
पशुपति प्रसाद गण बोक्सेका २८८ जना नेपाली सेनाको निशुल्क आँखा जाँच
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरको त्रियुगा नगरपालिका वडा न. १० बोक्से स्थित श्री पशुपती प्रसाद गणमा कार्यरत नेपाली सेनाहरुको निशुल्क आँखा जाँच गरिएको छ । शुक्रबार श्री पशुपती प्रसाद गणको आयोजना तथा मदन भण्डारी आँखा अस्पताल गाईघाटको संमन्वयमा गणका सक्कल दर्जा तथा जिल्ला स्थित भु.पु. सैनिकहरुलाई लक्षित गरी एक दिने नि:शुल्क आँखा जाँच शिविर संचालन गरिएको हो ।
शिविरमा विभिन्न दर्जाका गरी २ सय ८८ जना सेनाको बोक्से स्थित ब्यारेक परिसरमा आँखा जाँच गरिएको हो । शिविरमा वहालवाला सकलदर्जा २७७ र भुतपुर्व सैनिक तथा परिवाजन ११ गरी जम्मा २८८ जनाले सेवा लिएका छन् । त्यसमध्ये पुरुष २३४ र महिला ५४ जना रहेका छन् । शिविरमा आखाँ जाचँ गरिएपछि ४० जनालाई चस्मा प्रयोग गर्न सुझाव दिईएको छ ।
आँखा मानवीय जीवनको लागि महत्वपूर्ण रहेकोले हावाहुरी र धुलौमैलोले आँखामापर्ने असरलाई मध्यनजर गर्दै आँखाको सुरक्षा तथा सावधान...