Thursday, September 17News That Matters

स्वास्थ्य

त्रियुगा नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ३८ करोड ७७ लाखको बजेट

त्रियुगा नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ३८ करोड ७७ लाखको बजेट

Breaking News 2, आर्थिक, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार १० उदयपुरको त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँ बराबरको आय÷ब्याय बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औँ नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार, पर्यटन तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। प्रस्तावित बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २२ करोड १८ लाख, सशर्त अनुदान चालुतर्फ ६२ करोड ८ लाख, विशेष अनुदान १ करोड तथा समपूरक अनुदान ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान २ करोड ३ लाख ४५ हजार, सशर्त अनुदान ५ करोड ४६ लाख २४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। राजस्वबाट १५ करोड १० लाख ९६ हजार, अन्त शुल्कबाट ६ करोड ४७ लाख ६५ हजार तथा सवारी साधन करबाट १ करोड ८७ लाख ९९ हजार २३८ रु...
उदयपुरका कैदीबन्दीलाई निःशुल्क चस्मा वितरण

उदयपुरका कैदीबन्दीलाई निःशुल्क चस्मा वितरण

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार ९ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित मदन भण्डारी आँखा अस्पताल उदयपुरको आयोजनामा जिल्ला कारागार उदयपुरमा रहेका कैदीबन्दीहरूलाई आज निःशुल्क चस्मा वितरण गरिएको छ । कारागारमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई तथा मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष भागवत राउतले संयुक्त रूपमा चस्मा वितरण गरेका थिए । कारागार कार्यालयका सूचना अधिकारी महेश विष्टका अनुसार दृष्टि सम्बन्धी समस्या भएका कैदीबन्दीहरूको आँखा परीक्षणपछि आवश्यकता अनुसार चस्मा उपलब्ध गराइएको हो । यस कार्यक्रमले कैदीबन्दीहरूको स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै उनीहरूको दैनिक जीवनलाई सहज बनाउन सहयोग पुगेको विश्वास गरिएको छ । कार्यक्रममा कारागार प्रशासन, अस्पतालका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । संस्थाले समुदायका विभिन्न वर्गलाई लक्षित गरी यस्ता सामाजिक तथा स्व...
टाउको, कान, ओठ, मुख, आँखा र दाँत जोगाउन हेल्मेट अनिवार्य लगाउन सन्देश बोर्ड रोखियो

टाउको, कान, ओठ, मुख, आँखा र दाँत जोगाउन हेल्मेट अनिवार्य लगाउन सन्देश बोर्ड रोखियो

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि सम्बाददाता/गाईघाट, असार ६ । मोटरसाइकल कुदाउँदा हेल्मेट अनिवार्य लाउने कुरालाई प्रोत्साहित गर्दै उदयपुरको गाईघाट स्थित पूर्व पश्चिम बरुवा बसपार्कको मदन भण्डारी राजमार्ग किनारमा अाज बोर्ड राखिएको छ । हेल्मेटको ठूलो तस्बिरसहित हेल्मेटको महत्व दर्शाउने बोर्ड राखिएको हो । हेल्मेट शरीरको टाउको अन्तर्गतका महत्त्वपूर्ण अङ्गहरू जोगाउन अपरिहार्य कुरा रहेको बोर्डमा उल्लेख छ। हेल्मेटको अङ्ग्रेजी अक्षर HELMET को एचबाट हेड अथवा टाउको, इ बाट इयर अथवा कान, एलबाट लिप्स अथवा ओठ, एमबाट माउथ अथवा मुख, इबाट आइज अथवा आँखा र टिबाट टिथ अथवा दाँत जोगाउने जनाइएको छ । स्कुटर वा मोटरसाइकल चलाउँदा दुर्घटना भइहाले पनि हेल्मेटले टाउको अन्तर्गतका महत्वपूर्ण अङ्गहरू जोगाउने भएकाले अनिवार्य रुपमा लगाउन सन्देश दिइएको छ । यी अ‌ग जाेगिएमा दुर्घटनामा परेर घाइते भएकाकाे बाँच्ने सम्भावना बढी रहेकाे हुन्छ । राजमार्...
बिटुमिन प्लान्ट हटाउन माग गर्दै गाइघाट बरुवा बसपार्क क्षेत्रका पीडित समुदायको निवेदन

बिटुमिन प्लान्ट हटाउन माग गर्दै गाइघाट बरुवा बसपार्क क्षेत्रका पीडित समुदायको निवेदन

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार २ । त्रियुगा नगरपालिका–१३ जनज्योती टोल स्थित वरुवा बसपार्क क्षेत्रमा सञ्चालन गरिएको बिटुमिन प्लान्टका कारण वातावरण तथा जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीय समुदायले सम्बन्धित निकायसमक्ष तत्काल प्लान्ट हटाउन माग गरेका छन् । विश्व बैंक ऋण सहयोग कार्यक्रमअन्तर्गत त्रियुगा नगरपालिकाका विभिन्न वडामा सडक निर्माणका लागि स्थापना गरिएको बिटुमिन प्लान्ट न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालन गरिएको स्थानीयको आरोप छ। स्थानीयका अनुसार वातावरणीय मूल्याङ्कन तथा परीक्षण नगरी सञ्चालनमा ल्याइएको उक्त प्लान्टबाट निस्कने धुवाँ, धुलो र रासायनिक पदार्थले आसपासको वातावरण प्रदूषित बनाएको छ। निवेदनमा उल्लेख भएअनुसार प्लान्टमा प्रयोग हुने टारकोललाई पातलो बनाउन प्रयोग गरिने ‘थिनर’ मानव स्वास्थ्यका लागि ‘स्लो पोइजन’ सरह रहेको दाबी गरिएको छ। उक्त रासायनिक पदार्थ तथा प्लान्टबाट निस...
त्रियुगा-३ मोतिगडा बालमैत्री वडा घोषणा, सामाजिक योगदानकर्तासहित स्वास्थ्य स्वयंसेविका सम्मानित

त्रियुगा-३ मोतिगडा बालमैत्री वडा घोषणा, सामाजिक योगदानकर्तासहित स्वास्थ्य स्वयंसेविका सम्मानित

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि सम्बाददाता/उदयपुर, असार-१ उदयपुरकाे त्रियुगा नगरपालिका–३ मोतिगडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय सुशासनयुक्त वडा घोषणा गरिएको छ । मंगलबार आयोजित विशेष कार्यक्रममा वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो । नेपाल सरकारले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेपछि मोतिगडालाई बालमैत्री वडा घोषणा गरिएको हो । निर्देशिकाअनुसार कुल सूचकको ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने व्यवस्था रहेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बालमैत्री वडा घोषणा केवल उपलब्धि नभई कार्यान्वयनको नयाँ चरण भएको बताउनुभयो । उहाँले नगरपालिकाले अन्य वडाहरूलाईसमेत बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित आवश्यक...
सुरक्षित सडक अभियान सरोकारवालाको विश्वास जित्दै

सुरक्षित सडक अभियान सरोकारवालाको विश्वास जित्दै

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि संवाददाता उदयपुर, जेठ २२ । उदयपुरको जीवनरेखाका रूपमा रहेको मदन भण्डारी लोकमार्गमा पछिल्लो समय बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सञ्चालन हुँदै आएको ‘ सुरक्षित सड़क अभियान’प्रति सरोकारवालाहरूको विश्वास बढ्दै गएको छ। शुक्रवार जिल्ला प्रशासन कार्यालय उदयपुरको सभाहलमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको प्रमुख आतिथ्यतामा अभियानको समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र आगामी दिनमा अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले प्रस्तुत गरेको तथ्यांकअनुसार गत साउनदेखि वैशाखसम्म जिल्लामा ४५४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १०५ जनाको मृत्यु, २४२ जना गम्भीर घाइते र ६३२ जना सामान्य घाइते भएका छन्। त्यस अवधिम...
अपांगता भएका ब्यक्तिहरुले उदयपुर अस्पतालमा निःशुल्क उपचार नपाएको गुनासो

अपांगता भएका ब्यक्तिहरुले उदयपुर अस्पतालमा निःशुल्क उपचार नपाएको गुनासो

Breaking News 2, समाचार, स्वास्थ्य
२० जेठ, २०८३ । उदयपुर जिल्ला अस्पताल उदयपुरमा अपाङ्गता भएका ब्यक्तिहरुले निःशुल्क उपचार नपाएको गुनासो गरेका छन् । उनीहरुले आज अस्पताल प्रशासन र ब्यवस्थापन समितिसंग भेटेर राज्यले दिएको निःशुल्कको सेवासुविधा अस्पतालबाट नपाउने र दुब्र्यवहारसमेत हुने गुनासो गरेका छन् । गतवर्ष पनि उपचारमा जाँदा कष्ट र दुब्र्यवहार भोग्नु परेकोप्रति ध्यानाकर्षण गराएको तर, सुनुवाई नभएको अपांग विकास संघ उदयपुरकी अध्यक्ष सिता पौडेलले बताइन् । संघका पदाधिकारीहरुले अस्पताल ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्मासंग अपांगतामैत्री ब्यवहार र निःशुल्क उपचार सेवाको माग गरेको छ । संघले राखेको मागहरु र अपांगता भएका ब्यक्तिहरुले उपचारको क्रममा भोग्नु परेको पिडा, झन्जट र दुब्र्यवहारबारे गम्भिररुपमा छलफल गरी सुधार र समाधानतर्फ लाग्ने ब्यवस्थापन प्रमुख विश्वकर्माले प्रतिबद्धता ब...
गाईघाटमा आँखा सल्यक्रिया शिविर सुरु

गाईघाटमा आँखा सल्यक्रिया शिविर सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/गाईघाट, जेठ १३ । सगरमाथा अञ्चल चौधरी आँखा हस्पिटलको प्राविधिक सहयोगमा मदन भण्डारी आँखा हस्पिटल गाईघाटमा बुधबारदेखि दुईदिने निःशुल्क आँखा सल्यक्रिया शिविर आजवाट सुरु भएको छ । शिविरमा सामान्य मोतियाबिन्दुका साथै जटिल प्रकृतिका आँखासम्बन्धी सल्यक्रिया सेवा प्रदान गरिएको अस्पतालका सदस्य कृष्ण भण्डारीले जानकारी दिनुभयो । त्रियुगा नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरबाट पहिचान गरिएका बिरामीहरूको निःशुल्क सल्यक्रिया भइरहेको उहाँले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने शिविरबाट नगर क्षेत्रका एकसय भन्दा बढी आँखाका बिरामीले सेवा लिने अस्पताल स्रोतले जनाएको छ ।...
आसन, भाषण र शासनका लागि गाउँगाउँमा महिला सशक्तीकरण कार्यक्रम

आसन, भाषण र शासनका लागि गाउँगाउँमा महिला सशक्तीकरण कार्यक्रम

Breaking News 2, शिक्षा, समाचार, स्वास्थ्य
पूर्णपुष्टि सम्बाददाता ११ वैशाख, २०८२ । उदयपुर कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आसन, भाषण र शासनमा महिलालाई अगाडि बढाउने उद्देश्यका साथ मदिना मन्जरी नजबुल फाउन्डेसनले समानता र पहिचानका लागि शिक्षाको महत्त्वबारे अन्तरक्रिया कार्यक्रम सञ्चालनमा ल्याएको छ । ''महिलाहरूको आफ्नै नाम र पहिचान - लैङ्गिक समानता र सशक्तिकरण हाम्रो अभियान'' भन्ने नारासहित कार्यक्रम सञ्चालनमा छ । आभास अभियान अर्थात् आसनमा महिला भाषणमा महिला र शासनमा महिला भन्ने अभियानको मुख्य अभियानकर्ता नजबुल खान (निलम)को नेतृत्वमा कार्यक्रम सञ्चालन भइरहेको हो । कार्यक्रममाथि प्रकाश पर्दै उहाँले हरेक घर, हरेक पालिका – हुनुपर्छ साहसी बालिका भन्ने कार्यक्रमको मुल मर्म अनुरुप हरेक पालिकाको घरघरमा बालिकाहरु शाहसी बनाउने कार्यक्रम भइरहेको बताउनुभयो । “न माईती घर, न श्रीमानको थर, मलाई आफ्नै नामबाट चिनिने रहर” यो कार्यक्रम...
कटारीमा लापासे र मापासे गर्ने चालकको खोजी, मापासे गर्ने चालक र लापासे गर्ने सहचालक प्रहरी नियन्त्रणमाhttps://purnapusti.com/कटारीमा-लापासेर-मापासे-ग/

कटारीमा लापासे र मापासे गर्ने चालकको खोजी, मापासे गर्ने चालक र लापासे गर्ने सहचालक प्रहरी नियन्त्रणमाhttps://purnapusti.com/कटारीमा-लापासेर-मापासे-ग/

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि संवाददाता १८ चैत्र, २०८२ । उदयपुर उदयपुरको कटारीमा लापासे र मापासे गर्ने चालकको खोजी भएको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारनाथ दोङका अनुसार हिजो सवारी साधनहरूको चेकजाँच गरी त्यस्ता चालकहरुको खोजी भएको हो । उहाँका अनुसार कटारी क्षेत्रमा सञ्चालन हुने यात्रावाहक सवारी साधनका चेकजाँच गर्ने क्रममा दुईजना चालक मादक पदार्थ सेवन गरेका र एकजना सहचालक लागू पदार्थ सेवन गरेका फेला परेका हुन् । उनीहरू यात्रुको जीवनमा गम्भीर लापरवाही गर्ने चालकमा पर्दछन् । कटारी नगरपालिका, प्रादेशीक अस्पताल कटारी, इ.प्र.का.कटारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको सहकार्यमा सवारी साधनमा लापासे र मापासे चेक गरिएको थियो। चेकजाँच टोलीमा इ.प्र.का.कटारी उदयपुर प्रमुख प्र.ना.उ. केदारमान दोङको टोली,   जि.ट्रा.प्र.का.उदयपुर प्रमुख प्र.नि. दान बहादुर मिरिङचिङको टोली, कटारी ...