आँखाको सबैखाले उपचार अब गाईघाटमै तयारी हुदै
गाईघाट,साउन २८
उदयपुरको घाईघाटमै आउँदो पुषदेखि फेकोमेशिनद्वारा आँखाको उच्च स्तरीय उपचार हुने भएको छ । यस प्रविधिद्धारा उच्च स्तरीय उपचार हुनेगरी नेत्रज्योति संघ उदयपुरले गाईघाटमै सुविधा सम्पन्न आँखा अस्पतालको भवन निर्माण गरिरहेको छ ।
गाईघाटमा अहिले आखाँ उपचार केन्द्र मात्रै रहेको कारण बिशेषज्ञ सेवा भने दिन नसकिरहेको अवस्थामा सबै खाले सेवाहरु सहितको उपचार हुने गरी आँखा अस्पताल भवन निर्माण भईरहेको नेपाल नेत्र ज्योति संघका अध्यक्ष भगत राउतले बताए ।
https://youtu.be/xOvm2RSamkY
उदयपुर अन्य जिल्लाहरुको समेत सेन्टर रहेकाले आखाँ अस्पतालको अति नै सदुपयोग हुने अध्यक्ष राउतले बताए । उदयपुरमा राम्रो आँखा अस्पताल नहुदा जिल्लाबासी लगाएत अन्य जिल्लाका मानिसहरु उदयपुर हुदै लाहान लगाएतका स्थानहरुमा उपचारका लागि जानु पर्ने समस्या अन्त्य हुने राउतले बताए ।
राउतले संसारका ठुला आँखा अस्पतालह...








