहरुले माथिल्लो तहका उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धामा सहभागि हुन नपाउने भएको छ । राजपत्रअनंकित र राजपत्रांकित तृतीय श्रेणीसम्म कर्मचारीले खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिवमा बढुवा हुन चाहेमा आफु कार्यरत पदबाट राजीनामा दिनुपर्नेछ । संसदमा राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामति कर्मचारी सम्बन्धी विधेयकमाथिको छलफलमा सांसदले शुक्रबार यस्तो सहमति गरेका हुन् । राजपत्रांकित द्वितीय र प्रथम श्रेणी (उपसचिव र सहसचिव)मा आवश्यक संख्याको १०÷१० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएकाले उक्त प्रावधान राख्न लागिएको हो । यो समाचार अजको कान्तिपुर दैनिकमा छापिएको छ । ...
भालेलाई मुद्दा लगाउने कारबाहिमा

भालेलाई मुद्दा लगाउने कारबाहिमा

लिम्चुङबुङ डायरी, समाचार
भदौ २१ गते । छिमेकीहरुले एकाबिहानै भाले बासेर ‘डिस्टर्ब’ गरेको भन्दै अदालतमा मुद्दा दायर गर्ने आफै कारबाहीमा परेको छ । फ्रान्सको कम्पिन्यियका निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा वाज क्षेत्रको मारिनीले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायर गर्दै भालेलाईसमेत हटाउन अदालतमा माग गरेकी थिइन् । मुद्दाको सुनुवाइ गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसफोर्ड कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर गरेकी थिइन् । दुवै तर्फको बयान, प्रहरीको अनुसन्धान, मरिनीले कपियनका मेयरले भालेका पक्षमा दिएको समर्थन र जीवजन्तुको अधिकारका पक्षमा आएका दस्तावेजहरुको अध्ययनपछि अदालतले बिहीबार उजुरीकर्तालाई नै एक हजार युरो जरिवाना गरेको हो ।  यो समाचार आजको कान्तिपुर दै...
लागु औषधसहित ३ जना पक्राउ

लागु औषधसहित ३ जना पक्राउ

समाचार
उदयपुर, भदौ २० गते ।  उदयपुरमा लागु औषध गाँजासहित तीन जना पक्राउ परेका छन् । बेलका नगपालिका–५ शिखरमाडीबाट ओसारपसारमा प्रयोग गरिएका बोलोरो गाडी र तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । विशेष सुराखीको आधारमा दिउँसो ४ बजे शिखरमाडीबाट ईटहरी तर्फ जादै गरको विआर ११ एफ ३२४७ (द्यच्(ज्ञज्ञ ँ घद्दद्धठ) भारतीय नम्बर प्लेट र मे १ च २२३३ नेपाली नम्बर प्लेटको बोलोरोमा लुकाई छिपाई ल्याएको १८ पोका गाँजा र गाडीमा सवार चालकसहित तीन जालाई पक्राउ गरेको  सशस्त्र प्रहरी बल ५ नम्बर गण उदयुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गाहरधन राईले बताए । प्लाष्टीमा प्याक गरी गाडीको पछाडी टाएर राख्ने ठाउँमा र सिट मुनी डिकी बनाई त्यस त्रिभ लुकाई छिपाई ल्याएको अवस्थामा १८ पोका करिब ३५ केजी गाँजा बरामद गरेको (एसपी) गाहरधन राईले बताए । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका– ८ बरगाछी निबासी...