अख्तियार प्रमुखको नाममा सुसाईड नोट लेख्दै आत्महत्या
उदयपुर, साउन २७ गते ।
अख्तियार प्रमुखलाई सुसाईड नोट लेख्दै उदयपुरमा एक पूर्व कर्मचारीले आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका १० का ६० वर्षिय हरी आचार्यले अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेको नाममा सुसाईड नोट लेख्दै झुण्डिएर आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सनिबार हराएका आचार्य आइतबार विहान त्रिनपा ९ को रातमाटे जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थियो । उनको खोजीमा प्लाष्टिकले बेरेर राखेको अवस्थामा प्रहरीले सासाईड नोट फेला पारेको थियो ।
मालपोत कार्यालय, कलंकीमा नायव सुब्बामा कार्यरत हुँदा ९२ रोपनी जग्गा किर्तेगरी ब्यक्तिको नाममा पारेको उनलाई आरोप थियो । अदालतबाट मुद्दा खारेजी भईसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको आसय सुसाईडनोटमा ब्यक्त गरेका छन् । उनी गत शनिबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर ग...








