Friday, July 10News That Matters

समाचार

काठमाण्डौँमा ५५ जना डेंगु फेला

काठमाण्डौँमा ५५ जना डेंगु फेला

समाचार, स्वास्थ्य
भदौ ४ गते ।  काठमाण्डौ उपत्यकामा ५५ जना डेंगु संक्रमित विरामी फेला परेका छन् । धरानबाट फैलाएको डेँगु नियन्त्रण बाहिर गएर उपत्यमा समेत डेँगु संक्रमित फेला परेको हो । उपत्यकाको १० वटा अस्पतालमा आएका मध्ये ५५ जनामा डेंगु संक्रमढ देखिएको इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले संकलन गरेका २३ वटा अस्पताल उक्त संख्यामा संक्रमित भेटिएको जनाईएको छ । गत वर्ष पनि उपत्यकामा यसै समयमा १६ जनालाई डेंगु देखिएको चिकित्सकहरुले जनाएको छ । देशभर ८ सय ११ जना संक्रमित भएका थिए ।  बालबालिका, जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरु शतर्क रहन चिकित्सकहरुले जनाएको छ ।...
निजगढ–भरतपुर रेलमार्गको डीपीआरमा ढिलाई

निजगढ–भरतपुर रेलमार्गको डीपीआरमा ढिलाई

समाचार
भदौ ४ गते । पूर्व–पश्चिम रेलमार्ग अन्तरगत मध्य खण्डको विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) अझै बनेको छैन । विद्युतिय रेलमार्गका निजगढ–हेटौडा–भरतुर खण्डको डिपिआरका लागि अझै कम्पनी समेत छनोट नभएको छैन । यस खण्डको दुरी करिब १ सय ३६ किलोमिटर रहनेछ । पथलैयाबाट हैटौंडा हुँदै  नवलपरासीको चोरमारामा जोडिने रेलमार्गको सम्भाव्यता अध्ययन ०७४ सालमै सकिएको थियो । त्यसपछि डीपीआरका लागि कम्पनी छनोटको प्रक्रिया अघि बढे पनि अझै टुंगो लाग्न नसकेको हो । विभागले २०७५ असोज १६ गते कम्पनी छनोट गर्न टेन्डर आह्वान गरेको थियो । टेन्डर आह्वानपछि ६ वटा कम्पनी सर्ट लिस्टमा परेको विभागले जनाएको छ । उक्त कम्पनीहरुको प्राविधिक प्रस्ताव मूल्यांकनमा विभागले ढिलाइ गरेपछि डीपीआरमा ढिलाई भएको हो । उक्त रेलमार्ग बाहेक अरु रेलमार्गका खण्डहरुको डीपीआर बनिसकेको छ । चाडै कम्पनी छनोट गरेर काम जिम्मा लगाउने विभागले जनाएको छ ।...
सुरक्षा बारबाहिमा बस बन्धक बनाउनेको मृत्यु

सुरक्षा बारबाहिमा बस बन्धक बनाउनेको मृत्यु

समाचार, संसार
भदौ ४ गते । ब्राजिलको रिओ दि जेनेरोमा एक यात्रुवाहक बस अपहरण गर्ने व्यक्तिका सुरक्षा बारबारीमा मृत्य भएको जनाईएको छ । तीन घण्टादेखि बसलाई कब्जामा लिने व्यक्तिलाई मारिदिएको सेना प्रहरीले जनाएको हो । प्रहरीले ट्विटरमा एकजना निसानेबाजले बस अपहरणकर्तालाई मारिदिएपछि बन्धक बनाइएका व्यक्तिहरू रिहा भएको जनाएको छ । अपहरणकारीले बसको ढोका छेउमा एकजना बन्धकको टाउकोमा हतियार तेर्साएर उभिएको अवस्थामा निसानेबाजले गोली चलाएको स्थानीय सैनिक प्रहरीका एकजना प्रवक्ताले जनाएको छ । अपहरणकारीले प्रयोग गरेको बन्दुक नक्कली भएको खुलेको छ । यस अघि नै बसका ६ जना यात्रुहरू रिहा भईसकेका थिए । रिओलाई अर्को शहर नितेरोइसँग जोड्ने पुलको बीचमा बस रोकिएको थियो ।...
बजेट विहिन २६ स्थानीय तह

बजेट विहिन २६ स्थानीय तह

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ ४ गते । स्थानीय तहमा असार १० भित्र नै चालु आर्थिक वर्षको बजेट ल्याउनु पर्ने कानुनी व्यावस्था भएपनि २६ वटा स्थानीय तह बजेट विहिन भएको छ । बजेटविहिन भएका नगर र गाउँपालिकाको सभामा अझै बजेट पेश गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ तथा अन्तरसरकार वित्त व्यवस्था ऐन, २०७४ को दफा २१ को उपदफा ३ ले गाउँ कार्यपालिका र नगर कार्यपालिकाले चालु आवको लागि असार १० गतेभित्र राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ र नगर सभामा पेश गरी स्वीकृत भएपछि मात्रै खर्च गर्नु पर्ने काकनुनी व्यावस्था छ । तर २६ वटा स्थानीय तहले कानुन विपरितका कार्य गर्दै आएको पाईएको छ । प्रदेश नं १ र कर्णाली प्रदेशका सबै स्थानीय तहले बजेट ल्याईसकेको छ । दुई वटा प्रदेश भन्दा बाँकी प्रदेशका केही स्थानीय तहहरुले अझै बजेट ल्यान नसकेका हुन् । यो समाचार कारोबार दैनिकमा छापिएको छ ।...
लाइसेन्स बनाई दिने प्रलोभनमा पैसा लिने ४ जना पक्राउ

लाइसेन्स बनाई दिने प्रलोभनमा पैसा लिने ४ जना पक्राउ

समाचार
भदौ ३ गते ।  विरगन्जमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स) बनाई दिने प्रलोभनमा पैसा लिने ४ जना पक्राउ परेका छन् । सेवाग्राहीसँग रकम लिएको आरोपमा वीरगञ्ज यातायात व्यवस्था कार्यालय परिसरबाट मंगलबार पक्राउ परेको हो । हेटौंडा उपमहानगरपालिका – ५ पिप्ले निबासी ४१ बर्षीय समर्थन न्यौपाने, बिन्दवासिनी गाउँपालिका– ३ ईटियाही निबासी २८ बर्षीय राजकुमार साह, ४ मधुवन निबासी २८ बर्षीय अमलेशप्रसाद साह र प्रसौनी गाउँपालिका – ३ नौतन निबासी ३१ बर्षीय सतरोवन प्रसाद साह पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट नगद ८२ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । लाइसेन्स बनाई दिन्छु भन्दै सेवाग्राहीसँग पैसा लिने गरेको गुनासोको आधारमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
तिन दिनदेखि अन्धाकारमा गाउँ

तिन दिनदेखि अन्धाकारमा गाउँ

समाचार
डिएन चौधरी उदयपुर/भदौ ३ गते । त्रियुगाको राजाबासमा विधुत ट्रान्सर्फमर जल्दा तीन दिनदेखि गाउँ अन्धाकार भएको छ ।  त्रियुगा नगरपालीका– ९ केहि गाउँहरु अन्धकार भएको हो । विद्युतको ट्रन्सफर्मर जल्दा नवउदयटोल, चौकरीवारी, पाखाटोल र सखुवनी लगायत गाउँका करिब २ हजार उपभोक्ता विजुली बिहिन भएको स्थानियबासीहरुले बताएका छन् । विजुली अरुद्ध भएपछि खाद्यन्न मिल र सामुदायिक रेडीयो नै बन्द भएको छ । गर्मी मौसममा तीन दिनदेखि गाउँलेहरु गार्मी सहनु परेको छ भने अन्धकारमा बस्न बाध्य भएको स्थानिय भेषराज राउतले बताए । विजुली नहुदा विद्युतिय सामाग्री मोवाइल, टर्च लाइट, रेडियो लगायका उपरकाण चार्ज गर्न नपाएको राउतले वताए । एसईईको पुरकपरीक्षा चलिहरको बेला विद्यार्थीहरुले पठनपाठन गर्न नपाएको र सुत्केरी आमाहरुलाई पनि समस्या भएको राउतले बताए । बिजुली वत्ति अबद्ध भएपछि रेडियो उदयपुरको प्रसारण सेवा प्रभावित भएक...
सिनो हाइड्रोले पायो मेलम्चीकोे ठेक्का

सिनो हाइड्रोले पायो मेलम्चीकोे ठेक्का

समाचार
भदौ ३ गते । मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि चिनिया कम्पनी सिनो हाईड्रोले ठेक्का पाउने भएको छ । ठेकदार भागेपछि ठप्प रहेको आयोजनाको बाँकी कामका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिने भएको हो । यस कम्पनीले अहिले माथिल्लो तामाकोशीको सुरुङमार्गको काम गरिहेको छ । कुलेखानी तेस्रोको सिभिलतर्फको काम गरेको कम्पिनीले निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको पनि काम पाएको छ ।  मेलम्चीको मुख्य दुई वटा प्याकेजमा विभाजन गरी ठेक्क लगाएपनि अहिले दुबै ठेक्का सिनोले नै पाउने भएको छ । सिनोले सवै भन्दा कम रकम कबोल गरेकाले ठेक्का पउने भएको आयोजनाले जनाएको छ । नेपालको जलविद्युत आयोजनाहरुको निर्माणमा अनुभवी कम्पनी हो । कम्पनीले हेडवक्र्सतर्फ २९ प्रतिशत बिलोमा गएर ९० करोडमा ठेक्का सकारेको छ भने सुरुङतर्फ १५ प्रतिशत बिलोमा ७५ करोडमा ठेक्का लिन पाउने भएको छ । कम्पनी छनोट भएर निकालिएको सूचनामा कुनै दाव...
नक्कली एक जना परीक्षर्थी पक्राउ

नक्कली एक जना परीक्षर्थी पक्राउ

समाचार
मोरङ, भदौ ३ गते । मोरङको रंगेलीमा एसईई पुरक परीक्षा हलबाट नक्कली परीक्षार्थी पक्राउ परेको छ । रंगेली नगरपालिका – ६ को श्री पब्लिक माध्यमिक विद्यालयबाट कर्कैको नाममा परीक्षा दिईरहको अवस्थामा मुन्ना मण्डल पक्राउ परेको हो । सुनवर्सी नगरापलका – ८ निबासी २१ वर्षीय मण्डलले ०८१३४३६ जेड सिम्बोल नम्बर भएको कुमोदप्रसाद गनगाईको अनिवार्य गणित विषयको परीक्षा दिई रहेको अवस्थमा पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त केन्द्रमा खटेका गार्डले विहान पौने १२ बजे फेलापारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

समाचार
धनकुटा, भदौ ३ गते । धनकुटाको कोर्लाङ भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सहिदभुमि गाउँपालिका – ३ डाँडागाउँ निबासी ३८ वर्षीय अर्जुन राई भिरबाट लडेर मृत्यु भएको हो । साँझ साढे ७ बजे घरबाट ससुराली हिडेका राई राती बेरसम्म ससुराली नपुगेपछि खोजतलास गर्ने क्रममा विहान ७ बजे कोर्लाङ भरिमा बाटोदेखि करिब १ सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...

चिर्पट प्रहारबाट एक जना घाईते

समाचार
मोरङ, भदौ ३ गते । मोरङ्को बेलबारीमा बादविवाद हुदा चिर्पट प्रहार गरेर एक जना घाईते भएको छ । बेलबारी नगरपालिका –९ पोखरी निबासी ५५ वर्षीय गणेश चौधरीले ६५ वर्षीय सुर्ता चौधरीलाई चिर्पट हानेर घाईते बनाएको हो । बादविवाद भएपछि चिर्पटले टाउको हानेर घाईते बनाएको थियो । घाईते चौधरीको स्थानिय नियकिल्निकडागा बजारमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चिर्पट प्रहार गर्ने चौधरी प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ ।...