Sunday, August 16News That Matters

स्वास्थ्य

कोरोना संक्रमित जेष्ठ नागरिक उपचारपछि घर फर्किए

कोरोना संक्रमित जेष्ठ नागरिक उपचारपछि घर फर्किए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २८ गते ।  कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित एक जेष्ठ नागरिक उपचारपछि निको भएको छ । धेरै बृद्ध एक सय एक वर्षीय जेष्ठ नागरिक उपचारपछि निको भएको हो । बेलायतको वोरसेस्टरशायरका जेष्ठ नागरिक किथ वाट्सन उपचारपछि निको भएको वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । भाईरस पुष्टि भएपछि केही समयको उपचारपछि किथ निको भएको संचारमाध्यमहरुले जनाएको छ ।...
प्रदेश १ मा थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड

प्रदेश १ मा थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २७ विहीबार प्रदेश न.१ मा  विभिन्न ७ स्थानमा ४१ क्वारेनइन बेड थपिएका छन् ।  सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ । आइसोलेसन स्थान ४८ र बेड संख्या ४ सय ३२ नै यथावत छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार विहीबारसम्म क्वरोन्टाईनमा बस्नेको संख्या जम्मा ६ सय २ छ । जसमा ५२ महिला र र ५ सय ५० पुरुष छन् । आजसम्म ५ महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा ८ महिला र १४ पुरुष छन् । होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । विहीबार १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको कूल संख्या ३ हजार १ सय ११ छ । महिला ५ सय ८१ र पुरुष २ हजार ५ सय ३० रहेका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा क्वारे...
उदयपुरमा क्वारेन्टाइनमा ६९ र होम क्वारेन्टाइनमा बस्नेको संख्या २८४

उदयपुरमा क्वारेन्टाइनमा ६९ र होम क्वारेन्टाइनमा बस्नेको संख्या २८४

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २७ । हालसम्म उदयपुरका विभिन्न ठाउँका क्वारेन्टाइनमा बस्नेको संख्या ६९ रहेको छ । जिल्ला जनस्वस्थ्य कार्यालयले दिएको तथ्यांक अनुसार जसमा पुरुषहरु ६० र महिला ९ जना रहेका छन् । सबैभन्दा बढि कटारीको बेलसोत क्वारेन्टाइनमा छन् । २३ पुरुष र ३ महिला गरी २६ जना बसेका छन् । उनीहरुले १४ दिन पुरा गरिसकेको र सबैजनाको अन्तिम स्वाप परिक्षणका लागि हिजो नै नमुना लिइ धरान स्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परिक्षण केन्द्रमा पठाइएको छ । भोलीसम्ममा रिपोर्ट आउने र नेगेटिभ आएकालाई घर पठाइने, पोजेटिभ देखिएकालाई उपचारमा पठाइने जनस्वस्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्यसपछिको ठूलो संख्या बेलका नगरपालिकाको रहेको छ । उक्त नगरपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएका छन् । त्रियुगा नगरपालिकामा ८ जना छन् । रौतामाई गाउँपालिकामा पनि ८ जना नै रहेका छन् । लिम्चुङबुङ गाउँपालिक...
प्रदेश १ मा १०४ को काेराेना रिपोर्ट नेगेटिभ, उदयपुरको थप २६ जनाको भोली रिपोर्ट आउने

प्रदेश १ मा १०४ को काेराेना रिपोर्ट नेगेटिभ, उदयपुरको थप २६ जनाको भोली रिपोर्ट आउने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २७ । प्रदेश १ मा हालसम्म १ सय ७८ जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १ सय ४ जनाको रिर्पोट नेगेटिभ आएको छ । स्वाब परीक्षण गर्न पठाइएकामा ३५ महिला र १ सय ४३ पुरुष छन् । यता, उदयपुरमा भने १३ जनाको स्वाप परिक्षण भई सोको रिजल्ट नेगेटिभ आएको छ । हिजोमात्र उदयपुरको बेलसोत क्वारेन्टाइनबाट थप २६ जनाको स्वाप नमुना लिइ धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । सोको रिपोर्ट भोलीसम्ममा आउने जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।...
सेवामा नखटेको भन्दै ५ चिकित्सक बर्खास्त

सेवामा नखटेको भन्दै ५ चिकित्सक बर्खास्त

समाचार, स्वास्थ्य
  पूर्णपुष्टि/चैत्र,२६ नेपाल पनि कोरोना भाईरसको माहामाहरीको संक्रमणमा छ । यहिवेला भने प्रदेश नं ५ लुम्विनी अञ्चल अस्पतालका डाक्डरहरु सेवामा नखटिएको भन्दै सामाजिक विकास मन्त्रालयले ५ जना डाक्टरलाई बर्खास्त गरेको छ । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले बिनासूचना अनुपस्थित भएका ५ डाक्टरहरुलाई सेवा बाट वन्चित गरेको हो ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार रेडियोलोजी विभागमा कार्यरत ताराप्रसाद शर्मा र बरदान वली, ईएनटी विभागका प्रकाश न्यौपाने, यूरोसर्जन सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. राजेन्द्र खनालले ‘सामाजिक विकास मन्त्री सुदर्शन बरालले सेवामा नखटिने डाक्टरहरुलाइ तत्काल बर्खास्त गर्न निर्देशन दिएको बताए ।’ सामाजिक विकास मन्त्री सुदर्शन बरालले सिंगो म...
चार स्थानीय सरकारलाइ सेभ द चिल्डेन र वाल विकासकाे सहयाेग

चार स्थानीय सरकारलाइ सेभ द चिल्डेन र वाल विकासकाे सहयाेग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २५ । सेभ द चिल्ड्रेनको स्थानीय साझेदार संस्था वाल विकास समाज नेपाल उदयपुरको सहकार्यमा विभिन्न स्वास्थ्य सामाग्रिहरु उदयपुरका स्थानीय सरकारहरुलाई हिजो हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपक वुढाथोकीका अनुसार सेनिटाइजर १४ लिटर, सर्जिकल मास्क १५०० थान,  ग्लोव १२२० जोडी, वुुट १५ जोर, सावन २०० थान, युुटिलिटी ग्लोव १५ जोर लगायतका करिव १ लाख ५० हाजार भन्दा वढीका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो । जिल्लाका ताप्लि, उदयपुर गढी गाउँपालिका, त्रियुुगा र कटारी नगरपालिकामा  सामाग्री हस्तान्तरण गरिएको संयोजक बुढाथोकीले बताउनुभयो । कोरोना भाइरस रोग कोभिड –१९ को महामारीमा स्वास्थ्य संस्था, क्वारेन्टाइन स्थल, हेल्प डेक्स, आइसोलेसन वार्ड, विरामी ल्याउन प्रयोग हुने एम्वुलेन्स लगायतका अवस्थामा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरुको माग भइ रहेको छ । नेपालमा कोभिड...
बेलसाेत क्वारेन्टाइन, प्रदेश भरकै राम्राे

बेलसाेत क्वारेन्टाइन, प्रदेश भरकै राम्राे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २४ । उदयपुरमा रहेको सबैभन्दा ठूलो र व्यवस्थित क्वारेन्टाइको आज अनुगमन भएको छ । कटारी नगरपालिकाको त्रिवेणी बेलसोत स्थित दुईसय बेडको क्वारेन्टाइनको अनुगमन भएको हो ।  प्रदेशभरमै सबैभन्दा राम्राे व्यवस्थापन रहेकाे पाइएकाे अनुगमन टेालीकाे प्रतिक्रिया छ । नेपाली सेनाको व्यवस्थापनमा रहेको उक्त १ नं. प्रदेश क्वारेन्टाइनको प्रदेश सरकारको तर्फबाट आएको अनुगमन टोली र जिल्लाको तर्फबाट प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरु सम्मिलित टोलीले अनुगमन गरेको हो । उक्त क्वारेन्टाइनमा हाल २६ जना रहेका छन् । ३४ वटा ब्लक भवनलाई पाँच क्लस्टरमा विभाजित गरी दुईसय वटा बेड राखिएका छन् । महिलाहरुका लागि छुट्टै एउटा क्लस्टरमा ४५ बेड बनाइएका छन् । नेपाली सेनाको १८ नं. वाहिणी अन्तर्गत बोक्सेस्थित रणसार्दुल गण अन्तर्गतको बेलसोत सुरक्षा गुल्ममा क्वारेन्टाइन बनाइएको हो । सेनाले आफु बसेको ठाउँसमेत खा...
घरमै बसिदिन् जनस्वस्थ्य प्रमुखकाे आग्रह

घरमै बसिदिन् जनस्वस्थ्य प्रमुखकाे आग्रह

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २३ । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख माेहन सुवेदीले नागरिकहरूलाइ घरमै बसिदिन अाग्रह गर्नुभएकाे छ । लकडाउनकाे कारण घर बस्ने भन्दा पनि सुरक्षाकाे लागि बस्नु पर्ने उहाँले बताउनुभयाे । उदयपुरमा ५ जनाकाे स्वाप परिक्षणमा सबै नेगेटिभ देखिएकाे र अब चारजना लिम्चुङबुङ गाउपालिका र चारजना जिल्ला अस्पतालबाट गरी ८ जनाकाे स्वाप परिक्षणमा पठाइने प्रमुख सुवेदीले जानकारी दिनुभयाे । वहाले जिल्लामा करेन्टाइनहरूकाे व्यवस्थापनमा स्थानीय सरकारकाे राम्राे भुमिका देखिएकाे बताउनुभएकाे छ । विस्तृत अन्तरवार्ता हेर्नका लागि तलकाे लिंक खाेल्नुहाेला । https://www.facebook.com/Purnapusti420730/videos/3488626527820877/...
नेपालमा छैठाैं काेराेना संक्रमित ६५ वर्षिया बृद्धा

नेपालमा छैठाैं काेराेना संक्रमित ६५ वर्षिया बृद्धा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २० नेपालमा छैटौं कोरोना भाइरस सक्रमित एक बृद्ध फेला परेकी छिन् । उनी बागलुङकी ६५ वर्षीया बृद्धा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार पुष्टि गर्नुभयो । कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको उहाँले जानकारी दिनुभयो । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् । अहिले संक्रमण पुष्टि भएकी बृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त हुन् । दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एक दिन आफन्तकहाँ बसेर उनीहरु दुबै जितमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट पछि सँगै आएकी युवतीमा संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेको बताइएको छ । बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थि...
उदयपुरको क्वारेन्टाइनमा आज १६ जना थपिए, जिल्लाभर बस्नेको संख्या ५१ पुग्यो

उदयपुरको क्वारेन्टाइनमा आज १६ जना थपिए, जिल्लाभर बस्नेको संख्या ५१ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १९ । उदयपुरमा क्वरेन्टाइनमा बस्ने मानिसको संख्या दिनदिनै बढिरहेको छ । यसैक्रममा आज उदयपुरमा थप १६ जना क्वारेन्टाइनमा आएका छन् । जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख मोहन सुवदीका अनुसार रौतामाईमा थप ३ जना, मोतिगडामा ४ जना र बेलकामा ९ जना गरी आज १६ जना आएका हुन् । थपिएसंगै रौतामाईमा ८ जना, मोतिगडामा ८ जना पुगेको छ । बेलकामा भने आज पहिलोदिन एकैचोटी ९ जना क्वारेन्टाइनमा आएका हुन । उता त्रिवेणी बेलसोतमा यसअघि देखिनै २६ जना रहदै आएका छन् । योसंगै जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५१ पुगेको छ । स्थानीय प्रशासन, सुरक्षाकर्मीहरु खटिनुका साथै स्थानीय सरकारले विशेष चासो र सक्रियताका साथ विदेशबाट आउने र कोरोना भाइरसको संकास्पद मानिसको खोजी थालेपछि क्वारेन्टाइनमा आउनेको संख्या बढेको जनस्वस्थ्य प्रमुख सुवदीले बताउनुभयो । यसका साथै नागरिकहरुमा पनि विदेशबाट आउने वा संकास्पदले...