Thursday, July 9News That Matters

समाचार

द्रुतमार्गको डिपिआरमै समस्या

द्रुतमार्गको डिपिआरमै समस्या

समाचार
साउन २६ गते । कोरियाली कम्पनील्े तयार पारेको काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा समस्या आएको छ । कोरियाली सुसोङले कम्पिनीले तयार पारेको डीपीआर नेपाली सेनाले गत चैत्र १२ गते रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद पठाएपनि अहिलेसम्म डीपीआर स्वीकृत हुन सकेको छैन । विचारधिन डिपिआर बारे मन्त्रिपरिषद्को विषयगत समितिले विज्ञहरुको राय लिइएको थियो । विज्ञहरुले प्राविधिक पक्षका विवरण अपुग भएको राय दिएकाले डीपीआर स्वीकृत नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । नेपालमै पहिलो पटक निर्माण हुन लागेको द्रुतमार्गको मस्यौदामा जटिल समस्या नभएपनि प्राविधिक पक्षको स–साना विवरणहरु नहुँदा केही प्रश्न उठेक कार्यालयले जनाएको छ । यसअघि लामो पुलहरु प्रस्ताव गरिएको ठाउँमा सुरुङमार्ग निर्माण गर्ने गरी डीपीआर तयार गरिएको छ । द्रुतमार्गको ८७ वटा पुलमध्ये १६ वटा ला...
लागु औषधसहित सेनानी पक्राउ

लागु औषधसहित सेनानी पक्राउ

समाचार
साउन २६ गते । ईटहरीबाट लागु औषधसहति नेपाली सेनाका सनानी (मेजर) अजितप्रताप सिंह पक्राउ परेको छ । पूर्वी पृतना छेऊबाट ब्राउन सुगरसहित सिंहलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले पक्राउ गरेको सिंहको साथबाट डेढ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । सेनानी सिंह साँझ ६ बजे पृतनाबाट बाहिर निस्किएको सैनिक स्रोतले जनाएको छ ।  घटनाको जानकारी पाउनासथ सैनिक प्रहरीको टोली नेपाल प्रहरीसँग समन्वयका लागि निस्किएको स्रोतले जनाएको छ । अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका सैनिक अधिकृतलाई अनुसन्धानका लागि नेपाली सेनाको सैनिक प्रहरी गणलाई बुझाउने गरिन्छ । तर गम्भिर प्रकृतिका मुद्दामा भने प्रहरी आफैंले मुद्दा चलाउन सक्ने व्यवस्था छ । लागूऔषध सम्बन्धी कसूर भएकाले सेनानी सिंह विरुद्ध प्रहरी आफैंले म्याद ...
भारतमा बाढीले ९५ जनको मृत्यु

भारतमा बाढीले ९५ जनको मृत्यु

समाचार, संसार
साउन, २६ गते । वर्षापछि आएको बाढीले भारतमा करिब ९५ जनाको मृत्यु भएको छ । दक्षिणी र पश्चिमी राज्यमा आएको बाढीले लाखौँ जनधनको क्षती भएको हो । बाढी प्रभावित क्षेत्रबाट हजाराँैलाई स्थानान्तरण गरिएको संचारमाध्यहरुले जनाएको छ । मृत्यु हुनेमा करिब ४० जना केरला राज्यका बासिन्दा रहेको अधिकारीहरू बताएका छन् । र बाढी आउने भन्दा अग्ला स्थानमा बस्ने आग्रह गरिएको छ । वर्षेनी जूनदेखि सेप्टेम्बर महिनासम्म भारतमा वर्षाको प्रभाव पर्ने गर्दछ । उक्त राज्यमा करिब एक लाख जनालाई आपत्कालीन राहत र शिविरहरूमा सारिएको प्रकोप व्यवस्थापनमा खटिएका अधिकारीहरूले बताएका छन् । त्यस क्षेत्रमा अझै केही दिन वर्षा नरोकिने पूर्वानुमानले जनाएको छ भने सेनाले हवाईमार्गबाट खाद्य सामग्री पु¥याउने कोशिस गरिरहेको जनाएको छ । वर्षेनी भारतमा बाढीले सयौँको ज्यान जाने गरेको छ भने लाखौँको क्षती हुने गरको छ । कर्नाटक र महाराष्...
टयाङ्कर विस्फोटन हुदा ५७ जनाको मृत्यु

टयाङ्कर विस्फोटन हुदा ५७ जनाको मृत्यु

समाचार, संसार
साउन २५ गते । तान्जानियामा इन्धन बोकेको ट्याङ्कर विस्फोटन हुँदा करिब ५७ जनाको मृत्यु भएको छ  भने ६५ जना घाइते भएका छन् । मुख्य मार्गमा उत्तानो परेर पल्टिएको ट्याङ्करबाट इन्धन चोरी गर्ने प्रयास गर्दै गर्दा  विस्फोटन भएको प्रहरीले जनाएको छ । मोराग्वरो क्षेत्रमा घटना भएको थियो जुन सरसामान र इन्धन ओसारपसार गर्ने एउटा मुख्य मार्ग हो । निकै व्यस्त स्थान भएकाले इन्धन चोरी गर्न संलग्न नरहेकाहरूको पनि मृत्यु भएको संचारमाध्यमहरुले जनाएको छ ।...
सुहानाको डेब्यू पक्का, पोस्टर सार्वजनिक

सुहानाको डेब्यू पक्का, पोस्टर सार्वजनिक

मनोरञ्जन, समाचार
सुहाना खान अभिनय क्षेमा प्रवेश गर्ने भएको छ । बलिउडका नायक शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान अभिनय क्षेत्रमा कदम प्रवेश गर्न तयार भएकी हुन् । लामो समयदेखि सुहनाले बलिउडमा डेब्यू गर्ने चर्चा चलिरहेको छ । सुहाना खानले डेब्यू गर्ने फिल्मको पोस्टर सार्वजनिक भएको छ । पोस्टर अनुसार एउटा सर्ट फिल्म हुनेछ  जनु सर्ट फिल्मको नाम हो ‘द ग्रेट पार्ट अफ ब्लू’ । पोस्टरमा सुहानाको पोट्रेट तस्वीर छ जुन नीलो रंगको जिन्स तथा कालो ज्याकेटमा कपाल बाँधेकी छिन् र कसैलाई हेरेर मुस्कुराइरहेकी छिन् । अतिरिक्त फिल्मको अर्को एउटा पोस्टर पनि सार्वजनिक गरिएको छ, जसमा रोबिन गोन्नेल्ला सुहानाको सह –कलाकारको रुपमा देखिने छन् ।...
डुबेर २ जनाको मृत्य

डुबेर २ जनाको मृत्य

समाचार
साउन २५ साउन गते । धादिङको गजुरीमा बालुवा निकाल्ने खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका – ६ ठुलीफाँटको दरिङगाल खोलामा बनाईएको  खाल्डोमा डुबेर भीम तामाङ र सुमन स्याङतानको मृत्यु भएको हो । वडा न. ७ निबासी २१ वर्षीय तामाङ र २३ वर्षीय स्याङतान पौडि खेल्दै खाल्डोमा बालुवा भए नभएको परीक्षण गर्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाले खोलाबाट बालुवा निकालेर घर परिवार चलाउदै आएको प्रहरीले जनाएको छ । खोलामा अनियमित ढंगले डोजर प्रयोग गरेर बालुवा निकाल्दा खोला पोखरीमा परिणत भई दुर्घटना भएको भन्दै आक्रोसित स्थानीयबासीले राखेका तीन ओटा डोजरमा आगजनी गरेका प्रहरीले जनाएको छ । पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने तथा बालुवा उत्खनन गर्ने ठेकेदारलाई कानुनी कारवाही गर्नुपर्ने माग गर्दै घटना स्थलमै शव राखेर स्थानीयबासीले विरोध प्रदर्शन गरिरहेको...
भरुवा बन्दुक सहित एक जना पक्राउ

भरुवा बन्दुक सहित एक जना पक्राउ

समाचार
झापा, साउन २५ गते । झापाको हल्दिबारीबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । हल्दिबारी गाउँपालिका – ५ को शान्तिसामुदायिक बनबाट गत राती कोताराहाङ राई पक्राउ परेको हो । प्रहरी गस्ति टोलीले वन क्षेत्रबाट ६० वर्षीय राईलाई बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याईएको प्रहरीले जनाएको छ ।...
भालुको आक्रमणमा एक महिला घाईते

भालुको आक्रमणमा एक महिला घाईते

समाचार
सोलुखुम्बु, साउन २५ गते । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक महिला घाईते भएकी छिन् । सोलुदुधकुण्ड नगरपालिका – ३ लोदिङ निबासी ४२ वर्षीय माया शेपा घाईते भएकी हुन् । भालुले मकै खाएर हैरान पारेपछि बारिमा मकै रुङ्न बनाएको टहरामा बसी भालु त्रसाउन टिन बजाउने क्रममा बच्चा सहित आएको भालुले गतराती साढे ९ बजे अचानक आक्रमण गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल सोलुखुम्बु ल्याई थप उपचारको लागि मिसन अस्पताल सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
सशस्त्र प्रहरी जवान नै तस्कर

सशस्त्र प्रहरी जवान नै तस्कर

समाचार
साउन २५ गते । बाघको छाला सहित दार्चुलामा एक जना सशस्त्र प्रहरी जवान पक्राउ परेको छ । दुहुँ गाउँपालिका–२ हिकिलाबाट खलङ्गा ल्याउदै गरेको छालासहित जवान दिपक सिंहलाई शुक्रबार राती पक्राउ गरेको हो । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखिएको अवस्थामा ३९ इञ्च लाम्बाई र १० इञ्च चौडाई भएको  छाला बरामद गरेको प्रहरीले जनाएको छ । सिंह सशस्त्र प्रहरी सुरक्षा गुल्म न. ५० को जवान पदमा कार्यरत छन् । पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।...
बरिष्ठ पत्रकार चेम्जोङ सहित ४ जना पुरस्किृत हुने

बरिष्ठ पत्रकार चेम्जोङ सहित ४ जना पुरस्किृत हुने

समाचार
साउन, २५ गते । आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६ बरिष्ठ पत्रकार कौशल चेम्जोङसहित ४ जनालाई पुरस्किृत गर्ने घोषणा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको “ आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६” मा बरिष्ठ पत्रकार कौशल चेम्जोङ (रेडियो), गणेश राई (छापा),  शोभा श्रेष्ठ (टेलिभिजन) र राजबहादुर गुरुङ (अनलाइन) पुरस्कृत गर्ने घोषणा गरेको हो । विहिबार बसेका पुरस्कार छनोट समितिको बैठकले गरेको निर्णय फोनिज सचिवालयले शुक्रबार अनुमोदन गरेर विज्ञप्ति जारी गरेको सचिवालले जनाएको छ । जनही नगद २० हजार रहेको पुरस्कार फोनिजको स्थापना दिवसको अवसरमा साउन २७ गते प्रदान गरिनेछ ।   कौशल चेम्जोङ – रेडियो (त्रियुगा एफएम, उदयपुर) २०४५ सालबाट दृष्टि साप्ताहिकदेखि पत्रकारीता सुरुवात गरेका चेम्जोङ वरिष्ठ पत्रकार हुन् । तीन दशकक...