Thursday, June 18News That Matters

स्वास्थ्य

अब स्वास्थ्य व्यवस्थापन समिती जनप्रतिनिधिको नेतृत्वमा हुने

अब स्वास्थ्य व्यवस्थापन समिती जनप्रतिनिधिको नेतृत्वमा हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज २० गते । काठमाण्डौं–अब प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापन समिती जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा हुने भएको छ । स्वास्थ्य मन्त्रालयले स्थानिय स्वास्थ्य संस्थाहरुको सञ्चालन तथा व्यवस्थापन समितीको मापदण्ड पुर्नगठन गरी यस्तो व्यवस्था गरेको हो । स्वास्थ्य मन्त्रालय (मन्त्री स्तर)को निर्णय अनुसार स्थानीय स्वास्थ्य संस्थाको संरक्षकमा सोही स्थानको जननिर्वाचित प्रतिनिधि मेयर अथवा गाँउ पालिकाको अध्यक्ष हुने व्यवस्था गरिएको छ भने वडा अध्यक्ष व्यवस्थापन समितिमा वडाअध्यक्ष हुने निर्णय भएको छ । जुन वडामा प्राथामिक स्वास्थ्य केन्द्र÷स्वास्थ्य चौकी छ त्यही वडाको वडा अध्यक्ष व्यवस्थापन समिति वा सञ्चालक समितिको अध्यक्ष हुनेछन् भने मेयर अथवा गाँउ पालिकाको अध्यक्ष संरक्षक हुने निर्णय भएको स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानका...
तीन अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार

तीन अमेरिकी वैज्ञानिकलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार

स्वास्थ्य
एजेन्सी –अमेरिकी तीन वैज्ञानिक जेफरी हल, माइकल रोबास र माइकल योङले यसबर्षको चिकित्सातर्फको नोबेल पुरस्कार पाउने भएका छन् । ती तीन वैज्ञानिकले फलफूलका झिंगाको ‘अग्र्यानिज्म’लाई नमूना बनाएर मानव शरीरको जैविक घडीको लय नियन्त्रण गर्ने वंशाणुमाथि गरेको अनुसन्धानका लागि पुरस्कार दिइएको अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । समितिका अनुसार उनीहरूले फलफूलमा लाग्ने झिंगाको जैविक क्रियाकलापलाई नमुना बनाएर हाम्रो शरीरको दैनिक जैविक घडी वा लय नियन्त्रण गर्ने वंशाणु (जिन) पहिल्याउन सफल भएका छन्। अनुसन्धानमा जैविक घडी नियन्त्रण गर्ने वंशाणुमा रहेको प्रोटिन राति कोषमा संग्रह हुने र दिउँसो घट्ने पत्ता लागेको थियो। सबै वनस्पति तथा प्राणीमा हुने ‘सर्काडियन रिद्म’ जसलाई जैविक घडी पनि भनिन्छ, ले सबैको सुत्ने, बानी व्यहोरा, हर्मोन स्तर, शरीरको तापक्रम र पाचन क्रियामा प्रभाव पर्छ। बर्सेनि नोबेल पु...
आज विश्व मुटु दिवस,  मुटु स्वस्थ राख्ने तरिका जानौं

आज विश्व मुटु दिवस, मुटु स्वस्थ राख्ने तरिका जानौं

स्वास्थ्य
पूर्णपुष्टि, असोज १३ गते । आज सेप्टेम्बर २९ तारिख । शेयर द पावर अर्थात शक्तिलाई बिकेन्द्रित गरौं भन्ने मुल नाराका साथ आज विश्वभरि मुटु दिवस मनाइँन्छ । विश्व मुटु संगठनले मुटुको यहि संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रुपमा मनाउन थालेको हो । हाम्रो छातीको देब्रेपाटोमा हुने मुटुले जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरुमा पठाउछ अनि चल्छ हाम्रो जीवन । यस दिन मुटुलाई कसरी सधै स्वस्थ्य राख्ने भन्ने जनचेतना विशेषरुपले जगाईन्छ । हाम्रो जीवनशैलीको सानो भूलका कारणले हाम्रो मुटुमा नकारात्मक असर पर्न सक्छ, त्यसैले सचेत हुनु जरुरी छ । जुनदिन हाम्रो मुटु चल्न छोड्छ, त्यसदिनदेखि जीवन समाप्त हुन्छ त्यसैले मुटु नै हाम्रो जीवन हो । त्यति ठूलो महत्वका साथ मुटुको बारेमा बुभ्mन र स्वस्थ्य मुटु राखिराख्न ध्यान दिनुपर्दछ । दशैको बेलामा मुटुको अझ्झ ...
आज विश्व रेबिज बिरुद्धको दिवस

आज विश्व रेबिज बिरुद्धको दिवस

स्वास्थ्य
पूर्णपुष्टि, असोज १२ । आज सेप्टेम्वर २८ तारिकका दिन । आज विश्वभरि रेबिज विरुद्धको दिवस मनाईन्छ । आजको दिन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर मनाइने दिन हो । रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो । रेबिज लागेका अर्थात रेबिज जनावरहरुको र्यालबाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्साविज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधूनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुइलगाएर रेबिलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारिसकेमा भने रेबिज अझै पनि असावधानीले निम्तिने प्राणघातक रोग नै हो । सरकारी स्वास्थ्य चौकीमा रेबिज विरुद्धको खोप अनि रेबिज भाइरस शरीरमा छिरिसकेछी लगाइ...